sangrila Bank

सुनसरीमा भिषण आगलागी, ६३ वटा घर जलेर नष्ट !

 

 

४ चैत, इटहरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ इक्राही बस्तीमा शनिबार राति भीषण आगलागी हुँदा कम्तीमा रु ६० लाख बढीको क्षति भएको छ ।

आगलागीमा कम्तीमा बस्तीमा रहेका ६२ परिवारको झण्डै ८२ वटा कर्कटपाता र फुसका घर जलेर नष्ट भएको वडाध्यक्ष केदार विष्टले प्रारम्भिक जानकारी दिए । क्षतिको यकिन विवरण आउन अझै समय लाग्ने पनि उनको भनाइ छ ।

 

आगलागीमा बस्ती नै सखाप भएको तथा केही बालबालिका पनि सामान्य घाइते भएका छन् भने दुईवटा चौपाया जलेर मरेका छन् ।

आगो कसरी लाग्यो भन्ने खुलेको छैन ।

 

बराहक्षेत्र नगरपालिकाका प्रमुख लिलम खनालले निकै ठूलो विपद् परेकाले नगरपालिकाले तत्काल आपत्कालीन राहतका विषयमा अहिले बिहानै स्थलगत अवलोकन गर्ने कार्य भइरहेको तथा आपतकालीन सहयोग उपलब्ध गराउन नगरपालिकाले तयारी गरिरहेको जानकारी दिए ।

बस्ती नै सखाप हुने गरी भएको आगोलाई इटहरी, धरान, इनरुवा र राजविराजबाट आएका चार बारुणयन्त्र तथा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी एवं स्थानीयवासीको सक्रियतामा राति १ बजेतिर आगोलाई पूर्ण नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

आगलागीमा परेर स्थानीयवासी सबैको घरमा भएका खाद्यान्न, लत्ताकपडा, बहुमूल्य सुनचाँदी, भाडावर्तनलगायत सबै नै खरानी भएकाले उनीहरुका लागि आपतकालीन सबै प्रकारका राहतको आवश्यकता रहेको पनि प्रनाउ चिमौरियाले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यसरी हुन्छ मेडिकल शिक्षामा ‘दलाली’ : किस्ट मेडिकल कलेजमा पैसाको बार्गेनिङ (गोप्य भिडियो हेर्नुहोस्)

Monday, 16 July 2018

शिक्षण अस्पताल महाराजगन्जका हाड जोर्नी विशेषज्ञ डा. गोविन्द के.सी. १५ औँ पटक अनसनमा बसिरहेका छन् । यसपटक उनी मुलुककै दुर्गम ...

३३ किलो सुन प्रकरणः गोरेका भाई रमेश यूएईबाट पक्राउ

Sunday, 15 July 2018

काठमाडौँ । ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेती गोरेका भाई रमेश उप्रेती पक्राउ परेका छन । सुन ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

‘मून्द्रे’ कर्मचारीको ‘कर्तूत’ लुकाउन सुनापती गाउँपालिका अध्यक्षले निकाले यस्तो विज्ञप्ती !

Saturday, 14 July 2018

दियोपोष्ट संवाददाता रामेछाप । सुनापति गाउँपालिकाभित्र कर्मचारीको मिलेमतोमा भएको अनियमितताको ढाकछोप गर्न जनप्रतिनिधिहरु अघि सरेका छन् । गाउँपालिकाभित्र भएको विकास ...

होटल मजदुरको अधिकारमाथि ‘लात हान्दै’ नेताले गरे पैसा भागबण्डा गर्ने सम्झौता, अधिकार माग्न नपाइने !

Thursday, 12 July 2018

काठमाडौं । होटल तथा क्यासिनोमा कार्यरत मजदुरहरुले आगामी दिनमा आफ्नो अधिकार माग गरेर आवाज समेत उठाउन नपाउने भएका छन् । ...

नवलपरासीमा सुनवलमा बस दुर्घटना, एकको मृत्यु २० घाईते !

Thursday, 12 July 2018

काठमाडौँ । नवलपरासीको भूमहीमा यात्रुवाहक बस दुर्घटना भएको छ । नारायणघाटबाट नेपालगञ्ज हिडेको ना ६ ख ९४३८ नम्बरको बस अनियन्त्रित ...

अहिलेसम्म नेपालका २६ गैँडा उपहारस्वरुप विदेश पुगे, कुन देशलाई के दिईयो ?

Thursday, 12 July 2018

रत्ननगर– नेपालले लिने मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्ट पार्छ ...

रातभरिको वर्षाले भक्तपुर डुवानमा: उद्धारकार्यमा नेपाली सेनाद्धारा डुङगा, क्रेन र हेलिकप्टरको प्रयोग !

Thursday, 12 July 2018

काठमाडौँ । मंगलबार रातिको वर्षाले काठमाडौँ उपत्यकालाई अत्याधिक प्रभाव पारेको छ । उपत्यकाको भक्तपुर त डुवानमै परेको छ । भक्तपुरको ...

८८ प्रतिशत खानेपानीमा दिसा !

Thursday, 12 July 2018

भक्तपुर -  भक्तपुरवासीले प्रयोग गर्दै आएका ८८ प्रतिशत खानेपानीमा दिसामा पाइने कोलिफर्म पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले बुधबार यहाँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top