sangrila Bank

विरामी उद्दारका नाममा विदेशी पर्यटकलाई ठगी गरेको भन्दै दर्जनौँ विरुद्ध उजुरी, (विवरण सहित)

काठमाडौं । नेपाल आउने विदेशी पर्यटकलाई विरामी बनाई करोडौं रुपैयाँ ठगी गरेको भन्दै दर्जनौँ ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनि, विदेशी नागरिक उपचार गर्ने अस्पताल तथा हेलिकोप्टर कम्पनिहरु विरुद्ध पर्यटन मन्त्रालयमा उजुरी परेको छ ।

यो पनि पढ्नुहोस्

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

 

पर्यटकहरुलाई ट्रकिङ कम्पनि, रेस्क्यु कम्पनि, हेलिकोप्टर कम्पनि र अस्पतालको मिलेमतोमा विरामी बनाई उद्दारको नाममा करोडौं ठगि गरेको भन्दै चौतर्फी विरोध भएपछि पर्यटन मन्त्रालयले घनश्याम उपाध्यायको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

स्रोतका अनुसार १० वटा हेलिकोप्टर कम्पनी, १३ वटा ट्रकिङ कम्पनि, ७ वटा अस्पताल विरुद्ध उजुरी परेको छ । उनीहरुले सेटिङमा विदेशी पर्यटकलाई विरामी बनाएर नक्कली विल बनाएको अभियोग लागेको छ ।

छानबीन समितिका अनुसार एयर डाइनेष्टिक, मनाङ एयर, सिम्रीक एयर, माउन्टेन हेलिकोप्टरर्स, हेलि एभरेष्ट, श्री एयरलाईन्स, समिट हेलिकोप्टर, सिम्रीक एयर प्राली, प्रभू हेलिकोप्टर्स, अल्टिच्युट एयर प्रा.ली, कैलाश हेलिकोप्टर सर्भिस प्राली विरुद्ध उजुरी परेको छ ।

आइतबार नै मन्त्रालयले १० वटै हेलिकोप्टर कम्पनिहरुलाई रेस्क्यु फ्लाईट सम्बन्धी विवरण माग गरेको छ ।

त्यस्तै दर्जनौँ ट्रेकिङ कम्पनीले पर्यटकलाई विरामी बनाउँदै फर्जी विल बनाएर ठगी गरेको उजुरी परेको छ । मन्त्रालय स्रोतका अनुसार हिमालयन सोसल जर्नी, एस द हिमालय, नेपाल हाइकिङ टिम, नेपाल इन्भाइरोमेन्टल ट्रेकिङ, नेपाल भिजन ट्रेकिङ, युनिक एडभेन्चर, हिमालय सिनरी, सेभेन समिट, फ्लाईट कनेक्शन, अल्पाइन रेस्क्यु, हिमालयन रेस्क्यु, इजि हेलि चार्टर सर्भिस, ग्रेट हिमालय लगायत दर्जनौँ कम्पनि विरुद्ध उजुरी परेको हो ।

मन्त्रालयका अनुसार बिमा कम्पनिसँग मिलेमतोमा चर्को शुल्क उठाउने र ठगी गर्ने अस्पताल समेत छानबीनमा तानिएका छन् ।

राजधानीको सोह्रखुट्टेमा रहेको इरा हेल्थ सेन्टरले विदेशी पर्यटकमाथि लुट मच्चाउँदै आएको छ । हेल्थ सेन्टरको नाममा सञ्चालित भएता पनि अस्पतालको रुपमा काम गर्दै आएको उक्त अस्पताल केही वर्ष अघि तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाले उद्घाटन गरेका थिए । मन्त्रालय स्रोतका अनुसार इरा हेल्थ सेन्टर, बयोधा अस्पताल, सिविक अस्प्ताल, ग्राण्डी अस्पताल, नर्भिक अस्पताल, नेपाल मेडिसिटि अस्पताल विरुद्ध पर्यटकमाथि चर्को शुल्क ठगी गरेको उजुरी परेको छ ।

पर्यटन मन्त्रालयमा ट्रेकिङ एजेन्सिज एशोसियशन नेपालका अध्यक्ष नवराज दाहालकै स्वामित्वमा रहेको नेपाल इन्भाइरोमेन्टल ट्रेकिङ विरुद्ध नै उजुरी परेको छ ।

‘विगतमा कमिकमजोरी भएकै हो । यस्ता गलत कार्य विरुद्ध म नै लडिरहेको छु । गलत ढंगले मान्छेहरुले काम गरेकै छन् । राज्यले पनि समयमा नियन्त्रण्मा लिन नसकेकै हो,’ दाहालले भने,‘छानबीनको नाममा गलत गर्नेलाई छूट र गलत नगर्नेलाई कारबाही गर्ने जस्तो देखिएको छ । यसमा नयाँ विधि बनाएर अगाडी बढ्नु पर्छ ।’

टानका पूर्व उपाध्यक्ष टासी शेर्पाले हस्पतालहरुले नै विदेशी पर्यटकलाई चर्को शुल्क उठाइरहेको बताए ।

‘छानबीन हुनुपर्छ । तर, छानबीन गर्दा राम्रो गरिरहेकाहरुलाई समस्या नहोस्,’ उनले भने,‘भोली वास्तवमै विरामी परिरहेको पर्यटक उद्दार हुन सकोस् । विरामी उद्दारमा अवरोध हुनेगरी सरकारले गतिविधि गर्न मिल्दैन ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

डा. देवकोटाको पार्थिव शरिर अन्त्येष्टिको लागी आर्यघाट लगियो !

Tuesday, 19 June 2018

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिर अन्त्यष्टिका लागी आर्यघाट लगिएको छ । सोमबार राति निधन भएका ...

ओली चिन रहुन्जेल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई, कार्यवाहक अध्यक्षमा माधव नेपाल!

Tuesday, 19 June 2018

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली चिन भ्रमणमा निस्कनुअघि विभिन्न तिन निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी ...

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन (आधिकारिक विज्ञप्तिसहित)

Monday, 18 June 2018

काठमाडौं । अन्तत ः वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अस्पताल स्रोतका अनुसार ५ बजेर ...

किसानलाई ठग्ने चिनी मिल र क्रसर उद्योगीलाई पक्राउ गर्ने गृहमन्त्रीको तयारी

Monday, 18 June 2018

  काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको ...

जनता र राज्यलाई ठगि गर्ने ईट्टाभट्टा सञ्चालक विरुद्ध धादिङका सिडिओ र एसपी एक्सनमा उत्रिए !

Monday, 18 June 2018

धादिङ । धादिङमा सञ्चालित ईट्टा भट्टाहरुले राजश्व छलिरहेको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले छानबिन गर्ने ...

हिजो राणा र पञ्चायतसंग नडराएको कांग्रेस ओलीसंग डराउदैन ! हामी टुलुटुलु हेरेर बस्दैनौँ : कांग्रेस नेता खड्का

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग ...

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

Sunday, 17 June 2018

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले ...

प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने !

Saturday, 16 June 2018

काठमाडौं । दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ...

नक्कली बिल बनाएर जनतालाई ठगि गर्न इट्टा भट्टा संघका अध्यक्षकै निर्देशन !

Saturday, 16 June 2018

काठमाडौं । धादिङका अधिकांश ईट्टा भट्टाहरुले सर्वसाधरण तथा भूकम्पपीडितलाई ठगी गर्न दुई बिलिङ गरेको समाचार दियोपोस्टमा यसअघि प्रकाशित भएको थियो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top