sangrila Bank

केके भयो ट्रम्प र किमबिचको शिखर वार्तामा ?छलफलदेखी संयुक्त दस्तावेजमा हस्ताक्षरसम्म !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन बिच भएको शीखर वार्ताले अन्तराष्ट्रिय संचारमाध्यमहरु तात्तिरहेका छन । किम र उनको भेटवार्ताले अन्तराष्ट्रिय जगत पनि तरगिंत बनेको छ । सिंगापुरको होटल क्यापेलामा किम र ट्रम्प बिच करिब ५० मिनेट बताईएपनि ह्वाईट हाउसले भने ३८ मिनेट वान टु वान वार्ता सम्पन्न भएको बताएको छ । वार्ताको दौरानमा के सहमति भयो भन्ने विषय भने सार्वजनिक गरिएको छैन ।

अमेरिकी संचारमाध्यमहरुले ट्रम्प र किमबिचको भेटलाई उत्तर विश्वशान्तिको कोसेढुङगाको रुपमा व्याख्या गरिरहेका छन । अमेरिका उत्तर कोरियाले आणविक हातहतियारको उत्पादन बन्द गरोस भन्ने चाहन्छ भने उत्तर कोरिया आफ्नो देशमा लागेको नाकावन्दी फिर्ता गरि वाह्य लगानिकर्ताहरुलाई भित्र्याउन चाहन्छ जसबाट देशको आर्थिक स्थिति मज्वुत बनाउन सकियोस ।

उत्तर कोरिया र अमेरिका बिच बढ्दो तित्ततालाई यस शिखर वार्ताले पनि समाधान गर्ने विश्वास दुबै देशले लिएको छ । आईतबार नै सिंगापुर पुगेका दुई नेताहरु सिंगापुरको छुट्टाछुट्टै होटलमा बसेका थिए । मंगलबार किम र ट्रम्पले भेटवार्ता गरेका हुन । उनिहरुले भेट्दालगत्तै एक मिनेट सम्म हात मिलाएर कुरा गरेका थिए । केही बेरपश्चात ट्रम्पले किमको पाखुरा समाउदै अगाडी बढ्न आग्रह गरेका थिए । अमेरिकाको राष्ट्रपतिय चुनावलगत्तै किमसंग भेट गर्ने मनसाय बोकेका ट्रम्पले समसामयिक कारणवश भेट्न सकेनन । पछि लगातार रुपमा उत्तर कोरियाले अन्तराष्ट्रिय जगतलाई नजरअन्दाज गरि पटकपटक क्षेप्यास्त्र परिक्षण गरिरह्यो जसका कारण अमेरिका उत्तर कोरियासंग रुष्ट बन्यो ।

पछि उत्तर कोरियाली नेता किमले नै राष्ट्रपति ट्रम्पसंग वार्ताको प्रस्तावस्वरुप आग्रह गरि सन्देश पठाएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आग्रहलाई स्विकारेपनि समयसमयमा नकारात्मक टिप्पणी दिँदै गर्दा वार्ता नहुने अभिव्यक्ति सम्म दिन भ्याएका थिए । केही समय पश्चातको अन्तरलामा अन्तराष्ट्रिय जगतलाई नै छक्क पार्ने गरि वार्ता सम्पन्न भयो ।

शिखर वार्तामा केके भयो?
सिंगापुरको सान्तोसा द्वीपमा क्यापेला होटलमा भएको उक्त भेट करिब ३८ मिनेटसम्म चल्यो । अब दुबै नेता आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् । अमेरिकाको तर्फबाट उक्त बैठकमा राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चीफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन देखिएका छन् ।यस्तै, अर्कोतर्फ उत्तर कोरियाका नेता किम जोंग उनसँग उनका नजिकका मानिने किम योंग चोलका साथै विदेशमन्त्री री योंग हो र पूर्व विदेशमन्त्री री सु योंग देखिएका छन् ।

शिखर वार्ता शुरु हुनु अगाडी ट्वीट गर्दै अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु किम संग वार्ताको लागी तयार भएको र उत्तर कोरियाले गर्ने आणविक परिक्षण त्यसबाट अमेरिकालाई पुगेका नोक्सानको बारेमा कुरा गर्ने बताएका थिए ।

