Telecome

सिरियामा शान्ति स्थापनाको लागी संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, २१ वैशाख । विगत सात वर्षदेखि द्वन्द्व जारी रहेको सिरियाको समस्या शान्तिपूर्णरुपमा समाधानको लागि संयुक्त राष्ट्रसंघका लागि चिनियाँ विशेषदूतले बिहीबार आग्रह गरेका छन् ।

द्वन्द्वका कारण अस्तव्यस्त रहेको यस देशको समस्या शान्तिपूर्णरुपमा समाधानका लागि सिरियाली शासकसँगको सहभागितामा वार्ता नै हुनुपर्ने विशेषदूत मा जाओसुले बताए ।

उनले केही हप्तामात्र अघि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सिरियालाई राजनीतिक प्रक्रियामा लैजानको लागि सबै पार्टीलाई आग्रह पनि गरेका थिए ।

हाल सिरियाको राजधानी दमासकसलगायत पूर्वी गुटा क्षेत्रमा सुरक्षास्थिति अत्यन्त नाजुक रहेकोतर्फ सबैको ध्यान पुग्नुपर्नेमा पनि उनले जोड दिएको समाचारमा जनाइएको छ ।

उक्त क्षेत्रमा रुस र सिरियाले संयुक्तरुपमा गरेको हवाई कारबाहीको कारण नागरिक हताहत बढेको छ । केही समय रोकिएको उक्त क्षेत्रको आक्रमण अहिले पनि पुनः सुरु भएको जनाइएको छ ।

सिरियामा सन् २०११ बाट सुरु भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएपछि आतङ्ककारी समूह अल कायदा र इस्लामिक स्टेट्सको पनि घुसपैठ हुन थालेको बताइन्छ ।

जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ५० हजारभन्दा बढी व्यक्ति मारिएका छन् भने लाखौँ सिरियाली घाइते भएका छन् ।

त्यसैगरी सिरियाबाट ठूलो संख्याका नागरिक विस्थापित भएर शरणार्थीका रुपमा बाहिरिएका छन् । अहिले पनि त्यहाँ हिंसा जारी नै रहेकोले हिंसाको अन्त्यका लागि शान्तिपूर्ण मार्ग अवलम्बन गर्न सबैको आग्रह रहेको छ ।

तर पनि सिरियामा शान्तिका लागि संयुक्त राष्ट्रसंघले कैयौँ पटकसम्म वार्ताको आह्वान गरेको भए पनि त्यो सम्भव हुन सकिरहेको छैन ।
रासस/सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यसकारण स्थगित भयो ट्रम्प र किम बिचको शिखर वार्ता (पत्रसहित)

Friday, 25 May 2018

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फीरुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली ...

ट्रम्प र उनबिच सिंगापुरमा हुने भनिएको वार्ता अमेरिकाद्धारा स्थगित, उत्तर कोरिया निराश

Friday, 25 May 2018

प्योङयाङ, जेठ ११ । उत्तर कोरियाले आफ्ना नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी जुन १२ मा ...

अफगान सैनिकको सुरक्षा कारवाहीमा ६ जना आतंककारीको मृत्यु

Wednesday, 23 May 2018

कुन्दुज,९ जेठ । अफगानिस्तानको उत्तरी प्रान्त क्रुन्दुजमा अफगान सेनाले गरेको हवाई कारबाहीमा परी छ जना आतङ्ककारी मारिएका छन् । तालिबान ...

अत्याधिक गर्मीको कारण पाकिस्तानमा ६५ जनाको मृत्यु

Tuesday, 22 May 2018

इस्लामाबाद, ८ जेठ । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा तातो हावाको कारण गएको तीन दिनयता कम्तीमा पनि ६५ व्यक्तिको मृत्यु ...

केन्याको नाकुर प्रान्तमा वाँध फुट्दा ४४ जनाको मृत्यु

Friday, 11 May 2018

केन्या, २८ वैशाख । केन्याको नाकुरु प्रान्तमा रहेको एउटा बाँध भत्किँदा कम्तीमा ४४ नागरिकको मृत्यु भएको छ । यसअघि बिहीबार ...

हावाहुरी बाट उत्तरी भारतमा ७७ जनाको मृत्यु

Thursday, 3 May 2018

नयाँ दिल्ली, २० वैशाख । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ ...

उत्तर र दक्षिण कोरियाको मिलापले विश्वमा युद्धको त्रासबाट मुक्ति मिलेको छ ः परराष्ट्र मन्त्री

Thursday, 3 May 2018

काठमाडौं, २० वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उत्तर कोरिया र दक्षिण कोरियाको युद्धको त्रासबाट विश्वमा मुक्ति मिलेको बताएका छन् । ...

सिरियामा अमेरिकी नेतृत्वको सैन्य हमला, २५ जनाभन्दा बढिको मृत्यु

Wednesday, 2 May 2018

दमासकस, १९ वैशाख । अमेरिकी नेतृत्वको हवाई सेनाले सिरियाको उत्तरतर्फ पर्ने हासाकह सहरमा मङ्गलबार गरेको आक्रमणमा परी कम्तीमा २५ जना ...

काबुलमा आत्मघाति बम हमला, मृत्यु हुनेको संख्या २३ पुग्यो

Monday, 30 April 2018

काबुल, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा पर्ने एक नगरमा सोमबार बिहान भएको बम विस्फोटमा परी ज्यान जानेको ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top