sangrila Bank

हङकङ लैजाने भन्दै डेढ करोड ठगी गरि फरार, तत्काल पक्राउ गरि कारवाही गर्न पिडितको माग

काठमाडौं, २४ जेठ । एक करोड ४९ लाख ५० हजार रुपैयाँ ठगीको आरोपमा फरार रहेका गोरखाका जीवन गुरुङ र लमजुङकी सञ्चिता गुरुङलाई पक्राउ गरि तत्काल कारबाही गर्न सरकारसँग पीडितहरुले माग गरेका छन् ।

राजधानीमा पीडितहरु यमबहादुर गुरुङ, मिलन गुरुङ, लक्ष्य गुरुङ लगायतले बिहीबार पत्रकार सम्मेलन गरेर आफूहरुलाई हङ्कङ लैजाने भनेर ठगिएको भन्दै यस्तो माग गरेका हुन ।  २०७२ सालमा यमबहादुर गुरुङसहित २७ जनासँग ७ लाख, ८ लाख र १० लाख दरले मोटो रकम उठाएर फरार भएको बताउँदै पीडितहरुले राज्यले आफ्नो समस्यालाई खासै चासो नदिएको गुनासो समेत गरे ।

पीडित मध्येका यमबहादुर गुरुङले भने,‘लम्जुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ९ घर भएकी सञ्चिता गुरुङले हामीलाई हङ्कङ लैजान्छु भनेर मोटो रकम उठाईन, त्यसपछि हामीलाई भारतको दिल्लीमा लगे र त्यहाँ गोरखा घर भएका जीवन गुरुङ हामीलाई पिकअप गर्न आए, हामीलाई होटेलमा राखियो, मैले आफ्नो बारेमा बुझ्न खोज्दा धम्किपूर्ण कुराहरु आयो र हामीले प्राप्त गरेका कागजहरु हेर्दा शंका लागेर मैले आवाज उठाए तर अरु केही साथीहरुले जीवन गुरुङकै कुरा सुने, आखिर पछि हामी २७ जना नै विचलित हुनबाट जोगिएर नेपाल फर्कियौं, सञ्चिता र सुमन रनपाल झापाबाट फरार भए, जीवन गुरुङ दिल्लीबाटै फरार भए ।’

उनले अघि थपे,‘हामी २७ जना मध्ये एकजना हरि बहआदुर राना मगरका बाबाले रण बहादुर रानाले चितवनमा रहेको जग्गा धितो राखेर १० लाख पैसा बुझाउनु भएको थियो, आजको दिनमा त्यो जग्गा बैंकले लिलाम हान्ने तयारी गरिरहेको छ, यस्तो स्थितिमा पनि हामी पीडितहरुले न्याय पाउन सकेका छैनौं, त्यस्तै लक्ष्य गुरुङ, सुमन गुरुङ, खुहिमान गुरुङ र मिलन गुरुङले सञ्चिता गुरुङको नाममा पोखरा लेखनाथ नगरपालिका वडा नम्बर २९ मा रहेको पाँच आना जग्गा जुन अहिले ९० लाख बराबरको मूल्य रहेको जग्गा लिलाम हान्ने अवस्था छ, यसै पत्रकार सम्मेलन मार्फत यि जग्गाहरु लिलाम प्रक्रिया रोक्का गरि हाम्रो बारेमा संवेदनशिल हुन सरकारलाई जोडदार माग गर्दछौं ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top