Telecome

मैत्रिपुर्ण भलिबल खेलमा नेपाल विजयी, ३-२ सेटले हङकङ पराजित

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ ।

हङकङको यान चाउ कोक स्पोर्टस् सेन्टरमा नेपालले हङकङलाई २३–२५, २८–२६, २५–२१, २१–२५ र १७–१५ अंकले हराएको हो ।

नेपाली भलिबल टोली मैत्रीपूर्ण खेल खेल्न बुधबार हङकङ गएको हो । इमबहादुर रानामगरको कप्तानीमा रहेको नेपाली टोलीले सोमबार अर्को मैत्रीपूर्ण खेल खेल्नेछ । नेपाली टोलीले मकाउको राष्ट्रिय टिमसँग बुधबार मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसअघि सन् १९८३ मा नेपालले जापानमा आयोजना गरिएको तेस्रो एशियन पुरुष च्याम्पियनसिपमा पहिलो पटक हङकङलाई हराएको थियो । नेपालले ३४ वर्षपछि दोस्रो पटक हङकङलाई उसकै भूमिमा पराजित गरेको छ ।

नेपाली टोलीका साथमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, विद्यालय भलिबल कमिसनका उपाध्यक्ष युवराज श्रेष्ठ, टिम व्यवस्थापक राजकुमार गुरुङ, अन्तर्राष्ट्रिय रेफ्री पूर्णप्रसाद चौलागाई, मुख्य प्रशिक्षक वीरेन्द्र चौधरी र प्रशिक्षक भट्ट रहनुभएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा ...

पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनालाई

Wednesday, 14 February 2018

दार्चुला, २ फागुन । महाशिवरात्रि पर्वको अवसरमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको ...

आईसिसी विश्व क्रिकेट लिग : क्यानडाद्धारा नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत

Wednesday, 14 February 2018

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको ...

डिभिजन–२ क्रिकेटः ओमनसंग नेपालको लज्जास्पद हार

Friday, 9 February 2018

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित ...

आहा रारा गोल्डकप : आर्मीलाइ हराउदै धरान सेमीफाइनलमा

Sunday, 28 January 2018

पोखरा, १४ माघ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा ट्राइबेकरमा नेपाल आर्मी क्लबलाई हराउँदै धरान ...

सन्दिपले आइपिएल खेल्ने, दिल्ली डेयरडेभिल्सद्धारा २० लाख भारुमा अनुवन्धित

Sunday, 28 January 2018

काठमाडौँ । नेपाली क्रिकेट टोलीका टप स्पिन बलर सन्दिप लामिछानेले भारतको महङगो क्रिकेट टुरनामेन्ट आइपिएल खेल्ने भएका छन । उनलाइ ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top