sangrila Bank

सन्दिपले आइपिएल खेल्ने, दिल्ली डेयरडेभिल्सद्धारा २० लाख भारुमा अनुवन्धित

काठमाडौँ । नेपाली क्रिकेट टोलीका टप स्पिन बलर सन्दिप लामिछानेले भारतको महङगो क्रिकेट टुरनामेन्ट आइपिएल खेल्ने भएका छन । उनलाइ भारतिय क्रिकेट टोली दिल्ली डेयरडेभिल्सले न्युनतम २० लाख भारुमा अनुवन्धित गरेको हो ।

आगामी सिजनको लागी आइतबार भएको अक्सनमा १७६ औँ स्थानमा रहेका नेपाली क्रिकेटर लामिछानेलाइ दिल्लीले चयन गरेको हो । यसअघि लामिछाने अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लर्कको सिड्नीमा आधारित रहेको क्लब वेस्टर्न सबअर्बस्बाट खेल्ने मौका पाएका थिए । उनले क्लार्कको क्रिकेट एकाडेमीमा प्रशिक्षणसमेत गर्ने अवसर प्राप्त गरेका थिए ।

नेपाल र नामिविया विच २०१६ मा भएको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका उनले हालसम्म ९ खेलमा १२ विकेट लिएका छन । अनक्याप्ड प्लेयर्समा रहेका लामिछानेलाई यसपटकको आइपीएलमा हेरिन लायक युवा खेलाडीको सूचीमा राखिएको छ । यो संगै लामिछाने आइपिएलमा बिक्रि हुने पहिलो नेपाली खेलाडी भएका छन । दिल्लीको टिममा गौतम गाम्भीरदेखि ग्लेन म्याक्सवेल, ट्रेन्ट बोल्ट, पृथ्वी शाह समेत छन् । उनलाइ प्रवेशमा भारतिय टिम दिल्ली डेयरडेभिल्सले ट्वीट गर्दै स्वागत गरेको छ ।


 

दिल्ली डेयरडेभिल्सको टिममा परेपनि आईपीएल खेल्न भने सन्दिपले अझै एक खुड्किलो पार गर्नु पर्ने हुन्छ । मिटमा आवद्ध खेलाडीहरुबाट १८ सदस्य छानिन्छन्, जो मैदानसम्म जानेछन् । खेल्नका लागि त उनी फस्ट इलाभेनमा पर्नु पर्ने हुन्छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top