sangrila Bank

३७ जना प्रदेश सांसदको समर्थनसहित ७ नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओवादी सांसद भट्टको दाबी

रासस

धनगढी, २ फागुन । प्रदेश नं ७ को मुख्यमन्त्रीका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले प्रदेश प्रमुखसमक्ष आज आफ्नो दाबी पेश गर्नुभएको छ ।

माओवादी केन्द्र र नेकपा एमालेका ३७ जना प्रदेश सांसदले मुख्यमन्त्रीमा भट्टलाई समर्थन रहेको भन्दै हस्ताक्षर सहितको समर्थन पत्र प्रदेश प्रमुख मोहनराज मल्लसमक्ष पेश गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हीरालाल चौधरीले जानकारी दिनुभयो । अडचालीस वर्षीय भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्न प्रदेश कार्यालयमा पुगेको सांसदको टोलीमा यसअघि माओवादी केन्द्रभित्रका मुख्यमन्त्री बन्ने चर्चामा रहेका प्रदेश सांसद वीरभान चौधरी र झपट बोहरा पनि सम्मिलित हुनुहुन्थ्यो । यो सँगै प्रदेश नं ७ को मुख्यमन्त्री नियुक्तिको बाटो खुलेको छ । प्रदेश प्रमुख कार्यालयले यही फागुन ५ गते मुख्यमन्त्री नियुक्त गरी शपथग्रहणसमेत गराउने तयारी गरेको छ ।

यसअघि आजै प्रदेश प्रमुख मल्लले बहुमत सांसदको समर्थन जुटाउन सक्ने प्रदेशसभाका सांसदलाई मुख्यमन्त्रीको नियुक्तिका लागि यही फागुन ४ गते दिउँसो ११ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नुभएको थियो । प्रदेश नं ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख एमालेले पाउने सहमतिबमोजिम सभामुखमा एमाले बझाङबाट निर्वाचित सांसद अर्जुनबहादुर थापा निर्वाचित भइसक्नुभएको छ ।

प्रदेशसभाको उपसभामुखमा भने माओवादी केन्द्रका सांसद देवकी मल्ल र कुन्ती जोशीको नाम चर्चामा छ । यही फागुन ६ गते बस्ने प्रदेशसभाको बैठकले उपसभामुख चयन गर्ने कार्यतालिका छ । प्रदेश नं ७ मा एमाले २५, माओवादी केन्द्र १४, नेपाली काँग्रेस १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top