sangrila Bank

नामिवियाविरुद्धको खेलमा पारसले कप्तानी सम्हाल्ने, कोको छन टिममा (नामावलिसहित)

काठमाडौँ, ११ माघ । अर्को महिना नामिबियामा शुरु हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन दुईका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आज घोषित टोलीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल ९उपकप्तान०, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, सोमपाल कामी, करण केसी, मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, दीलिप नाथ, ललितसिंह भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल तथा वैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायण राजवंशी, किशोर महतो र सिद्धान्त लोहनी रहेका छन् ।

गत महिना सम्पन्न इपिएल टी–२० मा उत्कृष्ट प्रदर्शन गरेका अनिलकुमार शाह र रोहितकुमार पौडेलले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । आइसिसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित छनोट समितिले खेलाडी चयन गरेको हो ।

प्रारम्भिक चरणमा छनोट भएका २१ खेलाडीबाट अन्तिम टोली छनोट गरिएको हो । नेपाली टोली नामिविया जानुअघि यही माघ १३ गते युएई भ्रमणमा जानेछ । त्यहाँ रहँदा नेपालले तीनवटा अभ्यास खेल खेल्ने तय भएको कप्तान खड्काले बताए । नेपाली टोली माघ २१ गते नामिविया जानेछ । डिभिजन दुई माघ २५ गतेदेखि नाविवियामा सुरु हुनेछ । आइसिसी वल्ड क्रिकेट लिगको शीर्ष चारमा पर्न असफल भएपछि नेपाल गत असोजमा डिभिजन दुईमा घटुवा भएको हो । अब डिभिजन दुईमा छ टिमबीच प्रतिस्पर्धा हुनेछ । शीर्ष दुई टोलीले सन् २०१८ मार्चमा जिम्वावेमा हुने ‘वान डे क्वालिफायर’ खेल्न पाउनेछन् ।

रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top