sangrila Bank

सिरिया संकट : महिला र युवतीसँग राहतको बदलामा ‘सेक्स’ साट्छन् राहतकर्मी !

बीबीसी । सिरियाको राहत शिविरमा महिलामाथि यौन शोषण भएको छ । बिबिसीले बताए अनुसार राहत सहित पुगेका संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संगठनका पुरुष राहत कर्मीहरुले महिलामाथि यस्तो गरेका हुन् ।

राहत कर्मीहरुले बताएका छन् की पुरुषहरु ‘सेक्सको बदलामा भोजन बेचिरहेका थिए ।

तीन वर्ष पहिले यो विषयमा चेतावनी समेत दिइएको थियो । तर, देशको दक्षिणी भेगमा अहिलेपनि यो क्रम जारी छ ।

संयुक्त राष्ट्र संघ वा सो क्षेत्रमा काम गरिरहेका सहयोगी संगठनका अनुसार यस्तो कार्य विरुद्ध कुनै उजुरी समेत परेको छैन ।

राहत कर्मीले बताए अनुसार महिलामाथि ठूलो मात्रामा यौन शोषण भइरहेको छ । जसको कारण सिरियाली महिला राहत वितरण केन्द्रमा पुग्न समेत इन्कार गरिरहेका छन् ।
एक कार्यकर्ताको दाबी छ की उक्त क्षेत्रमा काम गरिरहेका एजेन्सीहरु समेत यो विषयमा नजरअन्दाज गरिरहेका छन् किनकी उनीहरुलाई स्थानिय अधिकारी र सहयोग संगठनको डर छ ।

संयुक्त राष्ट्र जनसंख्या कोषको एक मुल्यांकनमा यो विषय बाहिर आएको थियो की सहयोगी सामग्री दिनुको बदलामा महिलाले यौन शोषणको सामना गरिरहेका छन् ।

संगठनले यो मुल्यांकन पछिल्लो साल विभिन्न प्रशासनिक इलाकामा गरेको थियो ।

‘भ्वाईस फ्रम सिरिया २०१८’ नामक यो रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको छ । जसमा कयौँ घटनाको पनि जानकारी थियो ।
रिपोर्टमा भनिएको छ,‘महिला तथा युवतीहरु केही समयका लागि अधिकारीहरुसँग विवाह गरिरहेका थिए । ताकी उनीहरुलाई खाने र पिउने सामन प्राप्त हुन्थ्यो । बदलामा उनीहरुसँग सेक्स गरिन्थ्यो ।’

रिपोर्टमा अगाडी भनिएको छ,‘महिला र युवतीहरुसँग राहतकर्मीले फोन नम्बर माग्थे । र उनीहरुलाई घर लिएर जान्थे । विधवा र डिभोर्स भएका महिला उनीहरुको पहिलो निशानाम हुने गर्दथ्यो ।

यस्तो खालको पहिलो घटना तीन वर्ष पहिले सार्वजनिक भएको थियो । सहयोग गर्ने संगठनका एक सल्लाहकारका रुपमा काम गरिरहेका डेनियल स्पेन्सरसँग २०१५ मा जोर्डनमा केही सिरियाली महिलाको समुहले मुद्दा दायर गरेका थिए ।

स्पेन्सर भन्छन्,‘उनीहरु तवसम्म सामग्री रोकेर राख्थे जबसम्म उनीहरुलाई बदलामा सेक्स पाउँदैन थिए ।’

उनी अगाडी भन्छन्,‘मलाई याद छ एक महिला आफ्नो कोठामा रोही रहेकी थिइन् । उनको साथमा जो भएको थियो त्यो देखि उनी साह्रै दुखी थिइन् । महिला वा युवतीलाई राहत दिने समयमा सुरक्षा दिनुपर्ने जरुरी छ ।’

४० प्रतिशत महिला यौन हिंशाको शिकार !


‘द इन्टरनेश्नल रेस्क्यु कमिटीले यस्तै सर्वेक्षण २०१५मा गरेको थिया । जसमा १९९० महिला र युवतीहरुलाई सामेल गरिएको थियो । रिपोर्टका अनुसार ४० प्रतिशत महिलाले आफूहरुलाई सहयोगको बदलामा यौन हिंसा भएको बताइएका थिए ।

कमिटिका प्रवक्ता ले भने,‘सर्वेक्षणको निष्कर्ष थियो की दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताका विषय थियो । जसमा राहत सामग्रीको बदलामा यौन क्रियाकलाप हुन्थे ।

बिबिसीले यी दुवै रिपोर्टहरु हेरेको थियो । जसलाई १५ जुलाई सन् २०१५ मा संयुक्त राष्ट्र संघ जनसंख्या कोषको एक वैठकमा पेस गरिएको थियो । जोर्डनको राजधानी अम्मानमा भएको उक्त बैठकले संयुक्त राष्ट्रसंघले हिस्सा लिएको थियो ।

