sangrila Bank

कर्मचारीको क्षमताबारे देशैभर अध्ययन थालियो

रासस

काठमाडौँ, १० जेठ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले संघीयतापछि मुलुकलाई कस्ता किसिमका कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन थालेको छ ।

प्रतिष्ठानले संघ, प्रदेश र स्थानीय तह तीन तहमा कस्ता क्षमता भएका कर्मचारी आवश्यक पर्छ भनेर ‘सक्षमता निर्धारण अध्ययन’ शुरु गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद ढकालले जानकारी दिए ।

प्रतिष्ठानले सातवटै प्रदेशका तीनदेखि चार जिल्ला छनोट गरी अध्ययन शुरु गरेको हो । ती जिल्लामा मोरङ, धनकुटा, बागलुङ, नवलपरासी, चितवन कास्की, दाङ, बाँके, जुम्ला, डोल्पालगायत छन् ।

तीनै तहमा फरक फरक काम गर्ने भएकाले त्यसैअनुसारको प्रशिक्षण दिनका लागि प्रतिष्ठानले अध्ययन गर्न थालेको उनले बताए ।

‘अहिले हामीले संघ, प्रदेश र केन्द्रका सबै कर्मचारीलाई एउटै खालको प्रशिक्षण दिने गरेका छौँ,’ उनले भने, ‘तर अब संघीयतामा मुलुक गइसकेपछि तीनै तहका कर्मचारीलाई एउटै खालको प्रशिक्षण दिएर पुग्दैन । त्यसैले कामअनुसारको प्रशिक्षण दिनका लागि अध्ययन गर्न थालेका हौँ ।’

अध्ययनका लागि एउटा जिल्लामा दुईजना विज्ञको समूह खटिसकेको छ । समूहले असारसम्ममा अध्ययन गरिसक्नेछ ।

समूहले केन्द्रमा सरकारसँग, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगरप्रमुख, गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरी ती ठाउँमा कस्ता कर्मचारी आवश्यक पर्छ भनेर अध्ययन गर्ने प्रतिष्ठानका शिक्षा निर्देशक त्रिलोचन पोखरेलले बताए ।

‘समूहले अध्ययन गरिसकेपछि हामीले तीन तहमा कस्ता कर्मचारी आवश्यक हुन्छ भनेर थाहा हुन्छ,’ उनले भने, ‘अनि अहिले भइरहेको प्रशिक्षण बदली तीनै तहमा फरक फरकखालका कर्मचारी प्रशिक्षण दिन्छौँ ।’

समूहले स्थानीय जनतासमक्ष पनि कस्ता कर्मचारी आवश्यक पर्छ भनेरसमेत अध्ययन गर्ने छन् । उनले अध्ययनबाट आएको सुझावका आधारमा तीनै तहका कर्मचारीलाई अलग अलग प्रशिक्षण दिने बताए ।

प्रतिष्ठानले सेवा शुरु हुनुभन्दा अगाडि शाखा अधिकृतदेखि सहसचिवसम्मका कर्मचारीलाई प्रशिक्षण दिने गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

Wednesday, 15 August 2018

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको ...

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने ...

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

Wednesday, 15 August 2018

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ ...

चिनियाँ सरकारले गर्यो नेपाली प्राध्यापक झालाई सम्मान

Wednesday, 15 August 2018

काठमाडौँ– चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ...

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

Wednesday, 15 August 2018

रसुवा– तिब्बतस्थित कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागि मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ: श्रममन्त्री विष्ट

Wednesday, 15 August 2018

– नारायण न्यौपाने  काठमाडौँ– सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । ...

राउटे समुदायको फेरिँदो जीवनशैली

Wednesday, 15 August 2018

–हिक्मतबहादुर नेपाली  दैलेख– गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै ...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते

Wednesday, 15 August 2018

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते ...

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छ : उपप्रधानमन्त्री

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top