sangrila Bank

एन आई सि एसिया बैंकले १२ प्रतिशत ब्याज दिने, खराब कर्जा ०.२२ प्रतिशत !

काठमाडौं । एन आई सी एसिया बैंकले सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजना पुन सञ्चालनमा ल्याएको छ ।

निजी क्षेत्रका बैंकहरु मध्ये सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल कर्जा प्रवाहको हिसावले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापिते एन आई सी एसिया बैंकले ग्राहकको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर सहितको मुद्दती निक्षेप योजनापुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
धनवर्षा मुद्दती निक्षेप योजनामन रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत व्याज प्रदान गरिने बैंकले जनाएको छ ।

यस अघि पनि बैंकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च व्याजदर सहितको धनबर्षा मुद्दती निक्षेप योजना लोकप्रीय बनेको थियो । धनवर्षा मुद्दती निक्षेप योजना प्रतिग्राहकहरुकोे आकर्षण र लोकप्रियताबाट उत्साहितहुँदै पुनः यस योजना सञ्चालनमा ल्याएका बैंकका अधिकारीको दाबी छ ।

यस पटक समेत धनबर्षा मुद्दती योजनाबाट बढि भन्दा बढि व्यक्तिगत एवम् संस्थागत ग्राहकहरुले लाभ लिने विश्वास बैंकले गरेको छ । यस योजनाअन्तर्गत देशभर रहेका एनआई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाताखोल्न सकिने छ । साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुबिधासमेत उपलब्ध गराउन सकिने छ ।

एन आई सि एसिया बैंकको हालसम्म २१८ शाखा रहेको छ यो सबैभन्दा ठूलो शाखा रहेको बताइएको छ त्यस्तै बैंकले २१० ए टि एम सञ्चालमा ल्याएको छ ।
२०७४ चैत्र मसान्तसम्म बैंकको कुल निक्षेप १३३।०७२ अर्ब रहेको छ । कुल कर्जा रु २०८।९६ अर्ब रहेकोमा खराब कर्जा अनुपात ०.२२ प्रतिशत रहेको बैंकले जनाएको छ ।
बैंकको पुँजी पर्याप्तता अनुपात १३.०३ प्रतिशत रहेको छ भने प्राथामिक पुँजी एबं निक्षेप र कर्जाको अनुपात ७८.१६ प्रतिशत रहेको छ । त्यस्तै तरलता अनुपात २०.४२ प्रतिशत रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

दुध नबिकेपछि झापाका किसान समस्यामा, ३०० किसानले उत्पादन गरेको दुध सडकमा फालियो

Sunday, 17 June 2018

बनियानी । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै ...

सातै प्रदेशको वजेट आज सार्वजनिक गरिँदै, सबैभन्दा धेरै प्रदेश ३ मा

Friday, 15 June 2018

काठमाडौँ । सातैवटा प्रदेशले आर्थिक वर्ष २०७५÷०७६ वार्षिक वजेट आज पेश गर्दैछन । सातवटै प्रदेशको प्रदेश सभा वैठकले शुक्रबार वजेट ...

एनआईसि एशिया बैंकको अर्को योजना : एक कर्मचारी एक फलफूल विरुवा !’

Wednesday, 6 June 2018

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा “एक कर्मचारी, एक फलफुल विरुवा” भन्ने नारा ल्याएको ...

आर्थिक वर्ष २०७५/७६ को वजेट मुलुकको आर्थिक समृद्धीको पक्षमा रहेको छ: सांसद पोखरेल

Sunday, 3 June 2018

काठमाडौं, २० जेठ । नेकपाका सांसद एवम् प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले प्रतिनिधिसभा सञ्चालन नियामावली आज वा भोलिभित्रै ...

एनआईसी एसिया बैंकको नया शाखा पर्साको लंगडीमा

Friday, 1 June 2018

काठमाडौँ । एनआईसी एसिया बैंकले पर्साको लंगडीमा शाखा विस्तार गरेको छ । शुक्रबार पर्साको धोबिनि गाउपालिका अन्तर्गतको वडा नं ४ ...

एनआईसी बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

Thursday, 31 May 2018

  काठमाडौँ । एनआईसी एसिया बैंकले आफ्नो नयाँ शाखा रौतहटमा विस्तार गरेको छ । बिहीबार रौतहटको चन्द्रनिगाहापुरमा एक कार्यक्रमको आयोजना ...

वजेटमाथि संसदमा वहस: बजेट उत्कृष्ठ भएको सत्तापक्षको धारण,कार्यन्वयनमुखी नभएको कांग्रेसको दावि

Thursday, 31 May 2018

काठमाडौं, जेठ १७ । आव २०७५७६ को राजश्व र व्ययको वार्षिक बजेटका सम्बन्धमा सत्तापक्षका सांसदबाट उत्कृष्ट रहेको प्रतिक्रिया आएको छ ...

कुल १३ खर्ब १५ अर्बको बजेटमा स्थनिय तहले कति पाए (पुर्णपाठसहित)

Wednesday, 30 May 2018

काठमाडौँ । संघिय संसदमा मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७५/७६ को लागी कुल १३ खर्ब १५ अर्बको बजेट ...

यस्तो छ आगामी आर्थिक वर्षको वजेट विवरण , कुन कुन शीर्षकमा कति विनियोजन (पुर्णपाठ)

Tuesday, 29 May 2018

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको वजेट प्रस्तुत गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top