sangrila Bank

अपरिचित रोगका कारण दार्चुलामा विद्यार्थीहरु भकाभक ढल्न थाले, पठनपाठन प्रभावित

दार्चुला, जेठ २६ । दार्चुला(महाकाली नगरपालिका–१, कोट–कौतोलीस्थित अल्कापुरी माविका विद्यार्थी अज्ञात रोगका कारण दिनहुँ बेहोस हुन थालेपछि पठनपाठनमा समस्या भएको छ ।

विद्यालयका प्रधानाध्यापक दुर्गादत्त भट्टकाअनुसार कक्षा–६ देखि १० सम्म अध्ययनरत् छात्रा बेहोस हुने गरेका छन् ।

दैनिकजसो चारदेखि पाँचजना छात्रा बेहोस हुन थालेपछि विद्यालयको पठनपाठनमा समस्या आएको हो । छात्रा बेहोस हुनेक्रम जारी रहेको विद्यालयले जनाएको छ ।

विद्यालयमा अध्ययन गर्न आउने छात्रा १५र२० दिन अघिदेखि बेहोस हुन थालेको विद्यालयले जनाएको छ । बेहोस भएको आधारएक घन्टापछिमात्रै होसमा आउने गरेको जनाइएको छ ।

नियमित पठनपाठन भइरहेको समयमा छात्रा एक्कासि बेहोस हुने, काप्ने, कपाल समात्ने, दौडिने, हामफाल्न खोज्नेलगायतका क्रियाकलाप गर्ने गरेको प्रधानाध्यापक भट्टले जानकारी दिए ।

शिक्षा विकास तथा समन्वय एकाइलाई यसबारे जानकारी गराएको तथा डाक्टरसँग सरसल्लाह गरेर रोग पत्ता लगाउने जानकारी प्राप्त भएको प्रधानाध्यापक भट्टले बताए ।

यता, डाक्टरले उक्त रोगलाई ‘मास हिस्टेरिया’ बताएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top