sangrila Bank

‘प्रदुषित गाडी प्रधानमन्त्री, मन्त्री जसको भएपनि नछाेड्ने वातावरणमन्त्री शक्ति बस्नेतकाे उद्घाेष

काठमाडौं, २१ जेठ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदुषित गाडीहरुलाई हटाएरै छोड्ने उद्धघोष गरेका छन् ।
सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘भोलिबाटै स्वच्छ वातावरण महाअभियान सुरु हुन्छ, हामी कार्यान्वयन गरेरै छाड्छौं, प्रदुषित गाडीहरु मन्त्रीहरु वा प्रधानमन्त्री जोसुकैको भएपनि छोड्दिन ।’
मन्त्री बस्नेतले भोलिबाट ‘नेपाल स्वच्छ वातावरण महाअभियान’ सञ्चालन गर्ने बताएका छन् । उनले धुलो र धुवाँबाट प्रताडित जनतालाई मुक्ती दिलाउनको लागि आफूहरुले फोहोर व्यवस्थापन र सरसफाई, प्रदुषण नियन्त्रण, हरियाली प्रर्वद्धन र स्वच्छ वातावरण बनाउन उक्त महाअभियान सञ्चालन गर्न लागेको जनाए ।
उनले विश्व वातावरण दिवसको अवसर पारेर भोलि उक्त महाअभियानको उद्धघाट्न प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने समेत जानकारी दिए ।
मन्त्री बस्नेतले वन क्षेत्रबाट आगामी एक वर्षभित्र एक लाखलाई रोजगारी सिर्जना गर्ने दाबी समेत गरेका छन् । उनले भने,‘हामीले सक्ने कुरा गरेका छौं, क्यालकुलेशन गरेर नै मैले त्यो कुरा बोलेको हुँ, म अहिले बजेट कार्यान्वयनको कार्ययोजना बनाउन व्यस्त छु।’
मन्त्री बस्नेतले यो कार्यक्रमले जनताको जीवीकोपार्जनमा सुधार, राष्ट्रिय अर्थतन्त्रमा सुधार र रोजगारीको अवस्था समेत सिर्जना हुने बताए । उनले भने,‘वन क्षेत्रलाई बहु–उपयोगी क्षेत्रको रुपमा विकास गर्छु, अब काठ आयात गर्ने परम्पराको अन्त्य गर्छु, वन पैदावर वस्तुहरु निर्यात गर्नेगरि अघि बढेको छु।’
त्यस्तै उनले बाँस, सल्लो, अलैंची, अल्लो लगायतका वन पैदावरमा आधारित वस्तुहरुको उत्पादनमा वृद्धि गर्ने पनि बताए । ‘नेपाल जडिबुटीको हब हो, यहाँका जडिबुटीहरुलाई व्यवस्थित् गर्छौं।’–उनले भने ।
मुलुकमा व्यवस्था, अवस्था र परिस्थिति परिवर्तन भएपनि मान्छेको मनस्थिति अहिलेसम्म परिवर्तन नभएको बताउँदै उनले भने,‘अब यो परिवर्तित अवस्थामा राजनीतिक दलहरु र सिँगो मुलुकका अंगहरु पनि परिवर्तन हुन जरुरी छ, मुलुक अब नयाँ युगमा प्रवेश गरेको छ, नेपाललाई समृद्ध बनाउने र सम्पूर्ण नेपालीहरुलाई सुखी बनाउने उद्देश्य पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्छ, सरकार त्यो दिशामा लागिपरिरहेको छ।’
मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार जुटेको बताउँदै उनले भने,‘हामीसँग साधन तथा स्रोतहरु सिमित छन्, यसलाई अधिकतम् प्रयोग र कुशलताका साथ उपयोग गर्नुपर्ने चूनौति छ, त्यस्तै यो सरकार दिगो सरकार भएकोले जनताका धेरै ठूला–ठूला अपेक्षाहरु छन्, यो पनि आँफैमा एउटा चूनौति हो, सबैको सकारात्मक प्रेरणाले नै समृद्धि हाँसिल हुने हो।’
फरक प्रसँगमा मन्त्री बस्नेतले सरकारले पपुलिष्ट बजेट नल्याएको स्पष्ट पारे । उनले थपे,‘यो सरकार विगतकोजस्तो ६ देखि ८ महिनामात्रैको लागि होईन, सरकारसँग बहुमत छ, हामीले पपुलिष्ट कुरा गरेका छैनौं, तर यो बजेटले नयाँ दिशा समातेको छ, समृद्धिको आधार वर्षको रुपमा बजेट आएको छ।’
विकासको लागि आफ्नो मन्त्रालय बाधक नबन्ने उनको भनाई छ । उनले भने,‘हामी विकासको बाधक बन्दैनौं, तर वातावरणमैत्री विकास हुनुपर्छ, यसको लागि विभिन्न मन्त्रालयहरुसँग छलफल गरिरहेका छौं।’
समृद्ध नेपाल र सुखी नेपाली सरकारको राष्ट्रिय संकल्प भएकोले यो उद्देश्य पूरा गर्न आफूहरु पूर्ण प्रतिबद्ध रहेको उनले विश्वास दिलाए । उनले भने,‘वन क्षेत्रको संरक्षण र उपयोगको सन्तुलन कायम गर्ने, र विकास र वातावरणको पनि सन्तुलन कायम गर्ने दिशामा अघि बढेको छु, यसले वन क्षेत्रको संरक्षण हुन्छ र देश र जनतालाई पनि आवश्यक लाभ हाँसिल हुन्छ।’
पर्यटकहरुको ठूलो संख्या अहिलेपनि नेपालका तालतलैया, हिमाल, निकुञ्ज, वन क्षेत्र हेर्न आउने भएकोले पर्यटनका संभावनाहरुलाई समेत प्राथमिकता निर्धारण गर्ने उनको भनाई छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top