sangrila Bank

मातृका यादव भन्छन्,‘जो भ्रष्टाचारमा लिप्त छ उ त्रसित छ तर, म कसैलाई छाड्दिनँ’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले भ्रष्टाचारी कर्मचारीलाई तह लगाउने बताएका छन् ।

नवनियुक्त मन्त्री यादवलाई बधाई दिन पुगेका नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटका क्रममा उनले यस्तो बताएका हुन् ।
‘जो भ्रष्टाचारमा लिप्त थियो उसलाई अझै बढी त्रसित बनाउने हो । भ्रष्टाचारीलाई कारबाही गर्नमा वाम गठबन्धनका दुई शिर्ष नेताको प्रतिबद्धता पनि आइसकेको छ यसले झनै सजिलो हुन्छ ,’ उनले भने ।

उद्योगधन्दाको विकास विना समृद्धिको कल्पना केवल कोरा कल्पना मात्र हुने हुँदा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि असल औद्योगिक सुसम्बन्धको आवश्यकता सरकार, उद्यमी र श्रमिक बीच रहनु पर्ने आवश्यकतामा उनले जोड दिए ।

मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको हीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गरिनेमा आफू दृढ संकल्पित रहेको बताउँदै यादवले आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने बताए । साथै उद्यमीले मजदूरसँगको सुसम्बन्ध राम्रो राख्दै सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न सदा तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको र त्यस्तो सहयोग, सहकार्यको अपेक्षा सरकारले गरेको बताए ।

सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई बधाई तथा शुभकामना दिदै नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्त शर्माले कार्यकालको पूर्ण सफलताको कामना गरे । औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको र सरकार यो प्रक्रियामा चालक भएर निजी क्षेत्र त्यसको प्रभावकारी इञ्जिन हुन तयार रहेको बताए ।

छिमेकी मुलुकले यस उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्ने र नवनियुक्त मन्त्रीको कार्यकालमा आधारभूत भिन्नता भइ औद्योगिकीकरणले तीव्रता पाउने वाणिज्य क्षेत्रमा द्विपक्षीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय व्यापार विस्तार भइ निकासी प्रवद्र्धन भइ व्यापार घाटा उल्लेखनीय रुपमा घट्न जाने र आपूर्ति व्यवस्थापनमा समेत सरल, सहज र नियमित आपूर्ति व्यवस्थापन भइ उपभोक्ताको अधिकतम् हीत हुनेमा निजी क्षेत्र विश्वस्त रहेको र यस कार्यमा परिसंघ संघीय निकाय लगायत सम्बन्धित निकायसँग सहकार्य गर्न तत्पर रहेको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धनकुटामा बसको ब्रेकफेल भई १५० मीटर तल खस्दा ३४ जना घाईते !

Tuesday, 19 June 2018

धनकुटा– धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ ...

बेईजिङ पुगे प्रधानमन्त्री ओली

Tuesday, 19 June 2018

हरि लामिछाने बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ...

भेरी करिडोर : नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय नाका

Tuesday, 19 June 2018

हेमन्त केसी जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने ...

महिलालाई तेजाब हान्ने प्रहरी नायब निरिक्षक धरौटीमा रिहा !

Tuesday, 19 June 2018

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत ...

उपेन्द्र देवकोटाको निधनप्रति विप्लव नेतृत्वको नेकपाद्धारा समवेदना प्रकट (विज्ञप्तिसहित)

Tuesday, 19 June 2018

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति समवेदना प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित ...

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ, देउवाले नेतृत्व सम्हाल्न सकेनन :कांग्रेस नेतृ कोईराला

Monday, 18 June 2018

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाले कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन । उनले महासमिति बैठकमा ...

कोस्टा रिकामाथि एक गोल गर्दै सर्भिया समुह चरणको पहिलो खेलमा विजयी

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटवल अन्तर्गत समुह ई को पहिलो खेलमा सर्विया विजयी भएको छ । रसियास्थित सेरोना रंगशालमा भएको खेलमा ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

प्रधानमन्त्रीको चिन भ्रमण उपलव्धिमुलक हुन्छ, पारवाहन र यातायात सम्झौतामा हस्ताक्षर हुन सक्छ : नेता रावल

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top