Telecome

सरकारले ‘एकलौटी’ प्रदेश राजधानी तोकेपछि ‘बबाल’ : महराले भने,‘तुरुन्त सच्याओस्’

काठमाडौं । सरकारले अस्थायी राजधानी तथा प्रदेश प्रमुख तोकेपछि राजनीतिक बजार तातेको छ । राजनीतिक दलका शिर्ष नेताहरुले सरकारले गरेको निर्णयबारे टिक्काटिप्पणी शुरु गरेका छन् ।

नेकपा एमालेका सचिव तथा प्रवक्ता योगेश भट्टराईले सामाजिक सञ्जालबाटै शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याइदिने संकेत गरेका छन् ।
‘आस्थायी राजधानि र प्रदेश प्रमुखका बारेमा सरकारले गरेको निर्णयप्रति कुनै टिप्पणी गर्नु आबश्यक छैन । यो सरकारले नभएको अधिकार प्रयोग गर्योट, आउने सरकारले आफ्नो सँम्बैधानिक अधिकार प्रयोग गर्छ । कुरा त्यत्ति मात्र हो,’ उनले भने ।

यता प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउनु पर्ने माग गर्दै आएका एमाले र माओवादी नेताहरुलाई पनि सरकारले चक्मा दिएको छ । प्रदेश नम्बर ५ को राजधानी रुपन्देही कायम गरिएको छ । जसलाई एमाले नेता शंकर पोखरेलले पनि विरोध गरेका छन् । दाङबाट निर्वाचित प्रतिनिधी सभा सदस्य तथा माओवादी केन्द्रका प्रभावशाली नेता कृष्ण बहादुर महराले विज्ञप्ति निकालेरै सरकारको निर्णयको विरोध गरेका छन् ।

‘प्रदेश नम्बर ५ को राजधानी दाङ सरक्षित, समदुरी र पुर्वाधार सहित प्रयाप्त स्थन भएकाले उचित सन्तुलित हुनुपर्दछ भनी त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनको म दृढतापूर्वक समर्थन गर्दछु,’ उनले भनेका छन्,‘तुरुन्त निर्णय सच्याउन अनुरोध गर्दछु ।’

सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढी अस्थायी मुकाम तोकेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

माओवादीमा फेरी ‘श्रीमतीकाण्ड’: यी हुन् ‘आफ्नै गृहिणी’लाई राष्ट्रियसभामा उठाउने माओवादी नेता !

Tuesday, 23 January 2018

काठमाडौं । आफ्ना श्रीमतीलाई सांसद तथा राजनीतिक नियुक्ती दिलाउनेमा माओवादी केन्द्र पहिलो नम्बरमा दर्ज भएको छ । केही महिनाअघि मात्रै ...

कहाँ पुग्यो एमाले–माओवादी एकता ?

Saturday, 20 January 2018

— मनहरि तिमिल्सिना एमाले-माओवादी बीच पार्टी एकताको प्रयास अघि बढेपछि राजनीतिक बजारमा अनेकौं तरङ्ग देखिन थालेका छन् । निर्वाचनपछि पार्टी ...

प्रदेश तथा प्रतिनिधिका सम्पुर्ण क्षेत्रको मतगणना सकियो, समानुपातिकको ५४ लाख मत गनियो (विवरणसहित)

Wednesday, 13 December 2017

काठमाडौ । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेश सभाका सम्पुर्ण निर्वाचन क्षेत्रहरुको मतगणना सम्पन्न भएको घोषणा गरेको छ । बुधवार अन्तिम ...

(बहस) – दलित दृष्टिमा नेपालको संविधान : भाग १

Tuesday, 5 December 2017

  अधिवक्ता, मोहन साशंकर नेपालको संवैधानिक र कानुनी इतिहासमा नागरिक हक–अधिकार उल्लेख गर्ने प्रचलन/अभ्यास धेरै पुरानो र नौलो होइन । ...

धादिङ चुनावका घाइते भन्छन,‘बुद्धिमान झरेपछि नयाँनयाँ मान्छेले, हामीमाथि ढुङ्गामुढा गरे’

Sunday, 3 December 2017

मेरो नाम अभिषेक तामाङ हो । खनियावास गाउँपालिका २ झार्लाङमा पर्छ । निर्वाचनको अघिल्लो दिन ९ गतेसम्म शान्तिपूर्ण वातवारण नै ...

किन बन्दैन एकिकृत वामपार्टी ? माओवादी नेता छत्र श्रेष्ठले अठार वर्षअघि गरेका विश्लेषण

Saturday, 18 November 2017

काठमाडौँ । यतिखेर देश निर्वाचनको संघारमा उभिएको छ । वाम गठबन्धनको नाम लिएर एमाले तथा माओवादी लगायतका दलहरु संयुक्त रुपमा ...

वाम गठबन्धन : ‘मेरो पार्टीको हात्ति नेता होस् या आफ्नै बाउ, मलाई यो निर्णय ठीक लागेन’

Sunday, 15 October 2017

  अहिलेसम्मको मेरो सामाजिक/राजनैतिक परिचय अहिलेको माओबादी केन्द्रका कारण नै बनेको छ । म हालसम्म यही पार्टीमा छु । अपितु, ...

कमरेड ! भृकुटीमण्डव धाउनुभन्दा विद्यार्थी एजेण्डामा बहस गरौँ

Thursday, 3 August 2017

विभिन्न समूहमा विभाजित माओवादी घटकहरुको एकता र केन्द्रीकरणसंगै सम्पन्न क्रान्तिकारी विद्यार्थी संगठनहरुवीचको एकता र ध्रुवीकरणको सन्दर्भमा निर्माण भएको हाम्रो संगठनात्मक ...

हिसिला यमिको जिब्रो नियन्त्रण गर्न मनोज गजुरेलको आधा दर्जन टिप्स, के के छन् ?

Friday, 7 April 2017

मनाेज गजुरेल जिब्रो चिप्लिंदा इमान खुस्किन्छ । इज्जत भांचिन्छ । नैतिकता मर्किन्छ । प्रतिष्ठामा चोट लाग्छ । इमेज बिग्रिन्छ, हिसिला’दीकोजस्तै ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top