sangrila Bank

सिरिया युद्धको रहस्य !

 

श्रीदेवीको निधन र सिरिया आक्रमण एकैचोटि जस्तो पर्यो । यसले नेपाली फेसबुके सेलेब्रिटीहरुलाई पनि स्तब्ध बनायो । मृत्यु र युद्ध प्राणीका लागि खेदजनक कुरा हो, यसमा कुनै विमति रहेन ।

कुनै शोषित–पीडितहरु बाँच्दासम्म उनीहरुको समान हकका लागि आवाज नउठाउने, सहयोग नगर्ने तर मरेपछि लासमा पैसा फाल्ने हामी जुन समाजमा छौँ, त्यहाँ अन्तर्राष्ट्रिय दुःखद घटनाहरुमा खेदहरु व्यक्त हुनु नौलो होइन । श्रीदेवी मलाई मनपर्ने एक कलाकार हुन्, उनको कलालाई भारतले कसरी प्रयोग गर्यो, आफ्नै ठाउँमा छ ।

जहाँसम्म सिरिया युद्धको कुरा छ । सिरियाको युद्ध खासगरी रुस र अमेरिकाको युद्ध हो । युद्धको जडमा रुस र अमेरिकाको जस्तोसुकै स्वार्थ होस्, यस युद्धको परिभाषा र प्रयोजन उनीहरुले जसरी गरुन्, यो एक भयानक हस्तक्षेप र दादागिरी हो ।

सिरिया युद्धको पिँधमा धर्म छ । यो खासगरी सिया र सुन्नी समुदायबीचको अबुझपन हो । सिरियामा बसर अल असादको सरकार छ, असाद सिया समुदायका हुन् । त्यसैले उनको सरकारलाई सिया सरकार भनेर पनि बुझ्ने गरिन्छ । तर, सिरियामा सुन्नी समुदाय बढी छन्, झन्डै ८० प्रतिशत । असादको सरकारलाई रुस, इरान र चीनको पनि समर्थन छ । 


यहाँ विभिन्न समूहले सरकारविरुद्ध आवाज उठाएका छन्, उनीहरु आफ्नो समुदायको पनि सरकार चाहन्छन् । त्यहाँ एउटा विद्रोही नागरिकहरुको फ्रि सिरियन आर्मी छ, जसलाई त्यति चरम पन्थी मानिँदैन ।

यसले असद सरकारलाई हटाएर धर्मनिरपेक्ष सरकार बनाउन चाहेको भनिन्छ । यसलाई अमेरिका, युके, फ्रान्स, जर्मनीलगायतको सहयोग छ । त्यस्तै यहाँ चरमपन्थी समूह पनि छन्, जो असदलाई हटाएर इस्लामिक सरकार ल्याउन चाहन्छन् । 


यहाँ कुर्दहरु पनि छन्, कुर्दहरु पहिलो विश्वयुद्ध पछिको सिमानाका कारण तीन देशका बाँडिएका छन्, सिरिया, इराक र टर्कीमा । सिरियाका कुर्दहरु पनि विद्रोहमा छन्, उनीहरु आफ्नो स्वायक्त क्षेत्र चाहन्छन् ।

अमेरिकाको भाषामा सिरियामा आतंककारी समूह र गतिविधि अमेरिकाका लागि खतरनाक छ । त्यसैले यहाँ फ्रि सिरियन आर्मीकै सरकार आउनुपर्छ । आफ्नै छिमेकी मुलुकमा अमेरिकाको हस्तक्षेप देखेपछि रुसले त्यहाँको सरकारलाई सहयोग गर्यो । यसबाहेक यहाँ विविध लफडाहरु पनि छन्, सिमानका देश वा इस्लामिक कट्टरपन्थी समूहहरुलाई लिएर । 


सिरियामा त्यहाँकै जनताबीच छलफल हुन आवश्यक छ । सबै समूह, समुदायले स्पेस पाउन अर्थात् समावेशी हुन आवश्यक छ । यसका लागि धार्मिक वा जातिगत भएर होइन कि स्वतन्त्र रुपले उनीहरुबीच नै बहस हुन आवश्यक छ । र, त्यहाँ विकसित भनिएका मुलुकले त्यो शिक्षा वा मुद्दाका लागि अभियान चलाउन आवश्यक छ । तर, धार्मिक अबुझपनका कारण यो सब भइरहेछ ।

