sangrila Bank

मृत्यु दण्डको पर्खाइमा रहेका दिलबहादुरलाई बचाउन ६५ लाख ब्लडमनी आवश्यक, ३३ लाख संकलन

रोल्पा,जेठ २४ । साउदी अरबमा मृत्युदण्डको पर्खाइमा जेलजीवन बिताईरहेका रोल्पा धबाङका दिलबहादुर घर्तिलाई नेपाल फर्काउने प्रयास गरिएको छ । नेपाल पत्रकार महासंघले रोल्पाले घर्तिलाई नेपाल फर्काउनको लागी देशव्यापी रुपमा सहयोग संकलन गरेको छ । घर्तिलाई नेपाल फिर्ता गर्नको लागी त्यहाँको अदालतले २ लाख २५ हजार रियाल ( करिब ६० लाख नेपाली रुपयाँ ) ब्लडमनि तिर्नुपर्ने बताएको छ । साउदी अरबस्थित एक कम्पनीमा ड्राईभिङ भिसामा गएका थिए । उनले चलाउने सवारी साधनले त्यहीँको एक नागरिकलाई ठक्कर दिँई मृत्यु भएको थियो ।

दिलबहादुर घर्ती साउदी अरबमा ड्राईभिङ भिषमा गएका थिए । घर्तीले ड्राइभिङ गरिरहेको समयमा सडक दुर्घटनामा परि सोही देशमा नागरिकको मृत्यु हुँदा उनलाई गिरफ्तार गरि जेल चलान गरिएको थियो । जेल जीवन बिताईरहेका घर्तिको ७५ प्रतिशत गल्ति देखाउदै साउदी अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको छ । घर्तिको पारिवारिक स्थिति र आर्थिक अवस्था पनि कमजोर भएको हुँदा विभिन्न सरोकारवालाहरुलाई ध्यानाकर्षण गराईएको छ । यसका लागी दिलबहादुर बचाआँै अभियान मूल आयोजक समिति, योङ कम्युनिष्ट लिग नेपाल रोल्पा, अन्तराष्ट्रिय सेवा रोल्पाली सेवा समिति, रोल्पा उद्योग वाणिज्य संघ लगायतले सहयोग संकलन गरिहेका छन् ।
विहिबार बसेको समन्वय समितिको बैठकमा अन्तरािष्ट्रय रोल्पाली सेवा समाजबाट १५ लाख, दिलबहादुर बचाऔँ मूल आयोजक समितिबाट ११ लाख ५० हजार, योङ कम्युनिष्ट लिग रोल्पाले ५ लाख, रोल्पा उद्योग वाणिज्य संघबाट १ लाख ४८ हजार ६४५ रुपैया गरी जम्मा ३२ लाख ९८ हजार ६४५ रुपैया रकम संकलन भइ सकेको छ ।

अन्तराष्ट्रिय रोल्पा सेवा समाजका संयोजक सन्दीप थापाले विदेशमा काम गर्ने नेपालीहरु संग समन्वय गरि आफुले पनि रकम संकलन गर्ने प्रतिवद्धता व्यक्त गरे । आफ्नो साथीलाइ मृत्युको मुखबाट बचाउनका लागि प्रवासीयका रोल्पालीहरु निकै लागि परेको र अझै सहयोग संकलन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । यस्तै रोल्पा उद्योग वाणिज्य संघ रोल्पाले आगामी दिनमा अझै सहयोग अभियानलाई जारी राख्ने अध्यक्ष विश्वकुमार चन्दले बताउनुभयो ।
यस्तै योङ कम्युनिष्ट लिग नेपाल जिल्ला समिति रोल्पाका अध्यक्ष रीतमान पुनमगरले गाउँ गाउँमा रसीद पठाएकोले अझै सहयोग रकमका थप गर्न सकिने बताउनुभयो । दिलबहादुर घर्तीका श्रीमति मनिका बुढामगरले श्रीमानलाई जेलमुक्त गरिदिनका लागि सहयोग संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ रोल्पा शाखाका अध्यक्ष मानसिंह विश्वकर्माले दिलबहादुरलाई मुक्त गर्नका लागि सबै लागि परेको र रोल्पा जिल्लाका पत्रकार एवं सञ्चारकर्मीह खेलेको भूमिकालाई धन्यवाद दिदैँ आगामी दिनमा समन्वयात्मक रुपमा काम अगाडि बढाउनको लागि भूमिका निर्वाह गर्ने निर्णय गर्नुभयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top