sangrila Bank

कांग्रेसभित्र चरम आन्तरिक द्वन्द: देउवाको निरंकुशता विरुद्ध लड्नको लागी तयार रहन कार्यकर्तामाझ अर्जुननरसिंह केसीको आह्वान

 

काठमाडौं, २९ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले कांग्रेसका नेता तथा कार्यकर्ताहरु पार्टी सभापति शेरबहादुर देउवाको निरंकुशता र केपी शर्मा ओली नेतृत्वको सरकारको अधिनायकवादविरुद्ध लड्न तयार भएर बस्नुपर्ने बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै उनले सभापति देउवालाई पार्टीलाई एक ढिक्का भएर अघि बढाउन आफूले समेत पटक पटक आग्रह गरेको जनाए । उनले भने,‘सभापतिको नाताले उहाँले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ, सबै नेताहरुलाई मिलाउनुपर्छ, पार्टीलाई संरचनागत रुपमा चलाउनुपर्छ, त्यो अहिले सभापतिजीले सक्नुभएको छैन, यदि उहाँ मिल्न तयार हुनुभएन भने हामी संघर्ष गर्न तयार छौं।’ उनले सभापति देउवाले पदाधिकारी मनोनित एकलौटी ढंगले गर्नु निरंकुशताको अभ्यास भएको आरोप लगाए ।

केसीले आगामी पाँच वर्षभित्र पार्टीलाई पहिलो शक्तिको रुपमा स्थापित गर्न सक्ने तागत आफूहरुसँग रहेको पनि जिकिर गरे । उनले भने,‘तर यसको लागि हामीभित्रै सुधारको आवश्यकत्ता छ, हामी सुधारवादी आन्दोलन गर्न गर्छौं, कांग्रेस थाकेको छैन, कसैले भगाएर पनि भाग्दैन।’ ईतिहाँसमा कांग्रेस कहिल्यै नचुकेको पनि उनले बताए । केसीले पार्टी सभापति देउवाको कार्यशैली, सामन्तवादी प्रवृत्ति र स्वेच्छचारीको आफू विरोधी रहेको बताउँदै यही तरिकाले पार्टीले पूर्नजीवन नपाउने समेत ठोकुवा गरे ।

नेता केसीले आफू सभापतिले तत्काल राजिनामा दिनुपर्छ भन्ने पक्षमा नरहेको पनि सुनाए । बरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र आफूबीच पछिल्लो समय भएको सहमति पार्टीलाई एक ढिक्का बनाउनको लागि नै भएकोले सभापति देउवापनि सहमतिमा आउनुपर्ने उनको माँग छ। उनले भने,‘पार्टीमा गम्भिर चूनौतिहरु छन्, अब हामीले एम्बिसन होईन, मिशन लिएर अघि बढ्नुपर्छ, अनिमात्रै हामी अहिलेको चूनौतिसँग लड्न सक्छौं।’ पार्टीका सम्पूर्ण नेताहरु एक ढिक्का भएर जानुको विकल्प नभएको केसीको भनाई छ ।

कांग्रेस ईतिहाँसकै कालखण्डमा अत्यन्तै चूनौतिपूर्ण अवस्थामा रहेकोले आफूहरुले अहिले संयमित भएर आफ्नो भूमिका निर्वाह गरेको केसीले जनाए । उनले भने,‘हामी बजेट पेश गर्दा सुटकेश फोर्ने प्रतिपक्षी पनि होईनौं, हामी त लोकतान्त्रिक मर्यादा, परम्परा र सुसंस्कृतलाई ख्याल राख्दै आफ्नो भूमिका निर्वाह गर्छौं।’ समृद्ध नेपाल र सुखी नेपाली सबैको एजेण्डा भएकोले वर्तमान सरकारको काम हेर्नुपर्ने उनको भनाई थियो । उनले भने,‘सरकार अहिले परीक्षाको घडीमा छ।’

नेता केसीले सरकारले हालै ल्याएको बजेट परम्परागत नै भएको जिकिर गरे । उनले भने,‘उहाँहरुले जनतासामू गरेका आश्वासनहरु पनि छैन, स्वप्निल कल्पना छैन, बजेटमा लक्षित कार्यक्रमहरु केही पनि छैनन, आएका कार्यक्रमहरुपनि छरिएर आएका छन्, बजेटमा पपुष्टि र उडन्ते कुराहरुमात्रै छन्।’ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ताका वृद्धवृद्धालाई घरमै ५ हजार भक्ता पुर्याउने भनेर गरेको भाषण अहिले सामाजिक सञ्जालमा भाइरल भैरहेको उल्लेख गर्दै केसीले भने,‘ग्रोयबल्स शैलीमा यस्तो झुठको खेती गर्नुहुँदैन।’

