sangrila Bank

सर्वसाधरण जनताले पनि प्रदेश सभामा प्रस्ताव लैजान पाउने

रासस

रुकुम, १० जेठ । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले कोही पनि कानूनको अनभिज्ञ हुन नपाउने बताएका छन् ।

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा ‘जनताका आवाज प्रदेशसभामा उठाउने प्रक्रिया’बारे जानकारी गराउने उद्देश्यले बिहिबार आयोजित अन्तर्क्रियामा सभामुख घर्तीले अहिलेसम्म संसद्मा कुनै पनि प्रदेशसभा सदस्य सत्तापक्ष र प्रतिपक्षको भूमिकामा नभई सबैको सहमतिमा ऐन, नियम बनिरहेको बताए ।
पहिलेका संसद् बैठकमा सरकार र सांसदले मात्र प्रस्ताव पेश गर्न पाउने भए पनि अब भने सर्वसाधारणले पनि संसद्मा प्रस्ताव पेश गर्न सक्ने जानकारी उनले दिए । कुनै महत्वको प्रस्ताव पेश गर्दा १०० सर्वसाधारणले हस्ताक्षर गर्नुपर्ने र त्यसलाई तीन सांसदले समर्थन गरेमा प्रस्ताव संसद् सचिवालयमा दर्ता भएर छलफल हुने उनले जनाए ।

फरक प्रसंगमा सभामुख घर्तीले प्रदेश संसद् सचिवालयमा अहिलेसम्म पनि कर्मचारी र भौतिक संरचनाको अभाव कायमै रहेको बताए । अहिलेको अवस्थामा संसद्लाई ७५ कर्मचारी आवश्यक पर्ने भए पनि २६ मात्र कार्यरत रहेको जानकारी उनले दिए ।

संसद् सचिवालयका सचिव डा मानबहादुर विकले नेपालमा प्रदेशसभा नयाँ भएकाले अहिल सबै जना सिक्ने प्रक्रियामा रहेको बताए । संघीय संरचनानुसार प्रदेश संसद् नयाँ भएकाले यसका बारेमा नागरिकलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

Wednesday, 15 August 2018

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको ...

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने ...

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

Wednesday, 15 August 2018

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ ...

चिनियाँ सरकारले गर्यो नेपाली प्राध्यापक झालाई सम्मान

Wednesday, 15 August 2018

काठमाडौँ– चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ...

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

Wednesday, 15 August 2018

रसुवा– तिब्बतस्थित कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागि मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ: श्रममन्त्री विष्ट

Wednesday, 15 August 2018

– नारायण न्यौपाने  काठमाडौँ– सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । ...

राउटे समुदायको फेरिँदो जीवनशैली

Wednesday, 15 August 2018

–हिक्मतबहादुर नेपाली  दैलेख– गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै ...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते

Wednesday, 15 August 2018

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते ...

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छ : उपप्रधानमन्त्री

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top