नेपालका कतिपय युवा, जो दिमागमा जातीय विभेद, छुवाछुत र सामन्त सोच बोकेर हिँडेका छन्, उनीहरु नै सिरियाको युद्धमा भावुक भएका छन् । यहाँ भावकुताले कुनै काम गर्दैन । यहाँ त विवेकको काम छ ।

कसरी संसारका मानिसहरुलाई धार्मिक कट्टरपन्थी हुनबाट रोक्ने यो एउटा मुद्दा हो, तर अमेरिकालगायत देशले मुस्लिम देश वा इस्लामिक विद्रोहीलाई नै अर्घेलो देखेजस्तो लाग्छ ।

पहिलो विश्व युद्धमा हतियार बेचेर धनी भएको देश अमेरिका, आप्रवासीहरुको देश अमेरिका, उसको चिन्तन पनि त्यस्तै त्यस्तै छ । आफूलाई शक्तिशाली देख्ने रुसको पनि घमन्ड बढ्दो छ । त्यसैले हामी न्यायप्रेमीहरुले मानिसहरुलाई धार्मिक कट्टरपन्थी वा जातिवादी हुनबाट रोक्न आवश्यक छ, मानिसलाई केवल मानिस बनाउनतिर सोच्न आवश्यक छ ।

ध्रुवसत्य परियारकाे फेसबुकबाट साभार

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्वडिएसपीविरुद्ध बुहारीको उजुरी, अपराध महाशाखाले उजुरी लिएन !

Sunday, 23 September 2018

काठमाडौँ, ७ असोज । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जुठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले  बेवास्ता गरेको छ । महानगरीय ...

अमृता फाउण्डेशनका म्यानेजरले महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । अमृता फाउण्डेशन नेपालकी सल्लाहकार रमा कार्कीले आफ्नो संस्थामा कार्यरत म्यानेजर अमृत कार्कीले आफ्नै महिला सहकर्मीमाथि यौन ...

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ...

चुरोटको लत छुटाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यि चार उपाय !

Saturday, 22 September 2018

काठमाडौँ,६ असोज । वर्तमान समयमा किशोर किशोरी देखी लिएर वृद्धवृद्धाहरु चुरोटको दुव्र्यसनबाट पिडित छन । किशोर किशोरी हरु संगतको कारणले ...

‘अन्तरजातिय विवाह गर्दा मेरो श्रीमानको हत्या भयो’

Friday, 21 September 2018

दिप्ति बथिनी ‘प्रणयले एउटी आमाले जसरी मेरो ख्याल राख्थे । उनले मलाई नुहाइदिन्थे, ख्वाइदिन्थे र मेरो लागि खाना बनाउँथे । ...

संविधान बनेको तीन वर्षपछि संघीयतामा जाँदै कांग्रेस, प्रवक्ता भन्छन्,‘यसैकारण चुनाव हारियो’

Friday, 21 September 2018

-टि.पी शर्मा काठमाडौं, ५ असोज । आफूलाई देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक दल दाबी गर्ने कांग्रेस आफैं भने लोकतन्त्रको अभ्यासमा फितलो ...

भत्किएका सम्पदाको निर्माण पुरातत्वको मापदण्ड अनुसार नै गर्नुपर्ने पर्यटनमन्त्रीको जिकिर

Friday, 21 September 2018

भक्तपुर, ५ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्रप्रसाद अधिकारीले भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण छिटोभन्दा छिटो गर्नुपर्ने बताएका छन ...

को हुन् ‘मानसिक रोगी’माथि लाठी र बुट बजार्ने प्रहरी हवल्दार ? भन्छन्,‘मैले एक झापड खाएँ’

Friday, 21 September 2018

प्रयास पराजुली काठमाडौं, ५ असोज । गत बुधबार सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बन्यो । राजधानीको गंगबु स्थित शिव मन्दिर ...

फोहोरको डंगुर छाडेर काठमाडौंका मेयर विद्या सुन्दर शाक्य श्रीमतीसहित अमेरिकामा मस्ति गर्दै !

Friday, 21 September 2018

काठमाडाैं, ५ असाेज ।  सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताईरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारी खर्चमा श्रीमती लिएर अमेरिका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top