उनले सरकारले आगामी २०७६ भित्र कुनैपनि स्रोत नखुलाई लगानी गर्न दिने भनेर सरकारले भनेको कुराको विरोध गर्दै भने,‘कालो धनलाई वैद्यता दिनेमात्रै हो, काला धनहरुसँग कमिशन खाने र उसको लगानी गर्न बैद्यता गर्ने कुरामात्रै हो, यसमा अन्तरंग भ्रष्टाचारको र्दुगन्धहरु आउँछन्, त्यसलाई हामीले केलाउन सकेका छैनौं, हाम्रा पार्टीका अर्थविदहरुले पनि यसबारेमा एक्सपोज गर्नुपर्छ।’ बजेटमा नयाँपन केहीपनि समावेश नभएको बताउँदै उनले भने,‘बजेट प्राथमिकताविहीन छ, यसले विपन्न वर्गको आधारभुत आवश्यकत्तालाई सम्बोधन गर्न सकेन्।’
वर्तमान सरकारका हरेक मन्त्रीहरुले समेत भ्रष्टाचारको ठूलो स्वरमा विरोध गरेपनि साँढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहेका जुनसुकै राजनीतिक दलका जोसुकै व्यक्ति होस् जरोसम्म पुगेर भएपनि कारबाही गरेर देखायो भनेमात्रै वास्तवमा त्यो दिनदेखि यो सरकार भ्रष्टाचार विरोधी हो रैछ भनेर आफूहरुले विश्वास गर्ने केसीले स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले अहिलेको कुल बजेटको ११ प्रतिशत बजेट आफूमा केन्द्रित गरेर राख्नुको कारण के हो भन्दै केसीले प्रश्न समेत तेर्साए । उनले भने,‘लेनिनको जनवादी केन्द्रियतातर्फ यो सरकार उन्मुख छ।’ संघीयताको मर्म र भावना अनुसार बजेट नआएकोमा उनको गम्भिर आपत्ति छ ।
फरक प्रसँगमा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच भएको चार बुँदे सहमति उपलब्धिमूलक रहेको बताए । उनले भने,‘उहाँहरुबीचको वार्ता सफल भएको दाबी गरिएको छ, यो विश्वको लागि पनि राम्रो हो, किमको लागि त झनै उपलब्धिमूलक हो।’

संसारको कुनै पनि भू–भागमा शान्तिको विकल्प नभएको बताउँदै उनले भने,‘शान्तिको विकल्प छैन र हिंसाको भविष्य छैन, त्यसैले यो वार्ता उहाँहरुले भनेजस्तो यो वार्ता गौरवान्तित र ऐतिहाँसिक छ।’ उनले समग्र विश्व शान्ति प्रक्रियाका ेलागि यो वार्ता गौरवको विषय भएको बताए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

डा. देवकोटाको पार्थिव शरिर अन्त्येष्टिको लागी आर्यघाट लगियो !

Tuesday, 19 June 2018

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिर अन्त्यष्टिका लागी आर्यघाट लगिएको छ । सोमबार राति निधन भएका ...

ओली चिन रहुन्जेल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई, कार्यवाहक अध्यक्षमा माधव नेपाल!

Tuesday, 19 June 2018

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली चिन भ्रमणमा निस्कनुअघि विभिन्न तिन निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी ...

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन (आधिकारिक विज्ञप्तिसहित)

Monday, 18 June 2018

काठमाडौं । अन्तत ः वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अस्पताल स्रोतका अनुसार ५ बजेर ...

किसानलाई ठग्ने चिनी मिल र क्रसर उद्योगीलाई पक्राउ गर्ने गृहमन्त्रीको तयारी

Monday, 18 June 2018

  काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको ...

जनता र राज्यलाई ठगि गर्ने ईट्टाभट्टा सञ्चालक विरुद्ध धादिङका सिडिओ र एसपी एक्सनमा उत्रिए !

Monday, 18 June 2018

धादिङ । धादिङमा सञ्चालित ईट्टा भट्टाहरुले राजश्व छलिरहेको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले छानबिन गर्ने ...

हिजो राणा र पञ्चायतसंग नडराएको कांग्रेस ओलीसंग डराउदैन ! हामी टुलुटुलु हेरेर बस्दैनौँ : कांग्रेस नेता खड्का

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग ...

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

Sunday, 17 June 2018

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले ...

प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने !

Saturday, 16 June 2018

काठमाडौं । दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ...

नक्कली बिल बनाएर जनतालाई ठगि गर्न इट्टा भट्टा संघका अध्यक्षकै निर्देशन !

Saturday, 16 June 2018

काठमाडौं । धादिङका अधिकांश ईट्टा भट्टाहरुले सर्वसाधरण तथा भूकम्पपीडितलाई ठगी गर्न दुई बिलिङ गरेको समाचार दियोपोस्टमा यसअघि प्रकाशित भएको थियो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top