sangrila Bank

सर्वसाधरणलाई ‘बेवकुफ’ बनाउँदै टुबोर्ग बियर : सलमानसँग सेल्फि खिचाइदिने भन्दै बियर पिउन उर्दि !

 

काठमाडौं । मदिरा पिउनु स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ । ‘ठूला र प्रतिष्ठित’ भनिएका कलाकारहरु मदिरा जस्ता घातक पदार्थको विज्ञापन खेल्न त्यति रुचाउँदैनन् ।

मदिरा कम्पनिहरुले कुनैपनि माध्यमबाट आफ्नो प्रचारप्रसार गर्न नपाउने नेपाल सरकारको नीतिगत व्यवस्था नै छ । तर, हाम्रो देशको टुबोर्ग बियरलाई भने कुनै कानुन नै लाग्दैन ।

यतिसम्मकी बलियुडका नायक सलमान खानसँग सेल्फि खिचाइदिने भन्दै सामाजिक सञ्जालमा खुलमखुल्ला मदिरा पिउँन उक्साउँदै गर्दा समेत कुनै कानुनले छोएको छैन ।

केही दिन पछि नेपाल आउँन लागेका भारतीय चर्चित कलाकार सलमान खानसँग सेल्फि खिचाइदिने भन्दै गोर्खा ब्रुअरीद्वारा उत्पादित टुबोर्ग वियरले सर्वसाधरणलाई बेकुफ बनाइरहेको भेटिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘बियर खाँदै गरेको’ तस्विर खिचेर ……. ह्यासट्याग गरी टुवोर्गको फेसबुक एकाउन्टमा कमेन्ट गर्नुपर्ने र सो बापत सलमान खानसँग सेल्फि खिचाइदिने झूटो आश्वासन दिएर मदिराको विज्ञापन भइरहेको छ । तर, सरोकारवाला निकाय भने मौन छ ।

१८ वर्षदेखि माथिका व्यक्तिले मात्रै उक्त कन्टेस्टमा भाग लिन पाउने भन्दै मदिरा पिउन उर्दि नै जारी गर्दा समेत सरकारलाई अत्तोपत्तो छैन ।
‘यो सामाजिक सञ्जालको दुरुपयोग हो । म यो सँग सहमत हुनसक्दिनँ । बियरको विज्ञापनको लागि झूटको निति देखियो । सलमान खानसँग फोटो खिचेर के पाइन्छ ?’ प्रतिक्रिया दिँदै संगम शाक्यले लेखेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले आफूले वियर पिउँदै गरेको तस्विर उक्त टुबोर्गको एकाउन्टमा कमेन्ट गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको निधनप्रति राष्ट्रपतिद्धारा समवेदना प्रकट

Tuesday, 19 June 2018

काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति ...

पर्यटन व्यावसायमा ‘खेलाडी’ : पेटमा ढुङ्गा फुटाउने यी हुन् सुर्यबहादुर भेटवाल !

Monday, 18 June 2018

रीता बुढाथोकी काठमाडौँ । फरक कामले मान्छेलाई फरक परिचय नै दिन्छ । त्यसैले भनिन्छ,‘जीवनमा नाम कमाउनु छ भने कुनै फरक ...

राष्ट्रिय सभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, २ वर्षसम्म मात्र सांसद रहने भए अर्थमन्त्री !

Monday, 18 June 2018

काठमाडौँ । राष्ट्रिय सभामा सांसदको पदावधि सोमबार फैसला भएको छ । संघिय संसदको ल्होत्से भवनमा सोमबार भएको गोलाप्रथाबाट राष्ट्रिय सभाको ...

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

Monday, 18 June 2018

हरी लामिछाने काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका ...

अवतरणको क्रममा चिप्लिएर घाँसे मैदानमा छिर्यो यति एयरको विमान

Sunday, 17 June 2018

काठमाडौँ । यति एयरको विमान दुर्घटना हुनबाट बँचेको छ । काठमाडौँ बाट उडेको विमान अवतरणको क्रममा रनवे बाट चिप्लिएर घाँसे ...

नेपालमा चिनिया परियोजनालाई कार्यन्वयन गर्न सहजिकरण गर्ने मन्त्रीपरिषदको निर्णय

Sunday, 17 June 2018

काठमाडौँ । मन्त्रिपरिषदले नेपालमा भित्रिने चिनियाँ योजना र विकासका कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी सहजिकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

नेकपाको पहिलो स्थायी कमिटी वैठक शनिबार प्रधानमन्त्री कार्यलय वालुवाटारमा बस्ने

Friday, 15 June 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटी वैठक शनिबार बस्ने निर्णय भएको छ । नेकपाका अध्यक्षद्धवय केपी शर्मा ओली ...

टुक्रे र खुद्रे कामको लागी हामीलाई युएनडिपिको सहयोगको आवश्यक छैनः नेता दिनानाथ शर्मा

Thursday, 14 June 2018

  काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको ...

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

Thursday, 14 June 2018

  काठमाडौं । धादिङको साविकको खहरे गाविस अचनेटारबाट काठमाडौं आई ट्रेकिङ व्यावसायमा हात हालेका राम प्रसाद सापकोटाको अस्वभाविक आर्थिक प्रगति ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top