Telecome

यी हुन् आफैलाई गोली हान्न लगाउने धर्म गुरु आचार्य श्रीनिवास, पक्राउपछि यस्तो छ अवस्था !

काठमाडौं– केही महिनाअघि विराटनगरमा एक धर्मगुरुमाथि भएको गोली प्रहारको घटनाले नयाँ मोड लिएको मात्रै छैन दुनियालाई अचम्म बनाइदिएको छ । पूर्वराजाका निकट मानिने श्रीनिवास आचार्यले आफैलाई गोली हान्न लगाएको पाइएपछि उनको चौतर्फी आलोचना भएको छ । चर्चित धर्मगुरु श्रीनिवास आचार्यमाथि उनकै योजनामा गोली प्रहार भएको खुलेको हो । प्रहरीले उक्त घटनामा आचार्यकै मिलेमतो रहेको पाएपछि दिल्ली जानका लागि त्रिभूवन विमानस्थल आएका आचार्यलाई विमानस्थलबाटै पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गर्ने थाहा पाएपछि उनी दिल्ली भाग्ने योजना अन्तर्गत विमानस्थल पुगेका थिए । तर, बिराटनगर प्रहरीले उनलाई विमानस्थलबाटै पक्राउ गरेको छ ।

हिन्दु राष्ट्रको आन्दोलन उचाल्नका लागि केही गर्दा पनि उपाए नलागेपछि उनले स्वयंमलाई गोली हान्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनले माधव चौधरीलाई गोली हान्न लगाएका थिए भने पेस्तोल र गोली व्यवस्थापनका लागि लक्ष्मिराज अधिकारीलाई अह्राएका थिए ।
केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको समेत समलग्नतामा भएको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो । गोली प्रहारको घटनामा समलग्न २ जनालाई प्रहरीलेि तीन दिनअघि चितवनबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुले आफूहरुलाई धर्मगुरु श्रीनिवास आचार्यले गोली हान्न लगाएको बयान दिएका थिए ।

मोरङ प्रहरी प्रमुख अरुण कुमार विसीका अनुसार आचार्यलाई भोली जिल्ला अदालत मोरङमा म्याद थप गरी अनुसन्धान थालिने छ । ‘हामी सरकारी वकिलसँग समन्वय गरिरहेका छौँ । आजै म्याद थप गरी अनुसन्धान हुने समय छैन । भोली नै हामी जिल्ला अदालतमा पेश गछौँं,’ उनले दियोपोस्टसँग भने,‘उहाँलाई हिरासतमा राखिनेछ ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चक्रपथमा अब मोनोरेल चल्ने, सम्भाव्यता अध्ययन गर्न चिनियाँ कम्पनी र महानगरपालिका बिच सम्झौता

Friday, 25 May 2018

काठमाडौँ । काठमाडौँको चक्रपथमा मोनोरेलको सम्भाव्यता अध्यन गरिने भएको छ । मोनोरेलको सम्भाव्यता अध्ययन चिनिया कम्पनीले गर्ने भएको हो । ...

प्रहरी कार्यलयको क्यान्टिनमा हवलदारको श्रीमतिको शव

Friday, 25 May 2018

बर्दिया, ११ जेठ । राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ...

राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशन जेठ १२ र १३ मा हुने

Thursday, 24 May 2018

काठमाडौं, १० जेठ । काठमाडौंको भृकुटिमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी ...

सिन्धुपाल्चोकको याम्बालिङ् खोलामा चाईनिज कम्पनीले ७.२७ मेघावटको विद्युत उत्पादन गर्ने

Wednesday, 23 May 2018

काठमाडौं, ०९ जेठ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर स्थित याम्बालिङ् खोलामा ७.२७ मेघावाट विद्युत उत्पादनको लागि चाईनिज कम्पनि जोङदिङ ईन्टरनेसनल ...

अर्थनीति धेरै महत्वकाङक्षी मात्र भए त्यसलाई पुर्णता दिने आधार खोई ! : पुर्वअर्थमन्त्री महत

Tuesday, 22 May 2018

काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रममा एक वर्षका ...

ज्यानको खतरा भएपछि आत्मसमर्पण गर्न चहान्थे ‘गोरे’, यस्तो पत्र लेखेका थिए (पत्रसहित)

Tuesday, 22 May 2018

काठमाडौं । ३३ किलो सुन तस्करी र सानम शाक्य हत्या प्रकरणमा मुख्य अभियुक्त भनिएका चुणामणि उप्रेती ‘गोरे’लाई गृहमन्त्रालय अन्तर्गतको छानबीन ...

सरकारी कार्यालयमा मात्रिका यादवको ‘सिभिल जासुस’ : रेश्लिङ हेर्नेदेखि फेसबुक चलाउने समेत !

Friday, 18 May 2018

काठमाडौं । उद्योग तथा आपूर्ति मन्त्री मात्रिका यादवको निर्देशनमा मन्त्रालय मातहतका निकायहरुको निगरानी गरिएको छ । यादवका स्वकिय सचिव सन्तोष ...

बालुवाटारमा सपथपछि ओलीले भनेका थिए,‘बेलुका भोज खान यतै आउनु !’

Friday, 18 May 2018

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार साँझ बालुवाटारमा एकीकृत नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यलाई सपथ खुवाउनु अघि ...

धादिङवेशी–टारिवेशी सडक निर्माणमा ठेकेदारको चरम लापरबाही, सांसदले दिए चेतावनी (अडियोसहित)

Tuesday, 15 May 2018

  काठमाडौं । धादिङ जिल्ला सदरमुकाम धादिङबेशीबाट टारिबेशी जोड्ने सडकखण्ड निर्माण थालिएको १८ महिना वित्न लागिसक्यो तर, अपेक्षित प्रगति भने ...

vianet cover

लोकप्रिय

मनोरञ्जन

Top