sangrila Bank

आजै राष्ट्रपति निर्वाचनको मनोनयन दर्ता हुने, विद्या भण्डारी फेरी राष्ट्रपति बन्ने निश्चित !

काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले राष्ट्रपति चुनावमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा करिव आठ घन्टा लगातार बसेको बैठकले पार्टीका पूर्व उपाध्यक्षसमेत रहनुभएका भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनेदेखि नेकपा (माओवादी केन्द्र) सँगको गठबन्धनमा रहेको संघीय संसद्को ठूलो दल एमालेले बनाउने उम्मेदवारले सहज विजय हासिल गर्ने देखिन्छ। उपराष्ट्रपतिमा केन्द्रले उम्मेदवार तोक्नेछ।

बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष वामदेव गौतमले स्थायी कमिटीले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय गरेको पत्रकारहरुलाई जानकारी दिए।

बैठकअघि पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाललगायतसँग परामर्श गरेका थिए। बरिष्ठ नेता खनाल पनि राष्ट्रपतिका लागि चर्चामा  थिए।

एमालेभित्र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई पुनः उम्मेदवार बनाउने वा नयाँ उम्मेदवारी दिने भन्नेमा बहश चले पनि अन्ततः भण्डारीका पक्षमा निर्णय भएको छ। यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार बुधबार ३ बजेसम्म मनोनयन दर्ता गर्नुपर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

फेसबुकमा यस्तो अपत्तिजनक शब्द बोलेपछि पूर्व डिएसपी विरुद्ध बुहारीको उजुरी !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ । ...

नेपाली दुताबासबाटै मानव तस्करी : यस्तो छ ठग्ने प्रपञ्च !

Sunday, 23 September 2018

यूएई, असोज ७ । ठूलो खर्च गराएर नक्कली कागजातका आधारमा यूएई ल्याउने धन्दामा नेपाली दूतावाससमेत सामेल भएको पाइएको छ। अन्नपूर्ण ...

बदनामी पप्पुलाई फेरि २ अर्बको नयाँ ठेक्का !

Sunday, 23 September 2018

काठमाडौं, असोज ७ । दर्जनौँ पुल र सडक अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनले फेरि २ अर्ब रुपैयाँ भन्दा बढीको ठेक्का पाएको ...

ओली सरकारको ‘अर्को उपहार’ : दशैंको मुखमा १० प्रतिशत सार्वजनिक गाडी भाडा बृद्धि !

Saturday, 22 September 2018

काठमाडौं, ६ असोज। सरकारले सार्वजनिक यातायातको भाडा बृद्धि गरेको छ । दशैंको अग्रिम टिकट बुकिङ नै नखोलेपछि सरकार १० प्रतिशत ...

मिर्गौलापीडित बालिकालाई आर्थिक सहयोग

Saturday, 22 September 2018

खोटाङ, ६ असोज ,खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी मिर्गौलापीडित ९ वर्षीया सुस्मिता विश्वकर्मालाई रु २२ हजार ५०० आर्थिक सहयोग ...

किसानको आकर्षण खुमल–४ धानप्रति, यसमा छन् यस्ता विशेषता

Saturday, 22 September 2018

ललितपुर, ६ असोज । नेपालमा सबैभन्दा बढी किसानले लगाउने खुमल–४ जातका धानको बीउमा विभिन्न किसिमका समस्या देखिए पनि किसानको आकर्षण ...

श्रीमानकाे कुटाइबाट श्रीमतीको मृत्यु

Saturday, 22 September 2018

बागलुङ, असोज ६ । सामान्य विवादकाक्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ...

दसैं टीकाको उत्तमसाइत कात्तिक २ गते बिहान ९ बजेर ५१ मिनेटमा

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ । यस वर्ष असोज ...

१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’

Saturday, 22 September 2018

प्रकाश सिलवाल  काठमाडौं, असोज ६ । ‘बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं’ वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top