sangrila Bank

बाँदरमुढे घटनाको १३ वर्ष पुग्दा पनि पिडीतले न्याय पाएनन

रासस

काठमाडौँ । सशस्त्र द्वन्द्वका बेला तत्कालीन नेकपा माओवादीले चितवन जिल्लाको माडी क्षेत्रमा पर्ने कल्याणपुर गाविसको बाँदरमुढे खोलामा यात्रुवाहक बसमा विद्युतीय धराप विष्फोट गराएको आज १३ वर्ष भए पनि पीडितले अझै न्याय पाएका छैनन्।

इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विस्तृत शान्ति सम्झौतालगायत अन्य कैयौँ राजनीतिक सहमतिमा बाँदरमुढेलगायतका द्वन्द्वपीडितको न्यायका सम्बन्धमा चर्चा गरिएको भए पनि न्याय र परिपूरणबिना १३ वर्ष बितेको उल्लेख छ।

तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सिमानामा पर्ने बाँदरमुडे खोलामा ना१ख ३२४५ नं को बसमा विसं २०६२ जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा ३५ जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको थियो।

घटनामा ७२ जना गम्भीर घाइते भएका थिए। यी घाइतेमध्ये चार जनाको घटनाको केही समयपछि मृत्यु भएको थियो। यसरी घटनामा मृत्यु हुनेको संख्या ४२ रहेको छ। घाइतेमध्ये १० जना अहिले पनि औषधि सेवन गर्नुपर्ने अवस्थामा छन्।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव अधिकार र मानवीय कानूनको पूर्णरूपमा उल्लंघन भएका यस्ता घटनाको सत्यतथ्य सार्वजनिक गरी पीडितलाई शीघ्र न्याय दिने कुरामा सरकारको पनि ध्यान पुगेको छैन।

घटनालगत्तै विसं २०६२ जेठ २३ गते नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने उल्लेख थियो।

यसैगरी चुनावी सभाका लागि विसं २०७४ मंसिर १७ गते बाँदरमुढे पुगेका नेकपा माओवादी केन्द्र का अध्यक्ष दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच पीडितलाई रोजगारी, जीवनवृत्ति, घाइतेको उपचार खर्च व्यहोर्ने, पीडितको सम्झनामा स्मारक बनाउनेलगायतका सहमति भएको थियो। तर बाँदरमुढे घटना पीडित समितिले अध्यक्ष दाहाल र केही पीडितकाबीच भएको भनिएको सम्झौताप्रति प्रश्न उठाउँदै पीडितको जीउज्यानको सुरक्षा, घटनाको दोषीलाई कारबाही आफ्नो मुख्य माग भएको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वकालीन समयमा भएका यस्ता जघन्य अपराधका घटनामा न्याय निरूपणको कुनै विकल्प छैन, तर यस्ता सवालमा राजनीतिक नेतृत्वको अडान क्रमशः क्षयीकरण हुँदै गरेको महसुस गरेका छौँ, राजनीतिको आडमा घटनाका दोषीले उन्मुक्ति पाइरहनु हुँदैन।“

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top