सुरक्षा कार्यक्रम


द इन्टरनेश्नल रेस्क्यू कमिटीका प्रवक्ताले भने,‘हामीले दक्षिण सिरियाको महिला र युवतीको बेहत्तर सुरक्षाका लागि कयौँ कार्यक्रम शरु गरेका छौँ ।’
केयर संस्थानले सिरियामा निगरानी टीमको विस्तार गरेको छ । र राहत सामग्री स्थानिय एजेन्सीलाई दिन बन्द गरेको छ ।

स्पेन्सर दावा गर्छन्,‘राहत पुर्याउने संस्था यो मामलामा नजरअन्दाज गरिरहेका थिए । ताकी सामन दक्षिण सिरिया पुगीसकेको थियो ।
उनी भन्छिन्,‘महिला विरुद्ध कयौँ वर्षदेखि यौन हिंसा भइरहेको छ ।

२०१५ मा संयुक्त राष्ट्र जनसंख्या कोषको बैठकमा एक स्रोतले बिबिसीलाई भन्यो,‘यौन शोषणबारे विश्वसनिय रिपोर्ट पेस गरिएको थियो । तर, संयुक्त राष्ट्र संघले यो विषयमा कुनै चासो देखाएन ।’

युनिसेफका प्रवक्ताले २०१५ मा भएको बैठकमा भाग लिएको स्वीकार गरे । संस्थानको भनाई छ की बैठकमा स्थानिय सहयोगी संस्थाबारे समिक्षा गरेको छ । संस्थाले यो पनि भनेको थियो की सहयोगी संस्थाका विरुद्ध कुनै उजुरी प्राप्त भएको थिएन ।

यस्ताे छ रिपाेर्ट

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एकाविहानै ट्रक र माईक्रोबस ठोक्किदा दुई महिलाको मृत्यु !

Tuesday, 25 September 2018

तनहुँ, असोज ९ । तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका ...

बाजुरामा यसरी मनाईदै छ अनन्ते मेला !

Tuesday, 25 September 2018

बाजुरा, असोज ९ । जिल्लामा अन्नते मेला शुरु भएको छ । भाद्र पूर्णिमाको दिनबाट शुरु हुने अनन्ते मेलालाई स्थानीयवासीले विशेष ...

लालझाडीको जंगलमा महिलाको शव फेला, पहिचान खुल्न बाँकी !

Tuesday, 25 September 2018

कञ्चनपुर, असोज ९ । लालझाडी गाउँपालिका–१ हिम्मतपुर जङ्गलमा सोमबार साँझ महिलाको शव भेटिएको छ । पहिचान खुल्न नसकेको अवस्थामा शव ...

नेपाल टेलिकमका पूर्व अध्यक्ष नेकपामा प्रवेश !

Tuesday, 25 September 2018

काठमाडौँ, असोज ९ । नेपाल टेलिभिजनका पूर्वअध्यक्ष महेश दाहाल आज नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय ...

धागो, कपडा र पोसाकमा ३९ अर्ब राजस्व चुहावट !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । सरकारले धागो, कपडा र तयारी पोसाक आयातमा प्रभावकारी नियमन तथा अनुगमन गर्न नसक्दा अरबौँ रुपैयाँको राजस्व ...

त्रिविको परीक्षामा बेथितिः रिटोटलिङको नतिजा आउनसमेत दुई वर्ष !

Tuesday, 25 September 2018

काठमाडौं । असोज ९ । त्रिभुवन विश्वविद्यालयका डिन कार्यलयदेखि परीक्षा नियन्त्रण कार्यलय –पनिका) सम्मले लिने वार्षिक परीक्षामा बेथिति छ । ...

नागरिकता लिन दुई दिन पैदलयात्रा !

Tuesday, 25 September 2018

मुगु, असोज ९ । जिल्लाका चार स्थानीय निकायमध्ये तीनगाउँपालिकाका स्थानीयको नागरिकता बनाउन दुई दिन हिँडेर जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ...

नेपाली कांग्रेसको झण्डा परिमार्जन !

Tuesday, 25 September 2018

काठमाडौं, असोज ९ । विधान संसोधनमा जुटिरहेको कांग्रेसमा पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव आएको छ । प्रस्तावमा चारतारे झण्डाको बीचमा ...

आजदेखि सोह्रश्राद्ध सुरु, दिवङ्गत पितृको सम्मानमा तर्पण, सिदादान र पिण्डदान गरिने !

Tuesday, 25 September 2018

काठमाडौँ, असोज ९ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएको छ । आश्विन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top