sangrila Bank

‘साला सिद्ध्याइदिन्छु..’ भन्दै दियोपोस्टका सम्पादक विश्वकर्मालाई व्यावसायीको धम्की (अडियोसहित)

दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मा / पर्यटन व्यावसायी राम सापकोटा

 

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई एक व्यावसायीले धम्की दिएका छन् । समाचारको विषयलाई लिएर प्रधानसम्पादक विश्वकर्मालाई हिमालयन सोसियल जर्नी सञ्चालक तथा अल्टिच्युड एयरका निर्देशक राम सापकोटाले ‘हात खुट्टा भाँचिदिने’ भन्दै अश्लिल शब्दमा धम्कि दिएका छन् । ‘मेरो विषयमा लेख्ने अधिकार छ ? त्यो गाइड पत्ता लगाइनस् भने साला.. तेरो खुट्टा भाँच्छु । कुन गाइडले भनेको भन्नु पर्छ । होइन भने तेरो मैले जानेको छु,’ सापकोटाले ९८५११३७२६७ नम्बरको मोबाइलबाट फोन गर्दैै भनेका छन्,‘तैँले प्रमाण देखाइनस् भने तेरो र मेरो वारपार शुरु भयो । मा..साला जे मन लाग्यो त्यही लेख्ने ? कहाँ बस्ने हो आजै बसुम त ।’

सापकोटाले अपशब्द बोल्दै पत्रकार विश्वकर्मालाई सिद्ध्याइदिने धम्की दिएका छन् ।

‘तैँले प्रमाण लेराइनस् भने साला हेर के गर्छु म । के को आधारमा समाचार लेखिस्,’ उनले भनेका छन्,‘तेरो र मेरो अब मुद्दा चल्छ । जे गर्नुपर्छ त्यही गरौँला ।’
प्रकाशित समाचारको विषयमा चित्त नबुझे सम्बन्धित मिडिया हाउसमा खण्डन पठाउने वा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्न कानुनी व्यवस्था छ । तर, सापकोटाले भने पत्रकार विश्वकर्मालाई ठाडै धम्की दिएका छन् ।

ठमेलमा रहेर पर्यटन व्यावसाय गर्दै आएका सापकोटाको विषयमा विहिबार दियोपोस्ट डटकममा समाचार प्रकाशन भएको थियो । पर्यटन मन्त्रालयमा उनले सञ्चालन गरेको हिमालयन सोसियल जर्नी र अल्टिच्युड एयर नामक हेलिकोप्टर कम्पनिले विदिेशी पर्यटकलाई जानाजान विरामी बनाएर चर्को शुल्क उठाउँदै आएको भन्दै उजुरी परेको थियो । उजुरी परेपछि सापकोटाको विषयमा अनुसन्धान गर्ने क्रममा उनको अकुत सम्पति जोडेको र विदेशी पर्यटकलाई गाइडले विरामी बनाएर उद्दारको नामममा चर्को शुल्क उठाउँदै आएको भन्दै दियोपोस्टमा समाचार प्रकाशन भएको थियो ।

यस्तो छ उनले धम्की दिएको अडियो

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

डा. देवकोटाको पार्थिव शरिर अन्त्येष्टिको लागी आर्यघाट लगियो !

Tuesday, 19 June 2018

काठमाडौँ । वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरिर अन्त्यष्टिका लागी आर्यघाट लगिएको छ । सोमबार राति निधन भएका ...

ओली चिन रहुन्जेल कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ईश्वर पोखरेललाई, कार्यवाहक अध्यक्षमा माधव नेपाल!

Tuesday, 19 June 2018

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली चिन भ्रमणमा निस्कनुअघि विभिन्न तिन निकायको कार्यवाहक प्रमुखको जिम्मेवारी ...

बरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन (आधिकारिक विज्ञप्तिसहित)

Monday, 18 June 2018

काठमाडौं । अन्तत ः वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । अस्पताल स्रोतका अनुसार ५ बजेर ...

किसानलाई ठग्ने चिनी मिल र क्रसर उद्योगीलाई पक्राउ गर्ने गृहमन्त्रीको तयारी

Monday, 18 June 2018

  काठमाडौँ, ४ असार । कृषकलाई उखुको रकम भुक्तानी नगर्ने चिनी उद्योग र मापदण्ड नपुगेका क्रशर उद्योगलाई कारवाही गरिने भएको ...

जनता र राज्यलाई ठगि गर्ने ईट्टाभट्टा सञ्चालक विरुद्ध धादिङका सिडिओ र एसपी एक्सनमा उत्रिए !

Monday, 18 June 2018

धादिङ । धादिङमा सञ्चालित ईट्टा भट्टाहरुले राजश्व छलिरहेको विषयमा दियोपोस्ट डटकममा समाचार प्रकाशन भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले छानबिन गर्ने ...

हिजो राणा र पञ्चायतसंग नडराएको कांग्रेस ओलीसंग डराउदैन ! हामी टुलुटुलु हेरेर बस्दैनौँ : कांग्रेस नेता खड्का

Sunday, 17 June 2018

काठमाडौं, ३ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले नेपालले भारत र चीन दुवै मित्रराष्ट्रसँग ...

दियोपोस्टलाई धम्की दिने विरुद्ध पत्रकार महासंघ बोल्यो,‘धम्की पत्रकारितामाथिको आक्रमण हो’

Sunday, 17 June 2018

काठमाडौं । दियोपोस्ट डटकमका प्रधानसम्पादक सुदीप विश्वकर्मालाई आएको धम्किको विरोधमा पत्रकार महासंघले विरोध जनाएको छ । महासंघको ललितपुर जिल्ला शाखाले ...

प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने !

Saturday, 16 June 2018

काठमाडौं । दिवंगत प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ...

नक्कली बिल बनाएर जनतालाई ठगि गर्न इट्टा भट्टा संघका अध्यक्षकै निर्देशन !

Saturday, 16 June 2018

काठमाडौं । धादिङका अधिकांश ईट्टा भट्टाहरुले सर्वसाधरण तथा भूकम्पपीडितलाई ठगी गर्न दुई बिलिङ गरेको समाचार दियोपोस्टमा यसअघि प्रकाशित भएको थियो ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top