sangrila Bank

प्रधानमन्त्री ओलीको चिन भ्रमण: विकासको ढोका खोल्ने सम्वन्धमा केकस्ता सहमति हुन सक्छ ?

रासस

हरी लामिछाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिदेखि हुने औपचारिक चीन भ्रमण महत्वपूर्ण अवसर हुने भएको छ । चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणको पृष्ठभूमि अत्यन्त सबल भएकाले महत्वपूर्ण अवसरका रुपमा लिइएको हो ।
नेपालमा नयाँ संविधान लागू भई तीनै तहको निर्वाचनपश्चात् बनेको केपी ओली नेतृत्वको सरकारलाई दुई तिहाइ समर्थन छ भने अर्कोतर्फ चीनका राष्ट्रपति सि जिङ पिङको दोस्रो कार्यकालका लागि अपार सफलतासहित नेतृत्व सम्हालिरहनुभएको छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले विसं २०७२ चैत ७ गते गर्नुभएको एक साता लामो चीन भ्रमणका अवसरमा भएका ऐतिहासिक सम्झौता र त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विसं २०७३ चैतको दोस्रो साता गर्नुभएको भ्रमणका क्रममा भएका प्रतिबद्धताको पृष्ठभूमि अत्यन्त उर्वर छ ।

के थिए विगतका सहमति रु

प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा हिल्सास्थित सीमा नाकामा चिनियाँ सहयोगमा पुल निर्माणसम्बन्धी सम्झौता, पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी ऋण तथा सहुलियतपूर्ण ऋण लिनेसम्बन्धी तीनवटा सम्झौता भएका थिए ।

त्यस्तै चिनियाँ सहयोगमा तेल तथा ग्यासको अन्वेषणको सम्भाव्यता अध्ययनसम्बन्धी सहमतिपत्र, नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौताको वार्ता आरम्भ गर्नेसम्बन्धी संयुक्त सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्र, भूकम्प प्रभावित क्षेत्रलाई ३२ हजार सौर्य प्रणाली उपलब्ध गराउनेसम्बन्धी सहयोग सम्झौता, ट्रेडमार्क दर्ता संरक्षण गर्ने विषयक समझदारीपत्र, वित्तीय तथा बैंकिङ क्षेत्रमा सहयोग आदानप्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

नेपालको पूर्वाधार क्षेत्रको विकासमा चिनियाँ सहयोग जुटाउने, दुवै पक्ष स्थल तथा हवाई सम्पर्कको विस्तार गर्ने, यातायात पूर्वाधार सुदृढ गर्न एवं सम्पर्क सञ्जालको विस्तार एवं थप सुदृढ गर्ने, अन्तरदेशीय सडक तथा रेल सञ्जाल निर्माण, अरनिको राजमार्ग, स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा ल्याउन र मर्मतसम्भार गर्न काठमाडौँ, चक्रपथको विस्तार कार्य अगाडि बढाउने सम्झौता भएको थियो ।

त्यस्तै किमाथाङ्का–खाँदबारी धनकुटा सडक, ४३४ मेगावाट क्षमताको अरुण किमाथाङ्का जलविद्युत् परियोजना विकास, अन्तरदेशीय ४०० केभी क्षमताको प्रसारण लाइन, काठमाडौँ चक्रपथमा १३२ केभी क्षमताको मोनोपोल प्रसारण लाइन निर्माण गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको थियो ।

त्यस बखत नेपालको व्यापार घाटा घटाउन चीनमा निर्यात सम्भाव्यता भएका ५०० भन्दा बढी नेपाली वस्तुलाई सहज बजार प्रवेश दिन नेपाली पक्षबाट प्रस्तुत गरिएको सूचीलाई चिनियाँ पक्षले गम्भीररुपमा लिएको थियो भने ऊर्जा व्यापारका लागि दुवै मुलुकका सम्बन्धित निकायबीच संवाद संयन्त्र स्थापना गर्ने सहमति भएको थियो ।

प्रचण्डको पालामा थप मजबुत

प्रम ओलीले चीनसँग अघि बढाएको सम्बन्ध अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पालामा थप मजबुत बन्यो । नेपालको पर्यटन व्यवसायलाई थप ऊर्जा प्रदान गर्न तथा चिनियाँ पर्यटकबाट नेपालले फाइदा लिनसक्ने वातावरण निर्माण गर्न पर्यटक व्यवसायीलाई चिनियाँ भाषा, तालीमलगायत पर्यटन क्षेत्रमा सहयोग गर्ने सहमति भएको थियो । यी उपलब्धिलाई ऐतिहासिक भएको उल्लेख गर्दै विसं २०७३ को चैत दोस्रो साताको चीन भ्रमणमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले थप मूर्तता दिनुभएको थियो ।

उल्लिखित सम्झौताका कतिपय विषय कार्यान्वयनमा आएका छन् भने कतिपय सहमति तथा सम्झौता कार्यान्वयनमा लैजानका लागि महत्वपूर्ण अवसरका रुपमा यो भ्रमण हुन लागेको हो । यस्तो उर्वर पृष्ठभूमिमा प्रधानमन्त्री ओलीको भ्रमणले महत्वपूर्ण अर्थ राख्नुका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नाराको मर्मलाई सार्थक बनाउने सुअवसरका रुपमा लिएको हो । त्यस बखत भएका सम्झौतालाई थप क्रियाशील एवं कार्यान्वय गर्ने प्रमुख एजेण्डा रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिनुभएको छ ।

