sangrila Bank

एनआईसि एशिया बैंकको अर्को योजना : एक कर्मचारी एक फलफूल विरुवा !’

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नारा ल्याएको छ ।
बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत धापासीस्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना सम्पूर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफूल र अन्य प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याउने बंैकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन राज न्यौपानले फूल रोपेर वातावरण दिवसको उद्घाटन गरेका थिए ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्ना क्षेत्रीय कार्यालय तथा शाखा कार्यालयहरुको मार्फत देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१८ शाखा कार्यालयहरु, २०६ एटिएम, १० वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू १६४ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू ११४ अर्ब र कुल निक्षेप करिब रू १३९ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले यो बैंक निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोडसम्म

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । संघीय मामिला ...

अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ

Tuesday, 14 August 2018

मुम्बई, २९ साउन । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको ...

नेपाल टेलिकमको १० प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य

Monday, 13 August 2018

काठमाडौँ– नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५/७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा ...

डेढ दर्जन परियोजना, ६ खर्ब लगानी

Sunday, 12 August 2018

– रमेश लम्साल  काठमाडौँ- लगानी बोर्डले हालसम्म करीब रु ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ...

शेयर बजार ओरालो

Thursday, 9 August 2018

काठमाडौँ– शेयर बजार आज पनि ओरालो लागेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६९ बिन्दुले ओरालो लागेर एक ...

विश्व बैंकद्वारा नेपाललाई १० अर्ब ऋण सहयोग

Wednesday, 8 August 2018

काठमाडौं, साउन २३ । संघीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु ...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

Tuesday, 7 August 2018

–रमेश लम्साल  काठमाडौँ– विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ ...

घट्यो शेयर बजार

Monday, 6 August 2018

काठमाडौँ– शेयर बजारमा आज पनि सामान्य कमी आएको छ ।  आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार ...

बीमा कम्पनीका शेयरः बजार घटे, शाख घटेन

Monday, 6 August 2018

–रमेश लम्साल  काठमाडौँ– धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top