sangrila Bank

प्रदेश न ं ३ को बजेट विवरण संसदमा पेश

हेटौँडा, १ जेठ । प्रदेश नं ३ प्रदेशसभाको मंगलबार बसेको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले २०७५/७६ का लागि बजेट विनियोजन कार्यविधिको सैद्धान्तिक पक्षको प्रस्ताव आज टेबुल गरेका छन् ।

सो बजेटको सैद्धान्तिक पक्षमा यही जेठ ३ गते बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा राजनीतिक दलका तर्फबाट प्रतिनिधित्व हुने गरी सदस्यलाई छलफलमा भाग लिन समय निर्धारण गरिएको छ ।

आजै बसेको पहिलो प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश नं ३ का प्रदेश प्रमुख अनुराधा कोइरालाले नेपालको संविधानबमोजिम प्रदेशसभाले पारित गरी पठाएका दुई विधेयकलाई प्रमाणीकरण गरेको जानकारी दिए ।

प्रदेश प्रमुख कोइरालाले प्रमाणित गरेको विधेयकमा प्रदेशसभामा सञ्चित रहेको कोषसम्बन्धी खर्च गर्न बनेको विधेयक र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिका लागि सुविधासम्बन्धी विधेयक रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । आजै बसेको दोस्रो प्रदेशसभाको बैठकले भक्तपुर–(९क) बाट प्रदेशसभामा निर्वाचित सदस्य हरिशरण लामिछानेको सोमबार उपचारका क्रममा निधन भएकामा शोक व्यक्त गरेको थियो ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

हेलिकोप्टरको पंखाले लागेर एकको मृत्यु

Tuesday, 14 August 2018

हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख ...

हत्याका आरोपी जलेश्वर नगरप्रमुख मिश्र अदालतमा हाजिर

Tuesday, 14 August 2018

महोत्तरी, साउन २९ । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र मंगलबार महोत्तरी ...

तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? उपमहानगरपालिकाले ल्यायो यस्तो सुविधा

Tuesday, 14 August 2018

–भरत केसी  बुटवल– तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि ...

पेट्रोलियम पाइप लाइन विस्तारः ‘पाँच हजार हरियो रुख काट्नुपर्ने’

Tuesday, 14 August 2018

– वीरेन्द्र कर्ण  वीरगञ्ज– पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि ...

प्रदेश नं ७ प्रदेशसभाको बैठक स्थगित

Tuesday, 14 August 2018

धनगढी– प्रदेश नं ७ प्रदेशसभाको आजको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको ...

‘तत्काल बाँदर नियन्त्रण गरियोस्’-सांसद

Tuesday, 14 August 2018

काठमाडौं, साउन २९ । सांसदले बाढी–पहिरोपीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य ...

चितवनमा १२ जना प्रहरी नियन्त्रणमा

Tuesday, 14 August 2018

रत्ननगर– चितवनका विभिन्न स्थानबाट आज प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको छ ।  शान्ति सुरक्षाका लागि रातिदेखि नै खटिएको प्रहरी टोलीले ...

विद्युत् चुहावट इतिहाँसमै कम, चुहावट २० प्रतिशत झर्यो

Tuesday, 14 August 2018

काठमाडौं, २९ साउन । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्ष २०७४/७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । ...

नमूना शहरको निर्माण कार्य सुस्त गतिमा

Tuesday, 14 August 2018

–विनोदसिंह विष्ट  बैतडी– नमूना शहरका रुपमा विकसित गर्न सरकारले घोषणा गरेको बैतडीको पाटन नमूना शहर बनाउने कार्यले गति लिन सकेको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top