sangrila Bank

जावलाखेलमा डाक्टर र प्रत्यारोपण गरेका व्यक्तिबीच फूटबल खेल हुने ! ब्याडमिन्टन प्रतियोगिता शुरु

काठमाडौं । राजधानीमा अंग प्रत्यारोपण गरेका नागरिकलाई हौसला प्रदान गर्न खेलकुद कार्यक्रम आयोजना भएको छ ।

बुधबारदेखि राजधानीको बालाजु स्थित ‘बालाजु डो–प्रतिष्ठानमा शुरु भएको ‘ ९ औँ नेपाल राष्ट्रिय प्रत्यारोपण खेलकुद प्रतियोगीतामा’ अधिकांश प्रत्यारोपण गरेका व्यक्तिहरु सहभागी छन् ।

विहिबार प्रतिष्ठानको हलमा ‘ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ ।

कार्यक्रम संयोजक अन्तर्राष्ट्रिय कराते प्रशिक्षक ध्रुव विक्रम मल्लका अनुसार विहीबार लगनखेल स्थित नेपाली सेनाको खुलकुद मैदानमा अन्य विधाको खेल प्रतियोगिता हुने छ ।

‘यो प्रतियोगिता जनचेतना अभियान अन्तर्गत गरेका हौं । एक पटक अंग प्रत्यारोपण गरपछि पनि सरल मान्छेले जस्तै सक्रिय हुनसक्छन् भन्ने हौसला प्रदान गर्न हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने,‘मृगौला लगायत अंग प्रत्यारोपाण गर्नु सामान्य हो । र यो गरेपछि खेलकुद लगायत गतिविधिमा सक्रिय हुनसक्छौँ भन्ने अभियान हामीले थालेका छौँ ।’

मल्लका अनुसार अन्य काममा समेत अंग प्रत्यारोपण गरेका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा अधिकांश मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले भाग लिएका छन् ।

यो प्रतियोगिता पोखरा धरान, बुटवल लगायत ठूला शहरमा समेत भइसकेको छ ।

बुधबार शुरु भएको ‘ब्याटमिन्टन’ प्रतियोगितामा महिला / पुरुष ४० बर्ष मुनि र ४० बर्ष माथि (भेटान) सिंगल ब्याटमिन्टन’

 छुट्टा छुट्टै प्रतिष्पर्धा भइरहेको छ ।

विहीबार फेरी लगनखेल सैनिक मैदानमा सय मिटरदेखि ४ सय मिटरसम्मको दौड प्रतियोगिता र फूटबल खेल हुने छ । फूटबल खेलमा भने डाक्टरको समुह र प्रत्यारोपण गरेका व्यक्तिबीच खेल हुनेछ । मल्लका अनुसार विहीबार नै विजयी खेलाडीलाई पुरस्कार वितरण गरिनेछ ।

‘प्रत्यारोपण गरेका अधिकांश व्यक्ति कुनै कुनै काममा हुन्छन् । तर, उनीहरुलाई भेट गराउने र खेलकुदमा सक्रिय बनाउने यो माध्यम हो,’ उनले भने,‘मैले मृगौला ट्रान्सप्लान गरेको १९ वर्ष भयो । मेरो क्रियाकलाप देखेर उहाँहरु सबै खुसी हुनुहुन्छ । हामीलाई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी अधिकृत डा. पुकारचन्द्र श्रेष्ठ र गायीका अनिछोइङ डोल्माले हौसला प्रदान गर्नु भयो ।’

प्रतियोगिताका लागि आरोग्य प्रतिष्ठान र मानव अंग प्रत्यारोपण केन्द्रले प्रायोजन गरेको हो । गायीका डोल्मा आरोग्य प्रतिष्ठानकी अध्यक्ष हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

डा. देवकोटाको पार्थिव शरिर अन्त्येष्टिको लागी आर्यघाट लगियो !

Tuesday, 19 June 2018

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिर अन्त्यष्टिका लागी आर्यघाट लगिएको छ । सोमबार राति निधन भएका ...

ओली चिन रहुन्जेल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई, कार्यवाहक अध्यक्षमा माधव नेपाल!

Tuesday, 19 June 2018

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली चिन भ्रमणमा निस्कनुअघि विभिन्न तिन निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी ...

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन (आधिकारिक विज्ञप्तिसहित)

Monday, 18 June 2018

काठमाडौं । अन्तत ः वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अस्पताल स्रोतका अनुसार ५ बजेर ...

किसानलाई ठग्ने चिनी मिल र क्रसर उद्योगीलाई पक्राउ गर्ने गृहमन्त्रीको तयारी

Monday, 18 June 2018

  काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको ...

जनता र राज्यलाई ठगि गर्ने ईट्टाभट्टा सञ्चालक विरुद्ध धादिङका सिडिओ र एसपी एक्सनमा उत्रिए !

Monday, 18 June 2018

धादिङ । धादिङमा सञ्चालित ईट्टा भट्टाहरुले राजश्व छलिरहेको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले छानबिन गर्ने ...

हिजो राणा र पञ्चायतसंग नडराएको कांग्रेस ओलीसंग डराउदैन ! हामी टुलुटुलु हेरेर बस्दैनौँ : कांग्रेस नेता खड्का

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग ...

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

Sunday, 17 June 2018

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले ...

प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने !

Saturday, 16 June 2018

काठमाडौं । दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ...

नक्कली बिल बनाएर जनतालाई ठगि गर्न इट्टा भट्टा संघका अध्यक्षकै निर्देशन !

Saturday, 16 June 2018

काठमाडौं । धादिङका अधिकांश ईट्टा भट्टाहरुले सर्वसाधरण तथा भूकम्पपीडितलाई ठगी गर्न दुई बिलिङ गरेको समाचार दियोपोस्टमा यसअघि प्रकाशित भएको थियो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top