sangrila Bank

टुक्रे र खुद्रे कामको लागी हामीलाई युएनडिपिको सहयोगको आवश्यक छैनः नेता दिनानाथ शर्मा

 

काठमाडौं, ३१ जेठ । नेकपाका नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले नेपालका सांसदहरुलाई एक÷दुई वटा प्रशिक्षणको लागि विदेशीको सहयोग लिन जरुरी नरहेको स्पष्ट पारेका छन् ।

राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता शर्माले भने,‘युएनडिपीले हामीलाई प्रशिक्षणको लागि नै सहयोग गर्न जरुरी छैन, बरु संसद भवन निर्माण गरिदिए हुन्छ, सांसदको लागि आवास बनाईदिए हुन्छ, टुक्रे र खुद्रे कामको लागि हामीलाई सहयोग चाहिँदैन्।’

शर्माले भने,‘युएनडिपीलाई मेरो भन्नु के छ भने यस प्रकारको सहयोग गर्न हामीलाई रकम चाहिँदैन्, दुई दिनको सेमिनारमा दुई छाक भात हामी आँफ्नै पैसाले खाएरपनि प्रशिक्षण लिन सक्छौं।’

सांसदहरुलाई एउटा झोला भिराएर प्रभावित पार्ने काम नहोस् भन्ने शर्माको आग्रह छ । उनले भने,‘उनीहरुले दिएको पैसा राष्ट्रिय महत्वका काममा सदुपयोग होस्, यो कुरा युएनडिपीको केन्द्रिय हेडक्वार्टरमा पुगोस्।’

नेता शर्माले साना–साना काममा सांसदलाई विदेश पठाउने र कार्यक्रममा बोलाउने काम भैरहेको भन्दै आपत्ति समेत जनाए । उनले भने,‘व्यक्ति÷व्यक्तिसँग सम्पर्क बढाउने र प्रभावित पार्ने काम भएको छ, अब यी कामहरु बन्द होउन्।’ सांसदलाई अब कसैलेपनि ‘डिक्ेटट’ गर्न नपर्ने शर्माको जिकिर छ । उनले भने,‘हामी आपसमा छलफल गर्छौं, चाहिने ऐन तथा कानून निर्माण गर्छौं, तर हामीले अन्तर्राष्ट्रिय अनुभवहरु आदान–प्रदान गर्नुपर्छ।’

दातृ निकायको सहयोग प्रायोजित रुपमा नभईकन आफूहरुको हितमा उपयोग हुनुपर्ने उनको भनाई छ ।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरेका छन् । उनले भने,‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ।’ प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ ।

चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड ईनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ । उनले भने,‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

नेता शर्माले संविधानको परिधिभित्रै रहेर फरक–फरक दलबाट सभामुख र उपसभामुख निर्वाचित भएकोले अहिले ती दुई पार्टीबीच एकता भैसकेको बताउँदै भने,‘उहाँहरु निर्वाचित भएसँगै स्वतन्त्र हुनुभएको छ, दलको सदस्यबाट राजिनामा समेत दिसक्नुभएको छ, त्यसैले उहाँले अब छोड्नुपर्छ भन्ने लाग्दैन, राजिनामा दिँदा पनि संवैधानिक प्रश्न उठ्छ, प्रतिपक्षी दलले आफूले उक्त पद पाउनुपर्छ भनेर राजिनामाको कुरा उठाउने र छलफलको विषय बनाउने काम गरेको छ, यसमा दुवै पक्ष बसेर निकास निकाल्नुपर्छ।’

सरकारको प्रस्तुतिबाट अहिलेनै निराश हुनुपर्ने अवस्था नरहेको उनको भनाई थियो । उनले भने,‘अहिले सरकारको काम देखेर निराश भैहाल्नुपर्ने अवस्था छैन, आजको भोलि नै परिणाम आउँदैन, परिणामको लागि केही समय धैर्य गर्नुपर्छ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

वरिष्ठ न्युरोसर्जन उपेन्द्र देवकोटाको निधनप्रति राष्ट्रपतिद्धारा समवेदना प्रकट

Tuesday, 19 June 2018

काठमाडौं, असार ५ । राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनमा समवेदना प्रकट गरेकी छन् । राष्ट्रपति ...

पर्यटन व्यावसायमा ‘खेलाडी’ : पेटमा ढुङ्गा फुटाउने यी हुन् सुर्यबहादुर भेटवाल !

Monday, 18 June 2018

रीता बुढाथोकी काठमाडौँ । फरक कामले मान्छेलाई फरक परिचय नै दिन्छ । त्यसैले भनिन्छ,‘जीवनमा नाम कमाउनु छ भने कुनै फरक ...

राष्ट्रिय सभामा गृहमन्त्रीको पदावधि ६ वर्ष, २ वर्षसम्म मात्र सांसद रहने भए अर्थमन्त्री !

Monday, 18 June 2018

काठमाडौँ । राष्ट्रिय सभामा सांसदको पदावधि सोमबार फैसला भएको छ । संघिय संसदको ल्होत्से भवनमा सोमबार भएको गोलाप्रथाबाट राष्ट्रिय सभाको ...

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

Monday, 18 June 2018

हरी लामिछाने काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका ...

अवतरणको क्रममा चिप्लिएर घाँसे मैदानमा छिर्यो यति एयरको विमान

Sunday, 17 June 2018

काठमाडौँ । यति एयरको विमान दुर्घटना हुनबाट बँचेको छ । काठमाडौँ बाट उडेको विमान अवतरणको क्रममा रनवे बाट चिप्लिएर घाँसे ...

नेपालमा चिनिया परियोजनालाई कार्यन्वयन गर्न सहजिकरण गर्ने मन्त्रीपरिषदको निर्णय

Sunday, 17 June 2018

काठमाडौँ । मन्त्रिपरिषदले नेपालमा भित्रिने चिनियाँ योजना र विकासका कार्यक्रमलाई कार्यन्वयन गर्नको लागी सहजिकरण गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ...

नेकपाको पहिलो स्थायी कमिटी वैठक शनिबार प्रधानमन्त्री कार्यलय वालुवाटारमा बस्ने

Friday, 15 June 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो स्थायी कमिटी वैठक शनिबार बस्ने निर्णय भएको छ । नेकपाका अध्यक्षद्धवय केपी शर्मा ओली ...

ट्रेकिङ व्यावसायमा ‘कालोधन्दा’ : पर्यटक विरामी बनाएर अकुत सम्पत्तिका मालिक !

Thursday, 14 June 2018

  काठमाडौं । धादिङको साविकको खहरे गाविस अचनेटारबाट काठमाडौं आई ट्रेकिङ व्यावसायमा हात हालेका राम प्रसाद सापकोटाको अस्वभाविक आर्थिक प्रगति ...

सित्तैमा विश्वकप हेर्ने हो ? जोड्नुहोस् भायनेट, लिनुहोस् विश्वकपको आनन्द !

Tuesday, 12 June 2018

  काठमाडौं, जेठ २९ । विश्वकप नेपालीहरुका लागि मात्रै होइन विश्व समुदायका लागि नै ठूलो चाड हो । ईन्टरनेट सेवा ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top