यसपटक के होला

प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा चीनको स्वशासित क्षेत्र तिब्बतको राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा सीमा नाका खोल्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनाका साथै केरुङ–काठमाडौँ रेल मार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसपटकको भ्रमण उपलब्धिमूलक र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आपसी समझदारीले नेपालको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हिमालयन वारपार रेल्वेसम्बन्धी सम्झौतामा हस्तारक्षर हुनेछ, यो सबैभन्दा महत्वपूर्ण पहल हो, जसले पारस्परिक सहयोगको क्षेत्रमा नयाँ युगको शुरुवात गर्नेछ ।” चिनियाँ राष्ट्रपति सीसँगको शिष्टाचार भेटवार्ता र प्रधानमन्त्री लीसँगको द्विपक्षीय भेटवार्तामा लगानी तथा सहयोगका विषयमा विचार विमर्श हुनेछ ।

नेपालले चीनलाई भरपर्दो छिमेकीका रुपमा लिएकाले पनि दुई नेताबीच सौहार्दपूर्ण छलफलले दुई देशबीच रहिआएको सम्बन्धलाई थप प्रगाढ हुने विश्वास लिएको हो ।

भ्रमण दलमा को-को ?

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुनेछ ।

यो स्तरको भ्रमण तयारी भएकाले सम्बन्धित मन्त्रालयका विविध विषयमा विमर्श हुने र त्यसले नयाँ उचाइ लिने विश्वास लिइएको हो । इनर्जी कोअपरेशनभित्र जलविद्युत् परियोजना तथा ट्रान्समिसन लाइनसम्बन्धी छवटा सम्झौता हुने सम्भावना छ ।

गृह मन्त्रालयअन्तर्गत तीनवटै सुरक्षा निकायलाई भौतिक तथा प्राविधिकरुपमा सुदृढ गराउने, सीमा सुरक्षा तथा विपद् व्यवस्थापनका विषयमा उच्चस्तरीय छलफल हुने सम्भावना छ । यसले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ट्रान्सहिमालयन रेलवे निर्माण, पूर्वाधार निर्माण र सडक पूर्वाधारका महत्वपूर्ण सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । त्यस्तो समझदारीले दुई देशबीच आपसी पारवहन तथा आदानप्रदानलाई नयाँ युगमा पुर्याउनेछ ।

प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा निजी क्षेत्रको ठूलो सहभागिता हुने भएको छ । यसले भ्रमणलाई थप उत्साहित बनाएको छ । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका अध्यक्षसहितको यसपटक चीन भ्रमणमा जाने भएकाले थप महत्व पाएको हो । यसपटक नेपाल र चीनका निजी क्षेत्रबीचमा रु दुई खर्बभन्दा बढीको लगानी सम्झौता हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न नमिल्ने तर आवश्यकता अनुसार संसोधन गर्न सकिने शिक्षा मन्त्री पोखरेलको भनाई

Thursday, 19 July 2018

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणी पोखरेलले चिकित्सा शिक्षा विधेयक संसदमा दर्ता हुने जिकिर गरेका छन । लामो समयदेखी चिकित्सा शिक्षा विधेयक ...

के छोरी जन्माउनु गल्ती हो ?

Thursday, 19 July 2018

इनरुवा , सुनसरी जिल्लाको दुहबी नगरपालिका–६ कि राधा साह छोरी जन्मिएकोमा दुई वर्षदेखि घरेलु हिंसाबाट पीडित भएका छन् । सुनसरीको ...

अपडेटः रुकुम दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, ४ जना गम्भिर घाईते (नामावलि/फोटोफिचर)

Wednesday, 18 July 2018

काठमाडौँ । रुकुम जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । वुधबार दिउसो रुकुमकोटबाट धौलापैरा जाँदै गरेको लु १ ...

पहिरोको वितण्डा: गोरखामा एकै घरका तिनजनाको मृत्यु, पर्वतका २५ घर उच्च जोखिममा !

Wednesday, 18 July 2018

काठमाडौँ । अविरल वर्षासहित आएको पहिरोले गोरखामा एकै घरका तिनजनाको मृत्यु भएको छ । गोरखाको शहिद गाउपालिका ६ अँधेरीमा स्थानिय ...

३८ क्विन्टल सुन तस्करीमा पर्यटन व्यावसायी समेत, यी हुन् ‘गोरे’का अर्का सहयोगी !

Tuesday, 17 July 2018

काठमाडौं । ३८ क्विन्टल सुन तस्करीमा मुछिएका एक पर्यटन व्यावसायी डेढ महिनादेखि फरार छन् । धादिङ घर भएका कान्तिपुर होलिडेज ...

पत्रकारको दुई करोड कुम्ल्याएर हिमालय टिभीका साहु बाबु/छोरा भाग्न खोजेपछि बबाल !

Monday, 16 July 2018

  काठमाडौं । आठ वर्षसम्म टेलिभिजनको ब्रान्ड स्थापित गर्न श्रम पसिना बगाएका पत्रकार तथा कर्मचारीहरुको पाकेको सुविधासमेत पोको पाकेर हिमालय ...

प्रधानमन्त्री ओलीको भावुक कविता, “म मरे पनि सपना देखिरहन पाउँ”

Sunday, 15 July 2018

काठमाडौं, असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै ...

ट्रेड युनियन कांग्रेस अध्यक्ष आचार्य भन्छन्,‘हान र मजदुर संगठनबीचको सम्झौता खारेज गर्नुपर्छ’

Saturday, 14 July 2018

काठमाडौं । नेपाली कांग्रेस निकट ट्रेड युनियन संगठन नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले होटल सञ्चालक र केही मजदुर ...

अछाममा ८ वर्षिया बालिका बलात्कृत !

Saturday, 14 July 2018

अछाम–साँफेबगर नगरपालिका–११ देवीस्थानका २१ वर्षीय रेवन्त दासले आठ वर्षीया बालिकालाई पानी माग्ने निहुँमा बलात्कार गरेका छन् । बालिकाका आफन्त रोपाइँ ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top