sangrila Bank

दृष्टिविहिनको आवाज: शारीरिक दुर्वलता भएकाहरुको योग्यता र क्षमताको कदर सरकारले गर्नुपर्छ !

काठमाडौं, २९ जेठ । नेपाल दृष्टिविहिन अपाङ्ग जागरण संघर्ष समितिले आफूहरुलाई माग्ने भन्ने मन्त्री नै आँफै माग्ने भएको आरोप लगाएका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरि समितिले कला र गला बेचेर गुजारा चलाउने आफूहरुलाई माग्ने भन्दै पशुपतिनाथ र बौद्धबाट मन्त्रीले हटाएकाप्रति आक्रोश व्यक्त गरे। पशुपति परिसरमा कला र गला प्रस्तुत गर्दै आएको तर पशुपति विकाष कोष र महानगरीय प्रहरी मिलेर आफ्ना बाध्यवादनका सामाग्री खोसिएकोमा उनीहरुको आक्रोश थियो ।

समितीका अध्यक्ष सुदिप वलीले अशक्त, अपाङ्ग, दृष्टिविहीनलाई राज्यले उचित न्याय दिनुपर्ने बताए । वलीले भने,‘राज्यले हामीलाई न्याय दिनुप¥यो । पढेकालाई जागिर र नपढेकालाई भत्ताको व्यवस्था हुनुप¥यो । हामी माग्ने होइनौँ । हामीले आफ्नो कला र गला बेचेर गुजारा गरेका छौँ, यदि हामी माग्ने भए देशका सबै गायक माग्ने हुन, सबै नेता माग्ने हुन् । हामीले अपराध गरेका छैनौँ, सजाय दिने भए ती भ्रष्टाचारी र दलालीहरुलाई दिनुहोस हामीलाई होइन ।’

उनले भने,‘हामीले बाँच्ने आधार बनाउन आफ्नो कला बेच्न पनि पाएनौँ । हाम्रा सामान लुटे, हामीलाई जबरजस्ती हातपात गरि लखेटियो,यो अत्यन्तै खेदजनक छ ।’राज्यले आफूहरुको योग्यता र क्षमताको कदर नगरेको समितिको आरोप छ । आफ्ना मागहरु प्रधानमन्त्रीसमक्ष पु¥याउन रिपोटर्स क्लबका सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलालाई उनीहरुले अनुरोध गरेका छन् ।
त्यसैगरि संघर्ष समितीका उपाध्यक्ष्य दिपराज परियारले राज्यले अपाङ्गता भएका व्यक्तिहरुलाई अपहेलना गरेको भन्दै आफूले भोगेको पीडा सुनाए ।
त्यसैगरि संघर्ष समितिका सदस्य नेत्रप्रसाद कोइरालाले पनि राज्यले अपाङ्ता भएको व्यक्तिलाई हेर्ने अंग नभएको जानकारी गराए । उनले भने‘ राज्यले कहिल्यैपनि हाम्रो माग सूनिदिएन ।’
त्यस्तै उनले आफूहरुले गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी मागेको बताए । उनले भने,‘तर राज्यले हाम्रा मागहरुलाई वास्ता गरेन । हामी राज्यको कुन अंग हो । हामी राज्यको नागरिक हो कि होइन ? सडक चोक, मन्दिरमा गाएर पेट पाल्दा पनि लखेटियौँ ।’
सरकारले अपाङ्गता भएको व्यक्तिलाई उचित व्यवस्था नगरेको भन्दै समितीका सदस्य नम्रता ठकुरीले राज्यको यसबारेमा विशेष ध्यानाकर्षण हुनुपर्ने बताईन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

धनकुटामा बसको ब्रेकफेल भई १५० मीटर तल खस्दा ३४ जना घाईते !

Tuesday, 19 June 2018

धनकुटा– धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ ...

बेईजिङ पुगे प्रधानमन्त्री ओली

Tuesday, 19 June 2018

हरि लामिछाने बेइजिङ, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने औपचारिक भ्रमणकाक्रममा मंगलबार चीनको राजधानी बेइजिङ आइपुगेका छन् ...

भेरी करिडोर : नेपाल, भारत र चिनलाई जोड्ने त्रिदेशीय नाका

Tuesday, 19 June 2018

हेमन्त केसी जाजरकोट, ५ असार । दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने ...

महिलालाई तेजाब हान्ने प्रहरी नायब निरिक्षक धरौटीमा रिहा !

Tuesday, 19 June 2018

चितवन, असार ५ । एक महिलालाई तेजाब छर्किएको अभियोगमा पक्राउ परेका ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँलाई उच्च अदालत ...

उपेन्द्र देवकोटाको निधनप्रति विप्लव नेतृत्वको नेकपाद्धारा समवेदना प्रकट (विज्ञप्तिसहित)

Tuesday, 19 June 2018

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति समवेदना प्रकट गरेको छ । मंगलबार एक विज्ञप्ति प्रकाशित ...

कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्छ, देउवाले नेतृत्व सम्हाल्न सकेनन :कांग्रेस नेतृ कोईराला

Monday, 18 June 2018

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालाले कांग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन । उनले महासमिति बैठकमा ...

कोस्टा रिकामाथि एक गोल गर्दै सर्भिया समुह चरणको पहिलो खेलमा विजयी

Sunday, 17 June 2018

काठमाडौँ । विश्वकप फुटवल अन्तर्गत समुह ई को पहिलो खेलमा सर्विया विजयी भएको छ । रसियास्थित सेरोना रंगशालमा भएको खेलमा ...

कोस्टा रिका भर्सेज सर्विया ः पहिलो हाफ गोलरहित बराबरमा टुंगियो

Sunday, 17 June 2018

काठमाडौँ । फिफा विश्वकप अन्तर्गत कोस्टा रिका र सर्विया बिच भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङिगएको छ । रसियाको ...

प्रधानमन्त्रीको चिन भ्रमण उपलव्धिमुलक हुन्छ, पारवाहन र यातायात सम्झौतामा हस्ताक्षर हुन सक्छ : नेता रावल

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । नेकपाका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top