sangrila Bank

म्याक्दीका १३ जना युवाहरु अमेरिका जाने आशमा अलपत्र छन् नाइजेरियाको बासमा !

रासस

म्याग्दी, जेठ २८ । अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन् ।

दलाललाई मोटो रकम बुझाएर भारत, थाइल्याण्ड हुँदै नाइजेरिया पुगेका म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका युवाले दिएको जानकारीअनुसार दलालले विभिन्न बहाना बनाएर नाइजेरियामा प्रवेश गरेपछि लागोसमा रहेको एक होटलमा म्याग्दीका १३ सहित २३ जना नेपाली युवालाई बन्धक बनाएका थिए ।

नाइजेरियन दलालसँगै रहेका नेपाली दलालले समेत युवालाई होटलबाट बाहिर आउन नदिएको नाम उल्लेख नगरिदिन अनुरोध गर्दै ती युवाले जानकारी दिएका छन् ।

करीब २२ महिना अगाडि हवाई र पदैल यात्रा गरी नाइजेरिया पुगेका युवाले घरपरिवारमा सम्पर्क गरेपछि घटना सार्वजनिक भएको होटलमा रहेका युवाले पठाएको विवरणमा उल्लेख छ । बन्धक बनाइएका युवामध्ये भागेर बाहिर आएकाले दिएको सम्पर्क नम्बरमा जेम्स भन्ने नाम गरेका व्यक्तिले फोन उठाएर कुनै समस्या नभएको बताउने गरेको आफन्तको भनाइ छ ।

बन्धक बनाइएका युवा नाइजेरियाबाट अमेरिकातर्फ प्रस्थान गर्ने भएकाले पनि आफ्नो नामसहित पासपोर्टको विवरणसमेत सार्वजनिक नगर्न अनुरोध गरेका छन् । म्याग्दीबाट गएकामा अर्मनका युवा धेरै छन् । बेनी नगरपालिका र गाउँपालिकाका विभिन्न वडाका युवाको नाम पहिचान हुन सकेको छैन । अवैध मार्गबाट करीब रु ३५ लाख खर्च गरी अमेरिका पुग्ने युवालाई नेपाल, भारतलगायत देशका तस्करले तोकेको ठाउँमा मोटो रकम बुझाउनुपर्छ । सम्झौताअनुसार रकम बुझाउन नसक्नेलाई होटलमै बन्धक बनाएर राख्ने गरिएको छ ।

नेपालबाट पठाउने एजेण्टलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली एजेण्टलाई पक्राउ गरेपछि थप जानकारी लिने प्रयास भइरहेको परिवार स्रोतलाई उद्धृत गर्दै अमेरिकामा रहेका एक म्याग्देलीले जानकारी दिए । उनले आफू पनि हिँडेर आएको बताउँदै बाटो जोखिमपूर्ण भए पनि नेपालीको आकर्षण नघटेको बताए ।

नेपालबाट ठाउँ ठाउँमा युवालाई मोलतोल गरी बिक्री गरेजस्तै गरी पैसा बुझाउनुपर्छ । नेपाल, भारत, थाइल्याण्डलगायतका देशमा नेपाली दलाल रहेका उनीहरुले बताएका छन् ।

पछिल्लो समय, बोलिभिया, पानामा र मेक्सिकोमा समेत नेपाली दलालले होटललगायतमा काम गर्ने गरी त्यहाँ पुगेर सेटिङ मिलाउने गरेका छन् ।

बन्धक बनाइएका युवाले विभिन्न अन्तर्राष्ट्रियस्तरका रेमिट् कम्पनीमार्फत परिवारबाट रकम मगाइरहेका छन् । भारत, ब्राजिल, इथोपिया, बोलिभिया, पेरू, इक्वेडर, पानामा हुँदै करीब १२ देशका समुद्र र जंगलको कठोर यात्रा पार गरी मेक्सिकोमा पुगेपछि तस्करले अन्तिम सेटिङ गरेबापत रकम माग्ने गर्छन् । हरेक वर्ष म्याग्दीबाट रु ५० लाखसम्म दलाललाई बुझाएर अमेरिका जाने युवाको संख्या अत्यधिक रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धनकुटामा बसको ब्रेकफेल भई १५० मीटर तल खस्दा ३४ जना घाईते !

Tuesday, 19 June 2018

धनकुटा– धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ ...

बेईजिङ पुगे प्रधानमन्त्री ओली

Tuesday, 19 June 2018

हरि लामिछाने बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ...

भेरी करिडोर : नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय नाका

Tuesday, 19 June 2018

हेमन्त केसी जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने ...

महिलालाई तेजाब हान्ने प्रहरी नायब निरिक्षक धरौटीमा रिहा !

Tuesday, 19 June 2018

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत ...

उपेन्द्र देवकोटाको निधनप्रति विप्लव नेतृत्वको नेकपाद्धारा समवेदना प्रकट (विज्ञप्तिसहित)

Tuesday, 19 June 2018

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति समवेदना प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित ...

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ, देउवाले नेतृत्व सम्हाल्न सकेनन :कांग्रेस नेतृ कोईराला

Monday, 18 June 2018

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाले कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन । उनले महासमिति बैठकमा ...

कोस्टा रिकामाथि एक गोल गर्दै सर्भिया समुह चरणको पहिलो खेलमा विजयी

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटवल अन्तर्गत समुह ई को पहिलो खेलमा सर्विया विजयी भएको छ । रसियास्थित सेरोना रंगशालमा भएको खेलमा ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

प्रधानमन्त्रीको चिन भ्रमण उपलव्धिमुलक हुन्छ, पारवाहन र यातायात सम्झौतामा हस्ताक्षर हुन सक्छ : नेता रावल

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top