शीखर वार्तापछि दुबै नेताले संयुक्त दस्तावेजमा हस्ताक्षर गरिसकेका छन । ट्रम्पले परमाणुनिशस्त्रीकरणका विषय समेत समेटिएको उक्त दस्ताबेज ‘अत्यन्त महत्वपूर्ण’ र ‘निक्कै विस्तृत’ भएको बताए । ट्रम्पले थप बोल्दै यस सहमतिपत्रमा हस्ताक्षर गर्न पाउनु उनी र किमको लागि ‘सम्मान’को कुरा भएको बताए ।

त्यस्तै किमले पनि संयुक्त वक्तव्यलाई ‘ऐतिहासिक’ उल्लेख गरे । उनले सहमतिपत्रको महत्वबारेमा बोल्दै भने, “विश्वले एक महत्वपूर्ण परिवर्तन देख्नेछ” ।पत्रकारहरुसँग बोल्ने क्रममा ट्रम्पले आफू र ट्रम्पबीच ‘एक अति विशेष खालको सम्बन्ध’ विकास भएको बताए ।

सहमतिमा हस्ताक्षर गरिसकेपछि रिपोर्टरहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफूले किमलाई ‘आफ्नो देशलाई माया गर्ने’ ‘एक प्रतिभावन व्यक्ति’ को रुपमा पाएको बताए । “अब हामी भविष्यमा धेरै पटक भेट्नेछौं ,” उनले भने ।

दुवै देशका अधिकारीहरुले ट्रम्प र उनको भेटले सकारात्मक सन्देश दिने र वार्ताको परिणाम पनि सकारात्मक रहने बताएका छ ।

किम संगको वार्तापछि ट्रम्पले सिंगापुरका राजनितिक अधिकारीहरुसंग भेटवार्ता गरेका छन । दुबै नेता आजै स्वदेश फर्कने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

अफगान सरकार र तालिवान विच युद्धविरामको घोषणा

Tuesday, 19 June 2018

काबुल, ५ असार । अफगानिस्तान सरकारले गएको शनिबार घोषणा गरेको तालिबानसँगको युद्धविरामलगत्तै तालिबानहरुले पनि आइतबार युद्धविराम घोषणा गरे । तर ...

बङगलादेशमा रोहिंग्या बालबालिकाको अवस्था नाजुक, अविरल वर्षाका कारण स्वास्थ्य र सुरक्षास्थिति संकटमा

Friday, 15 June 2018

संयुक्त राष्ट्रसंघ, १ असार । बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका ...

ट्रम्पको उदारता: चाँडै ह्वाईट हाउस आउन किमलाई निम्ता !

Tuesday, 12 June 2018

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ह्वाईट हाउसमा निम्ता दिएका छन । मंगलबार सम्पन्न ...

शिखर वार्ताको लागि सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि केही बेरमै पुग्ने !

Sunday, 10 June 2018

काठमाडौँ । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन सिंगापुर पुगेका छन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनबिच हुने ...

म्यानमारमा जातिय र रोहिङग्या समस्या समाधान गर्न आयोग गठन

Friday, 1 June 2018

यांगुन, १८ जेठ । म्यानमार सरकारले यहाँको उत्तरी राखिन राज्यमा हालैका केही महिना यतादेखि देखा परिरहेका विभिन्न जातीय मुद्दाका कारण ...

भारतमा ‘निपा’ नामक भाईरसबाट मृत्यु हुनेको संख्या १६ पुग्यो

Thursday, 31 May 2018

नयाँदिल्ली, जेठ १७ । भारतको दक्षिणी राज्य केरलामा ‘निपा’ नामक भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या १६ पुगेको छ । ...

ट्रम्प र किमको वार्ता तय भएलगत्तै रुसी विदेशमन्त्री उत्तर कोरियामा

Thursday, 31 May 2018

मस्को, जेठ १७ । रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् । उनले उत्तर कोरियाको आणविक कार्यक्रमका बारेमा ...

युरोपेली कमिसनका महानिर्देशक तथा न्युजिल्याण्डकी राजदूतद्वारा पुनर्निर्माणको प्रशंसा

Wednesday, 30 May 2018

काठमाडौं, जेठ १६ । युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियु र नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना ...

चट्याङमा परि उत्तरी भारतमा ५० भन्दा बढीको मृत्यु

Wednesday, 30 May 2018

काठमाडौं, जेठ १६ । भारतमा ठूलो मेघगर्जन र चट्टयाङमा परेर कम्तिमा ५० जनाको मृत्यु भएको जनाइएको छ । उत्तरी भारतको ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top