sangrila Bank

महाकालीमा मुआब्जा वितरणको कामले गति लिएन

भीमदत्तनगर, १ जेठ । महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसँगै बन्ने ६ लेनको सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कामले गति लिन सकेको छैन ।

आठ महिनाअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदीमा बन्ने चार लिनेको पुलको भीमदत्तनगरपालिका–१२ ओदालीमा शिलान्यास गरेका थिए । पुलसँगै भीमदत्तनगरपालिकामा छ किलोमिटर र पारि महाकाली नगरपालिकातर्फ डेढ गरी साढे सात किलोमिटर सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

पुल निर्माणको जिम्मा पाएको कुमार सिएसइसी जेभीले पुल निर्माण दु्रत गतिमा गरिरहेको भए पनि सडक विस्तारका लागि मुआब्जाको काम हुन नसक्दा सडक निर्माणमा ढिलाइ हुन पुगेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको गड्डाचौकीदेखि दक्षिण पुल निर्माणस्थलसम्म साढे २० हेक्टर क्षेत्रफलको मुआब्जा वितरण गर्नुपर्ने महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताए ।

‘सर्वेरनापीलगायतका काम सकेर मुआब्जा वितरणका लागि जग्गाको दररेट तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘अन्य विभिन्न निकायसँग मुआब्जाको विषयमा समन्वय गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो ।’ मुआब्जा दिनु नपर्ने ठाउँमा निर्माण कम्पनीले सडकका लागि ग्राभेल बिछ्याउँदैछ ।

चार लेनको पुलसँगै सडकअन्तर्गत पर्ने नहर तथा खोलामा निर्माण कम्पनीले अन्य साना पुलको निर्माण एकसाथ गरिरहेको छ । आगामी हप्तासम्म मुआब्जाका लागि मूल्यदर आधार तयार भइसक्ने प्रमुख भण्डारी बताउछन् । मुआब्जाका विषयमा कार्यालयका इन्जिनियर सुलभ न्यौपानेको संयोजकत्वमा उपसमिति गठन गरिएको छ । उपसमितिले मुआब्जाका लागि तथ्याङ्क संकलनदेखि ठाउँअनुसारको मूल्य दर तोकेर प्रतिवेदन समितिलाई बुझाउनेछ ।

‘मुआब्जाको विषय चाँडै टुङ्गिनेछ,’ उनले भने । मुआब्जाको विषय टुङ्गिए महाकाली नदीको चार लेनको पुल निर्माण गर्न सहज हुनेछ । सडक निर्माणस्थलमा करीब एक हजार ३०० मिटर क्षेत्रफल ऐलानी जग्गा, नदीको ड्याम र सार्वजनिक जग्गा परेको छ ।

लामो समयदेखि महाकाली नदीको तटीय क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीले मुआब्जाको माग गर्दैआएका छन् । चालू आर्थिक वर्षभित्र मुआब्जाका लागि सरकारले १० करोड विनियोजन गरेको छ । पुलसँगै महाकाली नदीवारि करीब ६ किलोमिटर तथा पारि दोधाराचाँदनीतर्फ डेढ किलोमिटर चार लेनको सडकसमेत निर्माण हुनेछ ।

‘पुलका लागि चालू आवमा ५५ करोड आएको छ,’ महाकाली पुल योजना कार्यालयका प्रमुख भण्डारीले भने, ‘पुल निर्माण द्रुत गतिमा हुँदैछ ।’
तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा निर्माणको सम्झौता भएको पुल निर्माणको अवधि तीन वर्ष तोकिएको छ । पुल निर्माण भए कञ्चनपुर नेपाल–भारतको व्यापारिक नाकाका रुपमा विकसित हुनेछ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ

Tuesday, 14 August 2018

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको ...

नेपाल टेलिकमको १० प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य

Monday, 13 August 2018

काठमाडौँ– नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा ...

डेढ दर्जन परियोजना, ६ खर्ब लगानी

Sunday, 12 August 2018

– रमेश लम्साल  काठमाडौँ- लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ...

शेयर बजार ओरालो

Thursday, 9 August 2018

काठमाडौँ– शेयर बजार आज पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक ...

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

Wednesday, 8 August 2018

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु ...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

Tuesday, 7 August 2018

–रमेश लम्साल  काठमाडौँ– विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ ...

घट्यो शेयर बजार

Monday, 6 August 2018

काठमाडौँ– शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।  आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार ...

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

Monday, 6 August 2018

–रमेश लम्साल  काठमाडौँ– धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर ...

शेयर बजारमा सामान्य गिरावट

Sunday, 5 August 2018

काठमाडौँ– शेयर बजारमा आज सामान्य गिरावट भएको छ ।  नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज शेयर बजार १.४३ विन्दुले घटेर एक हजार ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top