Telecome

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

रासस

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ ।

नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली ९त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल० सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख जनसम्पर्क महाशाखा प्रमुख महासेनानी विजय थापाले भलिबल प्रतियोगिता लिग कम आउटका आधारमा सञ्चालन हुने जानकारी दिनुभयो ।

विसं २०७२ देखि शुरु भएको सो प्रतियोगिताको प्रथम र द्वितीय संस्करणमा सेनाको त्रिभुवन आर्मी क्लबका टोलीले प्रथम भई वर्चश्व कायम गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले रु तीन लाख, द्वितीय हुनेले रु एक लाख ५० हजार तथा तृतीय हुनेले रु ७५ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । साथै उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर तथा प्रशिक्षकले रु १० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छन् ।

पत्रकार सम्मेलनमा महासेनानी थापाले भन्नुभयो, “भलिबल प्रतियोगिताले नेपाली भलिबल खेलको विकास तथा सैनिक नागरिक सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।”

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

१० वर्षका बालीकाले खेले टेनिस

Saturday, 21 April 2018

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको ...

पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनालाई

Wednesday, 14 February 2018

दार्चुला, २ फागुन । महाशिवरात्रि पर्वको अवसरमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको ...

आईसिसी विश्व क्रिकेट लिग : क्यानडाद्धारा नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत

Wednesday, 14 February 2018

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको ...

डिभिजन–२ क्रिकेटः ओमनसंग नेपालको लज्जास्पद हार

Friday, 9 February 2018

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित ...

आहा रारा गोल्डकप : आर्मीलाइ हराउदै धरान सेमीफाइनलमा

Sunday, 28 January 2018

पोखरा, १४ माघ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा ट्राइबेकरमा नेपाल आर्मी क्लबलाई हराउँदै धरान ...

मैत्रिपुर्ण भलिबल खेलमा नेपाल विजयी, ३-२ सेटले हङकङ पराजित

Sunday, 28 January 2018

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । हङकङको ...

सन्दिपले आइपिएल खेल्ने, दिल्ली डेयरडेभिल्सद्धारा २० लाख भारुमा अनुवन्धित

Sunday, 28 January 2018

काठमाडौँ । नेपाली क्रिकेट टोलीका टप स्पिन बलर सन्दिप लामिछानेले भारतको महङगो क्रिकेट टुरनामेन्ट आइपिएल खेल्ने भएका छन । उनलाइ ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top