Telecome

केन्द्रीय मन्त्री पासवान भन्छन्,‘दलितको घरमा एक रात बसेर खाना खाएर छुवाछूत हट्नेवाला छैन’

मुम्बई । भारतीय राजनीतिक दलका नेताहरु दलितका घरमा खाना खाएर चर्चा बटुलिरहेका छन् । तर, केन्द्रीय मन्त्री राम विलाश पासवानले भने शनिबार उक्त विषयमाथि खरो टिप्पणी गरे । उनले दलित समुदायले राजनीतिक दलका नेताहरुको यसरी दलितको घरमा खाना खाने र कृपा बटुल्ने कामबारे सचेत हुनुपर्ने बताए । राजनीतिक दलका नेताहरुबाट यसरी देखाइने कृपाबाट दलित समुदाय बच्नु पर्ने उनको तर्क छ । उनले दलितको घरमा नेताहरुले खाना खाएर छुवाछूत अन्त्य नहुने समेत बताए ।

पाशवानले भनेका छन्,‘प्रधानमन्त्री नरेन्द्र मनशाय सही हुनसक्छ जबकी अप्रिय घटनको रिपोर्टमा उनको काममा भने प्रश्न चिन्ह उठ्नेछ ।
उनले भने,‘तपाईं कसैको घरमा भोज गर्न सक्नुहुन्छ । तर, त्यो बाहनामा उनीहरुमाथि कृपा बसाउन सक्नु हुन्न जसरी भगवान रामले आफ्नो सेविका शबरीको घरमा भोजन गरेका थिए ।

यो गलत हो । हामी निकै लामो समयदेखि राजनीतिमा छौँ । हामीले कयौँ मानिसको घरमा खाना खाएका छौँ । तर, कसैको जाती के हो भनेर बुझिएको छैन । उनीहरुमाथि दया देखाउनु गलत हो र यो पनि गलत हो की दलितको घरमा खाना खाएर छुवाछूत अन्त्य हुन्छ ।’

उपभोक्ता मामला खाद्य तथा वितरण मन्त्री पासवानलाई प्रश्न थियो,‘भाजपाका नेताहरु दलितको घरमा भोजन गरिरहेका छन् के यो केवल प्रतिकवाद हो ?’
पासवानले भने,‘यसको साथै मूल समस्यको हल गर्ने कोशिस हुनुपर्छ । जस्तो शिक्षाको कमी, अत्याचार निवारण र उनीहरुको विकासमा काम हुनुपर्छ ।’
लोक जनशक्ति पार्टी लोजपाका प्रमुखले दलित, आदिवासी र अल्पसंख्यक समाज एक अहम वर्ग हुन् ।

पछिल्लो दिन भाजपा सांसद उदित राजले पनि दलितको घरमा भोजन कार्यक्रमको आलोचना गरेका थिए । उनले भनेका थिए,‘यसले भाजपालाई केही लाभ हुनेछैन ।’

भाजपा सांसदले भनेका थिए,‘दलितको घरमा रात बिताएर, भोजन गरेर दलित परिवार सशक्त हुँदैनन् । यो भन्दा बढी नेताहरुले दलितका लागि खाना, कपडा र घरको व्यबवस्था गरिदियोस् ।’

उनले भनेका थिए,‘यो मेरो सामाजिक विचार हो । मेरो निजी राय पनि हुनसक्छ । पार्टीको आधिकारीक भनाई होइन । पुरै देश र सम्पूर्ण समाजले यसको बारेमा सोच्नुपर्छ । अब सिर्फ खाना खाएर केही हुनेवाला छैन । यसले दलितलाई हिन महशुस गराउँछ ।’

उदित अघि भन्छन्,‘रातमा दलितको घरमा बसेर भोजन गरेको देखाउनु भन्दा बेहत्तर दलितहरुका लागि रोटी, घर, रोजगार, उपचार लिएर आउनुस् । नत्र यसले भाजपालाई केही फाइदा हुनेवाला छैन ।’
द वायर हिन्दीबाट अनुवादित

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चक्रपथमा अब मोनोरेल चल्ने, सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता

Friday, 25 May 2018

काठमाडौँ । काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्यन गरिने भएको छ । मोनोरेलको सम्भाव्यता अध्ययन चिनिया कम्पनीले गर्ने भएको हो । ...

प्रहरी कार्यलयको क्यान्टिनमा हवलदारको श्रीमतिको शव

Friday, 25 May 2018

बर्दिया, ११ जेठ । राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ...

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन जेठ १२ र १३ मा हुने

Thursday, 24 May 2018

काठमाडौं, १० जेठ । काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी ...

सिन्धुपाल्चोकको याम्बालिङ् खोलामा चाईनिज कम्पनीले ७.२७ मेघावटको विद्युत उत्पादन गर्ने

Wednesday, 23 May 2018

काठमाडौं, ०९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनि जोङदिङ ईन्टरनेसनल ...

अर्थनीति धेरै महत्वकाङक्षी मात्र भए त्यसलाई पुर्णता दिने आधार खोई ! : पुर्वअर्थमन्त्री महत

Tuesday, 22 May 2018

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका ...

ज्यानको खतरा भएपछि आत्मसमर्पण गर्न चहान्थे ‘गोरे’, यस्तो पत्र लेखेका थिए (पत्रसहित)

Tuesday, 22 May 2018

काठमाडौं । ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका चुणामणि उप्रेती ‘गोरे’लाई गृहमन्त्रालय अन्तर्गतको छानबीन ...

सरकारी कार्यालयमा मात्रिका यादवको ‘सिभिल जासुस’ : रेश्लिङ हेर्नेदेखि फेसबुक चलाउने समेत !

Friday, 18 May 2018

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालय मातहतका निकायहरुको निगरानी गरिएको छ । यादवका स्वकिय सचिव सन्तोष ...

बालुवाटारमा सपथपछि ओलीले भनेका थिए,‘बेलुका भोज खान यतै आउनु !’

Friday, 18 May 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ बालुवाटारमा एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यलाई सपथ खुवाउनु अघि ...

धादिङवेशी–टारिवेशी सडक निर्माणमा ठेकेदारको चरम लापरबाही, सांसदले दिए चेतावनी (अडियोसहित)

Tuesday, 15 May 2018

  काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेशीबाट टारिबेशी जोड्ने सडकखण्ड निर्माण थालिएको १८ महिना वित्न लागिसक्यो तर, अपेक्षित प्रगति भने ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top