sangrila Bank

प्रधानमन्त्रीले चाईनासंग लिपुलेकको कुरा उठाउन सक्नुपर्छ ः कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन् । उनले भने,‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने,‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिईएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चीनीयाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए । उनले भने,‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ।’ नेता भण्डारीले नेपालका नेताहरु विदेशीको गुलामी नै गर्नुपर्छ भन्ने संस्कारबाट ग्रसित रहेको समेत आरोप लगाए । उनले भने,‘हामी नेपाली हरेक कुरामा सक्षम छौं, आज हेर्नुहोस सिंगापुरमा हालै भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको वार्तामा गोरखा सैनिकले सुरक्षा दियो, यो गौरवको विषय हो।’

उनले नेपालको विकास र समृद्धिको मोडल नै गलत रहेको गुनासो गरेका छन् । उनले भने,‘गलत मोडलमा हामीले विकास निर्माणका कामहरु अघि बढाएका छौं, हामीले धेरै योजनाविद बनाऔं, धेरै प्रधानमन्त्री बनाऔं, धेरै सरकार बनाऔं, तर भु–बनोट सुहाउँदो विकास गर्न भने सकेनौं।’
नेपालको भू–बनोट अनुसार हिमाल हेर्नको लागिमात्रै, पहाडको क्षयीकरण र तराई आगामी २० वर्षमा डुबानमा पर्ने खतरा पनि उनले औंल्याए । उनले भने,‘हामीले जतिसक्दो चाँडो एकीकृत वस्ती बसाल्नुपर्छ, हाम्रा सडकहरु मान्छे मार्ने धराप् बनेका छन्, अब हामी विश्व विकासको मोडल अनुसार अघि बढ्नुपर्छ।’ उनले तत्काल कम्तिमा पनि ५ वटा सुरुङमार्ग बनाउनुपर्नेमा जोड दिए ।
अहिलेकै अवस्थामा जोसुकै व्यक्ति नेतृत्वमा आएपनि यही मोडेलमा देशको विकास हुन नसक्ने नेता भण्डारीको ठोकुवा छ । उनले भने,‘हामीले विकासका प्राथमिकताहरु तय गर्न सकेनौं, हाम्रा आफ्ना पहिचानको बारेमा हामीलाई केही थाहा छैन, पशुपतिनाथ, जानकी मन्दिर, लुम्बिनी र मुक्तिनाथ यी हाम्रा पहिचान हुन्।’ नेपालका आफ्ना पहिचानलाई भारतका प्रधानमन्त्री आएर देखाईदिनुपर्ने यो कस्तो विडम्बना भन्दै उनले प्रश्न समेत तेर्साए ।
स्वदेशमै रोजगारी सिर्जना नहुँदा नेपालका ठूलो मात्रामा युवा जनशक्ति खासगरी प्लस टु उत्तिर्ण गर्नेबित्तिकै विदेश पलायन हुने गरेको पनि उनले सुनाए ।
उनले अहिले सत्तापक्ष सत्तापक्षजस्तो नभएको र प्रतिपक्षीपनि प्रतिपक्षजस्तो नभएको आरोप लगाए ।
उनले थपे,‘प्रधानमन्त्री ओली अन्टसन्ट बोल्नुहुन्छ, प्रतिपक्षी दलका नेता बोल्दै बोल्नुहुन्न।’ अहिले सरकारसँग दुई तिहाईभन्दा बढिको बहुमत हुँदापनि सोचे अनुसार काम नभएको उनको गुनासो छ । उनले थपे,‘प्रधानमन्त्रीले रातदिन काम गर्नुपर्ने बेला हो, १८ घण्टा काम गर्नुपर्छ।’ सरकारले अहिले सुति बसेको प्रतिपक्षी दललाई व्युँझाउने काम गरेको पनि उनको भनाई थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा छानबिन गर्न समिति गठन

Wednesday, 15 August 2018

उर्लाबारी । खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको ...

अनुशासित भएर प्रतिस्पर्धा गर्न राष्ट्रपतिको आह्वान

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी भदौ २ गतेदेखि १७ गतेसम्म इन्डोनेसियामा हुने एसियाली खेलकुद प्रतियोगितामा भाग लिने ...

महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रधान र राणा पक्राउ

Wednesday, 15 August 2018

नुवाकोट । एक महिलालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ककनी गाउँपालिका–२ ओखरपौवाकी ३१ ...

चिनियाँ सरकारले गर्यो नेपाली प्राध्यापक झालाई सम्मान

Wednesday, 15 August 2018

काठमाडौँ– चीनको सियान सरकारले नेपाली प्राध्यापक डा.राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ नामको पुरस्कार प्रदान गरेको छ ...

कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको मृत्यु

Wednesday, 15 August 2018

रसुवा– तिब्बतस्थित कैलाश मानसरोवर गएका दुई भारतीय तीर्थयात्रीको चिनियाँ भूभागमा लेक लागि मृत्यु भएको छ । सीमा प्रहरी चौकीका प्रहरी ...

समृद्धि हासिल गर्न प्राथमिकता बदल्दै छौँ: श्रममन्त्री विष्ट

Wednesday, 15 August 2018

– नारायण न्यौपाने  काठमाडौँ– सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । ...

राउटे समुदायको फेरिँदो जीवनशैली

Wednesday, 15 August 2018

–हिक्मतबहादुर नेपाली  दैलेख– गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै ...

नुवाकोटबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना, ४० घाइते

Wednesday, 15 August 2018

नुवाकोट, ३० साउन । जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते ...

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छ : उपप्रधानमन्त्री

Wednesday, 15 August 2018

काठमाडौं, साउन ३० । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top