sangrila Bank

सशस्त्रका आइजिपिको अर्को करामत : भाडाको निजी महलमा सरकारी ‘भ्यान’मा बालुवा ओसारपोसार !

काठमाडौं । ठूला ‘पद’मा हुने उच्च पदस्थ अधिकारीले ‘सानो र झिना मसिना सरकारी सम्पत्ति’ समेत दोहन गर्न छाड्दैनन् भने त्यसलाई कसरी बुझ्ने ? त्यस्तो कार्य गर्ने व्यक्तिको ‘लोभ’ लालच त पक्कै देखिन्छ नै नैतिकता समेत समाजले राम्रैसँग थाहा पाउँछन् ।

आफू सरकारले उपलब्ध गराएको भव्य निवासमा बस्ने तर यता निजी महलमा भने सरकारी पानी ट्याङ्करबाट पानी भरेर विवादित बनेका सशस्त्र प्रहरी बलका महानिरिक्षक सिंह बहादुर श्रेष्ठले फेरी अर्को करामत गरेको तथ्य भेटिएको छ ।

सरकारले सशस्त्र प्रहरीलाई उपलब्ध गराएको ‘भ्यान’मा खासगरी प्रहरी जवानहरु चढ्ने गर्छन् । हतियारसहितका प्रहरी आवात जावात गर्ने उक्त भ्यान बुधबार विहान भने सशस्त्र प्रहरी प्रमुख सिंह बहादुर श्रेष्ठको निजी निवास अनामनगर चोकमा रोकिएको थियो । श्रेष्ठको घर अगाडी प्रहरीका एक जवान उभिएका थिए । केही जवान भने उक्त भ्यानबाट बालुवा झार्दै थिए । सरकारी भ्यानमा बालुवा कुनै सरकारी कामका लागि होइन श्रेष्ठको निजी निवासका लागि थियो ।

राताे घेरामा देखिएकाे भ्यान सशस्त्र प्रहरीकाे सरकारी भ्यान हाे । पछाडीबाट बालुवा झार्दै गरिएकाे छ । भ्यानकाे पछाडी रहेकाे ६ तले महल अाइजिपि श्रेष्ठकाे हाे ।


हेर्दा सामान्य तर नैतिकताको हिसाबले निकै लाजमर्दो कार्यमा सशस्त्र प्रहरीका आइजिपी नै लागेपछि स्थानियहरुका लागि समेत टाउको दुखाईको विषय बनेको छ । ‘सशस्त्र प्रहरीको यत्ति ठूलो पदमा पुगेको मान्छे, कहिले सरकारी ट्याङकरमा घरमा पानी ल्याउनु हुन्छ, कहिले सरकारी भ्यानमा बालुवा हालेर घरमा ल्याउनु हुन्छ,’ एक स्थानिय प्रश्न गर्दै थिए,‘ठूलो पदमा पुगेको मान्छे त ठूलै कुरा सोच्नु नी । देशका लागि पो सेवा गर्न पठाएको त जनताले, जनताले तिरेको करको पैसाबाट आफ्नो निजी घरमा सरकारी सम्पत्तिको दोहन गर्न पठाएको हो र ?’

बा १ झ ७७९ नम्बरको सशस्त्र प्रहरीको भ्यानबाट उनले आफ्नो निजी घरमा बालुवा झारेका थिए । राजधानीको अनामनगरमा श्रेष्ठको ६ तले अग्लो महल रहेको छ । उनको यो भवन श्रेष्ठले भाडामा लगाएका छन् ।

यता आफू भने सरकारले उपलब्ध गराएको भव्य निवासमा बस्दै आएका छन् । हलचोक स्थित सशस्त्र प्रहरीको मुख्यालय रहेको शरद भवनमा श्रेष्ठसहित उनका परिवार बस्दै आएका छन् ।

सरकारी भ्यानमा बालुवा ओसार पोसार गरिएको विषयमा उनीसँग कुराकानीका लागि सम्पर्क गर्दा श्रेष्ठले मोबाइल फोन उठाएनन् ।

यो पनि पढ्नुहोस् :

‘आइजिपी साप्’ को ६ तले निजी महल : दुई फ्लोर भाडामा, सरकारी ट्याङ्करबाट पानी सुविधा !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top