sangrila Bank

दक्षिण अफ्रिकामा नयाँ राष्ट्रपति नियुक्त

कप्ट टाउन, ३ फागुन । दक्षिण अफ्रिकाको राष्ट्रपतिमा सिरिल रामाफोसा नयाँ राष्ट्रपतिको रूपमा नियुक्त हुनु भएको छ ।

यसअघिका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामा दिएपछि संसदले बिहीबार रामाफोसालाई राष्ट्रपति पदमा चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा बोल्दै उहाँले भ्रष्टाचार नियन्त्रण आफ्नो प्राथमिकता हुने बताउनु भयो  ।  धर्मराउँदो अर्थतन्त्र, विभाजित पार्टी र भ्रष्टाचारसँग जुध्नुपर्ने मुख्य चुनौती देशका सामु रहेको उहाँको भनाई थियो । रामाफोसाले छिट्टै आफ्नो पदको शपथ लिने र देशवासीका नाममा सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

यसअघि आफ्नै दलको तीव्र दबाब पछि दक्षिण अफ्रिकाका राष्ट्रपति जेकोब जुमाले बुधबार साँझ आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको थियो । सत्तारूढ अफ्रिकन नेशनल कँग्रेस ९एएनसी० ले राजीनामा नदिए सदनमा महाभियोग लगाउने चेतावनी दिएको थियो । सो पार्टीका सभापति तथा तत्कालीन उपराष्ट्रपति सिरिल रामाफोसालाई मार्ग प्रशस्त गर्न ७५ वर्षीय जुमामाथि पार्टीले दबाब दिएको थियो ।

सन् २००९ देखि सत्तामा रहनु भएका जुमालाई भ्रष्टाचारसहितका कैयौँ आरोपहरू लाग्दै आएको थियो । नवनियुक्त राष्ट्रपति रामाफोसाले गएको डिसेम्बर महिनादेखि सत्तारुढ दलको नेतृत्व गर्नुभएको छ । दक्षिण अफ्रिकाको रंगभेदी शासनको विरोध गर्दा पटकपटक जेल पनि पर्नु भएका उहाँ सन् १९९० मा सर्वोच्च नेता नेल्सन मण्डेलालाई जेल मुक्त गर्न गठित समितिमा अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

काश्मिरका दुई दर्जन प्रहरी अधिकारीद्धारा राजीनामा, गृह मन्त्रालय भन्छ- ‘प्रोपागाण्डा’

Saturday, 22 September 2018

नयाँ दिल्ली, ६ असोज । भारत अधीनस्थ काश्मिरका केही प्रहरी अधिकारीहरुले असुरक्षाको कारण देखाई आफूहरु प्रहरी सेवामा नरहने गरी राजिनामा ...

मेक्सिकोमा यसै वर्ष नौ पत्रकारको हत्या

Saturday, 22 September 2018

मेक्सिको, ६ असोज- बन्दुकधारीहरुले गोली प्रहार गरेर मेक्सिकोमा थप एक पत्रकारको हत्या गरेका छन् । यो घटनासँगै यस वर्ष अर्थात ...

ट्रम्पलाई राष्ट्रपतिबाट हटाउने विषयमा छलफल नभएको उपमहान्याधिवक्ताको जिकिर

Saturday, 22 September 2018

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपमहान्यायाधीवक्ता रड रोजनस्टाइनले  राष्ट्रपति डोनल्ड ट्रम्पलाई हटाउन कुनैपनि छलफल नभएको बताएका छन । आफूले संविधानको ...

विश्वका प्रत्येक २० मध्ये एकको मदिराका कारण मृत्यु हुने गरेको खुलासा !

Saturday, 22 September 2018

जेनेभा, असोज ६ । मदिरा सेवन गरेर संसारमा हरेक बर्ष ३० लाख भन्दा बढीको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको ...

काश्मिरमा तीन प्रहरीको अपहरणपछि हत्या

Friday, 21 September 2018

भारत, ५ असोज । भारत प्रशासित काश्मिरमा लडाकूहरुले अपहरण गरी लगेका तीन प्रहरीको हत्या गरिएको छ । स्थानीय निर्वाचनको पूर्व ...

अमेरिकामा अन्धाधुन्ध गोलीकान्ड, चारजनाको मृत्यु

Friday, 21 September 2018

एबरडीन, असोज ५ । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भन्डारगृहमा कार्यरत् एक महिलाले आफ्नै सहकर्मी साथीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको घटनास्थलमै ...

भारतमा मरेका ११ सिंहमाथि अनुसन्धान सुरु, शरिर पोष्टमार्टमाका लागि पठाईयो !

Friday, 21 September 2018

भारत । भारतको गुजरातस्थित गिर राष्ट्रिय निकुञ्जमा केहि दिनमा कम्तीमा ११ वटा सिंहहरू मृत फेला परेपछि अनुसन्धान थालिएको छ। मृत्युको ...

ब्राजिलमा बुलेटप्रुफ कार, सुरक्षा कि प्रतिष्ठा ?

Thursday, 20 September 2018

  जोहानेस माइबर्ग साओ पाउलो, ४ असोज । ब्राजिलका धेरै नागरिक सवारी साधन दौडाइरहँदा कहाँ कसको गोलीबाट मारिने हो भन्ने ...

नवाज सरिफमाथि लगाईएको भ्रष्टाचारको मुद्धा खारेज, तत्काल रिहा गर्न अदालतको आदेश !

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । भ्रष्टाचारको अभियोगमा जेल चलान गरिएका पाकिस्तानि पुर्व प्रधानमन्त्रीलाई तत्काल रिहा गर्न उच्च अदालतले आदेश गरेका छ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top