sangrila Bank

ट्रम्पको उदारता: चाँडै ह्वाईट हाउस आउन किमलाई निम्ता !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई ह्वाईट हाउसमा निम्ता दिएका छन । मंगलबार सम्पन्न भएको शीखर वार्तापछि संयुक्त दस्तावेजमा हस्ताक्षर गरेपछी पत्रकारहरु संग बोल्दै ट्रम्पले किमलाई छिट्टै ह्वाईट हाउस आउन निम्ता दिने बताए । निश्चित मिति घोषणा नगरेपनि चाँडै नै किमलाई ह्वाईट हाउसको निम्ता दिने ट्रम्पले स्पष्ट पारेका छन ।

विगतमा भएका तित्तता र दुष्मनीलाई मेटाउदै आगामी दिनहरुमा सम्वन्ध सुधार गर्दै अगाडी बढ्ने दुबै देशका नेताहरुले प्रतिवद्धता व्यक्त गरेका छन । मन्तव्य दिने क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अधिकांश समय उत्तर कोरियाली नेता किमको प्रशंसा गरेका थिए । किमलाई राष्ट्रभक्त नेताको रुपमा व्याख्या गर्दै ट्रम्पले किम एक निडर नेता रहेकोे बताएका थिए ।

दुई देशका सर्वोच्च नेताहरु बिच भएको यस वार्तालाई अन्तराष्ट्रिय समुदायहरुले एक ऐतिहासिक वार्ताको रुपमा लिएका छन । स्वयं किम र ट्रम्पले पनि यसलाई ऐतिहासिक वार्ताको रुपमा व्याख्या गरेका छन । वार्ताले अन्तराष्ट्रिय शान्तिको लागी अग्रणी भुमिका खेल्ने विभिन्न विश्लेषकहरुले अभिव्यक्ति दिएका छन ।

दस्तावेजमा उत्तर कोरियाली नेता किमले आणविक हतियारहरु उत्पादनमा रोक लगाउने प्रतिवद्धता व्यक्त गरेका छन भने ट्रम्पले उत्तर कोरियाको सुरक्षा सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त सहित दुबै नेताले हस्ताक्षर गरेका छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

इटालीमा पुल दुर्घटना, खोजी र उद्धार जारी

Wednesday, 15 August 2018

जेनोआ, इटाली, ३० साउन । इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोआमा सवारी साधन आवतजावत गर्ने एउटा पुल भत्किँदा भएको दुर्घटनाको खोज ...

उत्तर कोरियाली नेतालाई रुसी राष्ट्रपतिको निमन्त्रणा

Wednesday, 15 August 2018

सोल, ३० साउन । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाली किम जोङ उनसँग भेटघाट गर्न तयार भएका छन् । पुटिनले ...

चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन

Wednesday, 15 August 2018

राजविराज — मैथिली चलचित्रका निर्देशक धर्मेन्द्र यादव ‘धर्मात्मा’को निधन भएको छ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ मोहनपुरका २७ वर्षीय यादवको उपचारको ...

बस्न योग्य शहरको सूचीमा अष्ट्रेलियालाई पछि पार्दै भियना पहिलो, अयोग्यमा दमास्कस

Tuesday, 14 August 2018

लण्डन, २९ साउन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा ...

सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Sunday, 12 August 2018

अमेरिका, साउन २७ । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी ...

चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि प्रत्युत्पादक

Sunday, 12 August 2018

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी सामान खरिद गर्न’दबाब दिनु ...

ट्रम्पका स्लोभेनियाली सासू–ससुराले अमेरिकी नागरिकता पाए

Friday, 10 August 2018

न्यूयोर्क, साउन २५ । अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिकरुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन् । राष्ट्रपति ...

उत्तर कोरियाले दियो अमेरिकालाई चेतावनी

Friday, 10 August 2018

सियोल, साउन २५ । उत्तर कोरियाले केही उच्च अमेरिकी अधिकारीहरु प्योङयाङमाथिका प्रतिबन्धहरुलाई अझ सशक्त बनाउन लागिपरेको आरोप लगाउँदै यसबाट आणविक ...

एक हप्तामा २० हजार अफगान शरणार्थी स्वदेश फर्किए : राष्ट्रसंघीय एजेन्सी

Tuesday, 7 August 2018

काबुल, २२ साउन । अफगान शरणार्थीका रुपमा इरान र पाकिस्तानमा बस्दै आएका करिब २० हजार अफगान नागरिक गत हप्ता अफगानिस्तान ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top