sangrila Bank

कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न उच्च अदालतद्वारा रोक !

रासस

बागलुङ, जेठ २८ । उच्च अदालत पोखरा, बागलुङले कालीगण्डकी नदीबाट ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न निषेधाज्ञायुक्त परमादेश जारी गरेको छ ।

मुख्य न्यायाधीश शेषराज शिवाकोटी र न्यायाधीश सकुन्तला घिमिरेको संयुक्त इजलासले जिल्ला प्रशासन कार्यालयसहित स्थानीय तहका नाममा सो निषेधाज्ञायुक्त परमादेश जारी गरेको हो ।

अदालतले बागलुङ नगरपालिका, पर्वतको कुश्मा नगरपालिका, म्याग्दीको बेनी नगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकालाई नदीको दोहन रोक्न आवश्यक नीति बनाउन आदेश दिएको छ ।

आदेशमा आगामी आवदेखि कालीगण्डकी नदीको दुवै किनाराबाट ढुंगा, गिट्टी, बालुवा झिक्दा डोजर, एक्साभेटरलगायतका औजारको प्रयोगमा बन्देज लगाउन भनिएको छ ।

नदीजन्य पदार्थ उत्खनन गर्दा वातावरण संरक्षण ऐन २०५३ मा उल्लेखित प्रक्रियाको पूर्ण परिपालनासमेत हुने गरी ठेक्का गर्नुपर्ने आदेशमा उल्लेख छ ।

नदीको मनपरि दोहन भइरहँदा पनि बेवास्ता गरेको भन्दै अदालतले जिल्ला प्रशासन कार्यालय बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई सचेत गराएको छ । प्रशासन कार्यालयबाट प्रभावकारी र परिणाममुखी निरीक्षण तथा सक्रिय अनुगमन नभएको अदालतको ठहर छ ।

न्यायप्रशासन ऐन–२०७३ को दफा ८ ९१० र उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० बमोजिम नदी संरक्षणमा ध्यान दिन भनिएको छ ।

कालीगण्डकी नदीको दोहन बढेपछि जनस्तरमा चर्को विरोध उठेको थियो । मनपरिरुपमा नदीजन्य पदार्थ निकाल्ने कार्यले नदीको स्वरुप बिगार्नेदेखि प्राकृतिक विनाश हुँदै आएको थियो । जिल्ला समन्वय समितिमार्फत ठेक्का पाएका निर्माण व्यवसायीले जथाभावीरुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै आएका थिए ।

स्थानीय तहलाई नदी र वातावरण संरक्षण हुने गरी कानून बनाउन आदेश दिइएको मुख्य न्यायाधीश शिवाकोटीले बताए । संवेदनशील र जनसरोकारको विषयमा अदालतले सही निर्णय लिएको उनको भनाइ छ ।

बागलुङ नगरपालिका–१ का टेकबहादुर सार्कीले औजार प्रयोग गरि ढुंगा, गिट्टी र बालुवा झिक्ने कार्य रोकी पाउँ भनी अदालतमा रिट निवेदन दिएका थिए । रिट निवेदनमाथिको बहसपछि शुक्रबार अदालतले परमादेश जारी गरेको हो ।

जिल्ला समन्वय समिति बागलुङबाट निर्माण व्यवसायीसँग गरिएको सम्झौता यही जेठ मसान्त र पर्वत र म्याग्दी जिल्ला समन्वय समिति र घरपझोङ गाउँपालिकाबाट गरिएको ठेक्का सम्झौताको अवधि असार मसान्तमा सकिनेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ३ को दफा ९११० बमोजिम आव ०७५र०७६ देखि ठेक्का लगाउने अधिकार स्थानीय तहमा छ । स्थानीय तहले अदालतको निर्णयको सम्मान गर्दै नदीजन्य पदार्थको उत्खननमा उपयुक्त कानून बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

नुवाकोट बस दुर्घटनाः एकको मृत्यु, ५८ घाइते (अपडेट)

Wednesday, 15 August 2018

नुवाकोट– विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ ।  म्यागङ गाउँपालिका– २ ...

राम सापकोटाले ठगी गरेको पुष्टि : हिमालयन सोसियल जर्नीलाई कारबाही सिफारिस !

Tuesday, 14 August 2018

काठमाडौं । हिमालयन सोसियल जर्नी नामक ट्रेकिङ कम्पनि र अल्टिच्युड एअर नामक हेलिकोप्टर कम्पनि मार्फत विदेशी पर्यटकलाई अश्वभाविक रुपमा ठगी ...

थानकोटको महाशक्ति पेट्रोल पम्प नजिकै भेटियो प्रेसर कुकर बम (तस्विरसहित)

Tuesday, 14 August 2018

काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको नेकपाको नेपाल बन्दका क्रममा देश भरका विभिन्न स्थानमा विस्फोट तथा शंस्कापस्द बस्तु भेटिएका छन् ...

मोफसलप्रचारमा जय शम्भु, रात्रिकालिनहोटलदेखीपत्रकार भेटघाट सम्मप्राथमिकता

Sunday, 12 August 2018

काठमाडौं । फिल्म जय शम्भु टिम यतिबेलाफिल्मको प्रचार प्रसारको लागिमोफसलयात्रामा हिँडेका छन् । फिल्म युनिटले शुक्रवार बेलुकापोखराको सबै रात्रिकालिनहोटलहरुमा आफ्नाशुभचिन्तकतथादर्शकहरुलाई ...

* ‘फेक रेस्क्यु प्रकरण : यी हुन् छानबिन समितिले गोप्य राखेको तर कारबाहीमा परेको कम्पनि !

Sunday, 12 August 2018

काठमाडौं । पदयात्री पर्यटकलाई विरामी बनाएर चर्को अशुली गरेको अभियोगमा कारबाही गर्नका लागि पर्यटन मन्त्रालयले गृहमन्त्रालयलाई पत्राचार गरेको छ । ...

राप्रपा हिन्दूराज्य र राजसंस्थासहितको लोकतन्त्रकाे पक्षमा हुन्छ :अध्यक्ष कमल थापा

Friday, 10 August 2018

पोखरा, २५ साउन ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । ...

२०१८ जोजोलोप्पा फेशन रनवे सुरु हुदैँ

Friday, 10 August 2018

काठमाडौं- क्यान एजुकेशन फाण्डेशनको संरक्षणमा रहेका बालबालिको सहयोगार्थ रशलाइट मिडिया र जोजोलोप्पा कलेक्सनको आयोजनामा भदौं १ गते ‘जोजोलोप्पा फेशन रनवे ...

काठमाडौंका मेयर विद्या सुन्दरले अधिकार नदिएपछि उपमेयर आक्रोशित : देशैभर आन्दोलन गर्ने चेतावनी !

Thursday, 9 August 2018

काठमाडौं, २४ साउन । काठमाडौं महानगरपालिकाकी उप–प्रमुख हरिप्रभा खड्गी श्रेष्ठले उपमेयरलाई अधिकार नदिईएको भन्दै देशैभरिका उप–प्रमुखहरुलाई समेटेर संघर्ष समिति बनाउने ...

अस्पतालमा पाँच दिनदेखि तनाव, उपचार अभावमा बिरामीको मृत्यु

Thursday, 9 August 2018

जाजरकोट, साउन २४ । उपचारको अभावमा रुकुमको चौरजहारीमा एक बिरामीको मृत्यु भएको छ । जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top