Telecome

१० वर्षका बालीकाले खेले टेनिस

काठमाडौं । नौलिन स्पोट्र्स भिल्ला र हेम्स टेनिस एकेडेमीले संयुक्त रुपमा सञ्चालन गरेको लन टेनिस क्लोज क्याम्प शनिबार सम्पन्न भएको छ । नौलिन स्पोट्र्स भिल्लाको बुढानीलकण्ठ नगरपालिका ८ भंगाल सुन्दरबस्तीस्थित टेनिसकोर्टमा दस दिने क्लोज क्याम्प सञ्चालन भएको थियो ।

१८ जना विद्यार्थीहरु संलग्न रहेको क्लोज क्याम्पमा प्रशिक्षकहरु श्यामसुन्दर जिसी र श्रवण कार्कीले प्रशिक्षण दिएका थिए । विद्यालयको पुरानो शैक्षिक सत्र सम्पन्न भएर नयाँ शुरु हुनुअघि सो क्लोज क्याम्पका आयोजना गरिएको थियो । माल्दिभ्स र भारतमा टेनिस प्रशिक्षण गराउँदै आएका नेपाली कोचहरु अमित विष्ट र किरण थापाले पनि प्रशिक्षार्थीहरुलाई पनि प्रशिक्षण दिएका थिए ।

हेम्सका प्रशिक्षक कार्कीले अन्य समयमा विद्यार्थीहरुले बढी पढाइमा ध्यान दिनुपर्ने भएकाले उनीहरु खाली समयलाई विचार गरेर प्रशिक्षणको व्यवस्था मिलाएको बताए ।
कार्कीले भने, क्लोज क्याम्प अवधीभर दैनिक रुपमा ४ घण्टासम्म सिकाउने गरिएको छ । त्यसले उनीहरुलाई आफ्नो प्रतिभा तिर्खान सहयोग पुग्ने छ । यस कुनै न कुनै प्रतियोगिता खेलिसकेका विद्यार्थीहरुलाई प्रशिक्षण सहभागी भएका थिए ।

क्लोज क्याम्पमा दश वर्षदेखि १८ वर्ष उमेरका विद्यार्थीहरु सहभागि रहेको थियो ।
नौलिनका प्रशिक्षक श्यामसुन्दर जिसीले दुवै एकेडेमीमा रहेका विद्यार्थीहरुलाई घुलमिल गराएर तालिम दिनका लागि क्लोज क्याम्पको आयोजना गरिएको बताए ।

जिसीले भने, विद्यार्थीहरुलाई मिक्सअप गराउन र प्रशिक्षकहरुबीच सौहार्द्रपूर्ण सम्बन्ध बनाउनका लागि क्लोज क्याम्पका आयोजना गरिएको हो ।
गत वर्ष स्थापना भएको नौलिन स्पोट्र्स भिल्लाले दैनिक रुपमा आफ्टर स्कुल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भिल्लामा प्याराफिटसहितको तीन वटा अन्तर्राष्टिय स्तरको क्ले टेनिस कोर्ट रहेको छ । भिल्ला दस रोपनीमा जग्गामा फैलिएको छ । डेढ करोड रुपैया खर्च गरेर टेनिस कोर्ट स्थापना गरेको हो ।

भिल्लाका निर्देशक किशोर थापाले सबै उमेर तथा क्षेत्रका मानिसलाई टेनिस खेलमा अभिरुची जगाउनको भिल्लाले विभिन्न कार्यक्रमहरु ऋायोजना गरिरहेका बताए ।

थापाले भने, विद्यार्थीहरुलाई आफ्टर स्कुल चार बजेपछि र बयस्कहरुलाई बिहानको समयमा प्रशिक्षण चलाउँदै आएको छौं । गृहणीहरुलाई दिउँसो प्रशिक्षण चलाउने व्यवस्था चाँडै हुँदैछ ।

भिल्ला परिसरमा आयोजित समापन कार्यक्रममा नेपालमा टेनिस खेलका शुरुवात गर्ने हेम लामाले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

Tuesday, 8 May 2018

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा ...

च्याम्पियन्स लिग ः उपाधिका लागी लिभरपुलले रियलको सामना गर्ने

Thursday, 3 May 2018

काठमाडौा । च्याम्पियन्स लिग उपाधिको लागी लिभरपुलले रियल मड्रिडको सामना गर्नुपर्ने भएको छ । लिभरपुल र रोमाबिच भएको पछिल्लो खेलमा ...

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

Thursday, 15 February 2018

काठमाडौँ, ३ फागुन । प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा ...

पुरुष भलिबल प्रतियोगिताको उपाधि सेनालाई

Wednesday, 14 February 2018

दार्चुला, २ फागुन । महाशिवरात्रि पर्वको अवसरमा सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि दार्चुलास्थित नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको ...

आईसिसी विश्व क्रिकेट लिग : क्यानडाद्धारा नेपालसामु १९५ रनको लक्ष्य प्रस्तुत

Wednesday, 14 February 2018

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको ...

डिभिजन–२ क्रिकेटः ओमनसंग नेपालको लज्जास्पद हार

Friday, 9 February 2018

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित ...

आहा रारा गोल्डकप : आर्मीलाइ हराउदै धरान सेमीफाइनलमा

Sunday, 28 January 2018

पोखरा, १४ माघ । पोखरा रंगशालामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा ट्राइबेकरमा नेपाल आर्मी क्लबलाई हराउँदै धरान ...

मैत्रिपुर्ण भलिबल खेलमा नेपाल विजयी, ३-२ सेटले हङकङ पराजित

Sunday, 28 January 2018

काठमाडौँ, १४ माघ । नेपाली राष्ट्रिय भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा हङकङलाई ३–२ को सेटमा पराजित गरेको छ । हङकङको ...

सन्दिपले आइपिएल खेल्ने, दिल्ली डेयरडेभिल्सद्धारा २० लाख भारुमा अनुवन्धित

Sunday, 28 January 2018

काठमाडौँ । नेपाली क्रिकेट टोलीका टप स्पिन बलर सन्दिप लामिछानेले भारतको महङगो क्रिकेट टुरनामेन्ट आइपिएल खेल्ने भएका छन । उनलाइ ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top