Telecome

पञ्चकन्या हाइड्रो पावरले पचास करोड शेयर संकलन

इलाम, २९ माघ । जिल्लामा सञ्चालित पञ्चकन्या माई हाइड्रो पावर कम्पनीले रु ५० करोड मूल्य बराबरको शेयर संकलन गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि आह्वान गरेको शेयरका लागि इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाका बासिन्दा बाट मात्रै सो रकम संकलन गरिएको हो ।

गत माघ ५ गतेदेखि २३ गतेसम्म शेयर आह्वान गरेको उक्त हाइड्रोमा लक्ष्यभन्दा बढी शेयर रकम संकलन भएको उक्त आयोजनाका कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिनुभयो । आयोजनाले ११ लाख कित्ता अर्थात रु ११ करोड शेयर निष्काशन गरेको थियो । आयोजनाले अति प्रभावित र प्रभावितका लागि छुट्टाछुट्टै गरेर ११ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

अति प्रभावित सन्दकपुर गाउँपालिकाका लागि छ लाख ६० हजार कित्ता ९६० प्रतिशत० अर्थात रु छ करोड ६० लाख तथा प्रभावित इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता ९४० प्रतिशत० अर्थात रु चार करोड ४० लाख शेयर निष्काशन गरेको थियो । सन्दकपुर गाउँपालिकामा चाहिएभन्दा बढी शेयर रकम संकलन भएको छ । सो गाउँपालिकामा छ लाख ६० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु १७ करोड शेयर रकम संकलन भएको आयोजनाका कार्यकारी निर्देशक प्रधानले बताउनुभयो ।

यस्तै इलाम नगरपालिकामा चार लाख ४० हजार कित्ता शेयर निष्काशन गरेकोमा रु ३३ करोड शेयर रकम संकलन भएको छ । आयोजनाले जिल्लाका तीनवटा बैंक सनराईज, प्रभु र लक्ष्मीसहित सन्दकपुर गाउँपालिकाको कार्यालय र माबु हाइड्रोको कार्यालयबाट शेयर रकम संकलन गरेको थियो । शेयरमा न्यूनतम २० कित्तादेखि अधिकतम पाँच हजार ५०० कित्तासम्मका लागि आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कम्पनीले सन्दकपुर गाउँपालिकास्थित माबु, माईमझुवा र सुलुबुङमा अप्पर माई जलविद्युत् आयोजनाबाट १२ मेगावाट क्षमताको अपरमाई आयोजना सञ्चालनमा ल्याएको छ भने ६ दशमलव १ मेगावाटको क्यास्केड आयोजना निर्माण सम्पन्न भएको छ ।

बाह्र मेगावाटको माथिल्लो माई र ६ दशालव १ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि १० प्रतिशत शेयर निष्काशन गरिएको प्रधानले जानकारी दिनुभयो । उक्त आयोजना सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा रहेको माइखोलामा सञ्चालन भइरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

महाकालीमा मुआब्जा वितरणको कामले गति लिएन

Tuesday, 15 May 2018

भीमदत्तनगर, १ जेठ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी ...

सांग्रिला डेभलपमेन्ट बैंक र प्रभु लाइफ ईन्स्योरेन्स कम्पनीबीच बैंङ्कासुरेन्स सम्झौता !

Friday, 11 May 2018

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र प्रभु लाइफ ईन्स्योरेन्स कम्पनी लि. बिच बैंङ्कासुुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको ...

नयाँ सरकार गठनसँगै शेयर बजार अहिलेसम्मकै उकालोतर्फ

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । नयाँ सरकारलाई धितोपत्र बजारले स्वागत गरेको छ । लामो समयदेखि ओरालो लाग्दै आएको बजार आज हालसम्मकै ...

‘पर्यटन प्रवद्र्धन’ का नाममा रकम लैजाँदै भोजभतेर गर्छन ६० भन्दा बढि संस्थाहरु

Wednesday, 7 February 2018

रमेश लम्साल÷सिबी अधिकारी काठमाडौँ, २४ माघ । पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भनेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डको रकम अनुत्पादक क्षेत्रमा ...

भृकुटिमण्डपमा बैंकिंग एक्स्पो : कसले के भने ?

Sunday, 4 February 2018

काठमाडौँ, २१ माघ (रासस) : देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले ...

रु दुई अर्ब ५१ करोड बढीको साधारण शेयर जारी हुँदै

Saturday, 3 February 2018

रमेश लम्साल काठमाडौँ, २० माघ । धितोपत्र बजारमा एकै पटक रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर ...

मासिक १५ लाखको कारोबार गर्दै काभ्रेको चिज उत्पादन केन्द्र

Saturday, 3 February 2018

धुलिखेल, २० माघ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ जुगेपानी पौवामा रहेको चिज उत्पादन केन्द्रले मासिक रु १५ लाखको हाराहारीमा कारोबार गरिरेहका ...

पाल्पा प्रदेशस्तरीय महोत्सव फागुन ३ देखि

Saturday, 3 February 2018

पाल्पा, २० माघ । पाल्पा उद्योग वाणिज्य संघको आयोजनामा पाल्पा जिल्ला सदरमुकाम तानसेनमा प्रदेशस्तरीय महोत्सव सञ्चालन हुने भएको छ । ...

कर छलेर कारोवार गर्नेलाई कडा कारबाही गरिने

Friday, 2 February 2018

काठमाडौँ, १९ माघ । व्यापारीले व्यवसाय गर्दा करको प्रचलित कानूनअनुसार कारोवार गर्नुपर्नेमा जोड दिइएको छ । सिभिल मल व्यापार संघको ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top