sangrila Bank

१७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा भाग लिन नेपाली टोली जापान प्रस्थान

काठमाडौं । जापानको ओकिनावा शहरमा आगामी मे १० देखि १३ सम्म हुने १७ औँ एशियन जुनियर तथा यु–२१ कराते प्रतियोगितामा सहभागी हुनका लागि नेपाली टोली जापान प्रस्थान गरेको छ । मंगलबार चार नेपाली खेलाडी र एक प्रशिक्षक नेपालको प्रतिनिधित्व गर्दै त्यस तर्फ प्रस्थान गरेका हुन् ।

श्रीलंकाको राजधानी कोलम्बोमा ५ अगस्त २०१७ मा भएको चौथो साउथ एशियन साफ कराते च्याम्पियनशीपमा स्वर्ण पदक विजेता खेलाडीहरु उक्त प्रतियोगितामा भाग लिँदैछन् । बालाजु कराते डो–प्रतिष्ठानका खेलाडीहरु नविन रसाइली, राजिव पुडासैनी, एस्तर राई र विजय श्रेष्ठले उक्त प्रतियोगितामा खेल्नेछन् । प्रशिक्षकको रुपमा एशियन कराते महासंघका कोच तथा बालाजु कराते डो प्रतिष्ठानका नेपालका प्रमुख प्रशिक्षक ध्रुव विक्रम मल्लले सहभागी जनाउँनेछन् ।

प्रशिक्षक मल्लका अनुसार प्रतियोगितामा सहभागी हुने नविन रसाइली लगातार ३ पटक, राजिब २ पटक साफ करातोमा स्वर्ण पदक जित्ने खेलाडी हुन् ।
जापानमा भएको उक्त प्रतियोगिता १७ औँ संस्करण हो । अहिलेसम्म नेपालले कुनै पनि पदक जित्न सकेको छैन । नेपालका चर्चित प्रशिक्षक समेत रहेका मल्लका अनुसार उक्त प्रतियोगितामा पदक जित्न सके नेपाली करातेको नयाँ ईतिहास रचिनेछ ।

उक्त प्रतियोगिता युथ ओलम्पिकको छनौटका लागि बरियता प्राप्त गर्ने एशियाको एकमात्र च्याम्पियनसिप हो । जपान प्रस्थान गर्ने खेलाडीलाई मंगलबार एक कार्यक्रम गरी विदाई गरिएको छ । बालाजु करातो डो प्रतिष्ठानमा आयोजित विदाई कार्यक्रममा प्रशिक्षक मल्ल, पूर्व राखेप बोर्ड सदस्य रेशम लामा लगायतको सहभागीता रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

एसियन गेम्सः नेपाल जापानसँग खेल्दै

Tuesday, 14 August 2018

काठमाडौँ– इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्सअन्तर्गत पुरुष फुटबलमा नेपालले आज साँझ जापानसँग खेल्दैछ । नेपाल र जापानबीचको खेल इन्डोनेशियाको ...

भेट्रान कप फुटबल प्रतियोगिता आजदेखि शुरु

Monday, 13 August 2018

काठमाडौं, २८ साउन । चाबहिल स्पोर्ट्स क्लबको आयोजनामा खुला भेट्रान कप सिक्स ‘ए’ साइड फुटबल प्रतियोगिता आजदेखि शुरु हुँदैछ । ...

खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार

Thursday, 9 August 2018

-कुमार चौलागाई(रासस): काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न १५ वर्षे गुरुयोजना तयार गरेको छ । यो ...

नेपालको उपाधि जित्ने लक्ष्य, साउन २६ गते पाकिस्तानसँग भिड्दै

Wednesday, 8 August 2018

- मुना कार्की  भुटान । पन्ध्र वर्षमुनि उमेर समूह (यू १५) को महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य ...

नेपालले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै

Tuesday, 7 August 2018

काठमाडौँ– एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो ...

नेपाल टस जितेर ब्याटिङ गर्दै

Friday, 3 August 2018

काठमाडौं, साउन १८ । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्यान्ड्सस्थित भीआरए ...

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

Wednesday, 1 August 2018

काठमाडौँ । नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित ...

उपराष्ट्रपति कपः आर्मी विजयी

Sunday, 29 July 2018

काठमाडौँ– उपराष्ट्रपति कप महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्तगत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले रौतहटलाई पराजित गरेको छ ।  प्रतियोगितामा ...

विश्व हेलिकोप्टर प्रतियोगिता सुरु

Thursday, 26 July 2018

मिन्स्क (बेलारुस), साउन ९ । बेलारुसको राजधानी मिन्स्कमा मंगलबारदेखि हेलिकोप्टर प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगितामा विश्वका विभिन्न देशबाट ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top