sangrila Bank

सरकारको कार्यशैली प्रति नेकपाकै नेता टोप बहादुर रायमाझी असन्तुष्ट, बजेटको विरोध !

काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले परम्परागत भन्दा अर्को नयाँ आयाम थप्ने बजेट ल्याउन नसकेको आरोप लगाएका छन् ।

मंगलबार राजधानीमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता रायमझीले भने,‘बजेटमार्फत समग्र राष्ट्र निर्माणको मार्ग्चित्र आउनुपर्दथ्यो, तर यो बजेटले त्यस्तो महशुस गराउन सकेन, बजेटले जनतालाई उत्साहित बनाउन सकेको छैन ।’

रायमाझीले सरकारले समृद्धिको कुरा गरेपनि अहिलेसम्म यसको कार्यशैली हेर्दा आफू त्यति सन्तुष्ट नभएको सुनाए । उनले भने,‘म सरकारको काम गर्ने शैलीबाट सन्तुष्ट छैन, तर म आशावादी छु।’ उनले पटक–पटक सरकारले हालै ल्याएको यो बजेटको समर्थन गर्ने आधार नै नभएको जिकिर गरे ।
मुलुक यतिवेला संविधान कार्यान्वयनको बाटोमा अघि बढिरहेकोले विकार र समृद्धिको लागि अहिले सरकारसँग पर्याप्त बहुमत र उपयुक्त वातावरण रहेको उनको भनाई थियो । उनले भने,‘अहिलेको सरकारसँग दुई तिहाईभन्दा बढि बहुमत छ, काम गर्न सक्ने वातावरण छ, सरकारलाई कुनै बाधा तथा अड्चन छैन् ।’

फरक प्रसँगमा उनले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको वार्ता सुखद भएको प्रतिक्रिया दिए । उनले भने,‘यी दुई नेताहरुको वार्ताले नेपालको समृद्धिमा पनि सहजता प्रदान गर्छ ।’ यद्धपी नेता रायमाझीले अहिलेको विश्व अलिक बढि निरंकुशतातर्फ ढल्किरहेको पनि बताए ।

नेता रायमाझीले ट्रम्प र किमबीचको वार्ताको मुख्य सुरक्षामा गोरखा फौज खटिनु गौरवको विषय भएको बताए । उनले भने,‘यो नेपालीहरुलाई विश्वास गरिएको कुरा हो, हामी सबैको लागि खुशीको कुरो हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

Wednesday, 15 August 2018

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको ...

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने ...

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

Wednesday, 15 August 2018

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ ...

चिनियाँ सरकारले गर्यो नेपाली प्राध्यापक झालाई सम्मान

Wednesday, 15 August 2018

काठमाडौँ– चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ...

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

Wednesday, 15 August 2018

रसुवा– तिब्बतस्थित कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागि मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ: श्रममन्त्री विष्ट

Wednesday, 15 August 2018

– नारायण न्यौपाने  काठमाडौँ– सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । ...

राउटे समुदायको फेरिँदो जीवनशैली

Wednesday, 15 August 2018

–हिक्मतबहादुर नेपाली  दैलेख– गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै ...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते

Wednesday, 15 August 2018

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते ...

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छ : उपप्रधानमन्त्री

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top