sangrila Bank

उपेन्द्र देवकोटाको सम्झनामा बाबुरामको १५६ शब्द !! “ईतिहासमा तिमि अमर भएका छौ, तिम्रो जय होस”

काठमाडौँ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको देहावसानमा शोक व्यक्त गरेका छन । सोमबार राति निधन भएका देवकोटालाई सम्झिदै भट्टराईले देवकोटा जस्तो प्रतिभावान व्यक्तिसंग संगत गर्न पाउदा आफ्नो जीवनमा पनि ठुलो योगदान पुर्याएको बताए । किशोरावस्थादेखी साथ, संगत र प्रतिस्पर्धाले आफ्नो जीवनमा पनि ठुलो प्रभाव पारेको भट्टराईले स्मरण गरेका छन ।
भट्टराईले सामाजिक संजालमार्फत देवकोटा र आफ्नो सम्वन्धको बारेमा बताउदै उनको देहावसानले मर्माहत तुल्याएको उल्लेख गरेका छन । दुईजनाबिच को विषयलाई लिएर थुप्रै सामाजिक जिज्ञासा र भ्रमहरु भएतापनि सामाजिक उन्नतीको लागी दुबैले उल्लेखनिय योगदान पुर्याएको उनले बताए । जीवनको छोटो कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसकिने सबै काम देवकोटाले गरेको र नेपाली इतिहासमा एक अमर व्यक्तिको रुपमा स्थापित भएको उनले बताए ।

सामाजिक संजालमा बाबुरामको स्ट्याटस
अन्तिम विदाइ, प्रिय उपेन्द्र ।

आज अन्तिम पटक तिम्रो भौतिक शरीरसंग विदा लिंदा मेरा मनमष्तिष्कमा हामी दुवै जना १० देखि १८ वर्षको किशोरावस्थामा सहपाठी हुँदाका अत्यन्त भावमय अनुभूतिहरूको स्मरण गरिरहेछु । तिमी जस्तो मेधावी र बहुप्रतिभासम्पन्न सहपाठीसंगको प्रतिस्पर्धापूर्ण सहकार्य र सहयात्राले आफ्नो जीवनमा ठुलो योगदान पुर्याएकोमा गर्वको अनुभूति गर्दैछु । तिमीप्रति अन्तरहृदयैदेखि कृतज्ञता व्यक्त गर्दछु ।

हाम्रो सम्बन्धवारे थुप्रै सार्वजनिक जिज्ञासा र चासो ( केही भ्रम पनि ) रहे पनि त्यसले हामी दुवैको विकासमा र अन्ततः देश र समाजको उन्नतिमा सकारात्मक योगदान पुर्याएको मान्दछु। हाम्रो स्वस्थ प्रतिस्पर्धा एक अर्कालाई तल तान्ने भन्दा पनि एक अर्का भन्दा अघि बढ्ने वा माथि उठ्ने प्रकृतिको थियो र त्यसैले सबैलाई लाभ पुर्याएको थियो भन्ने ठान्दछु । यसवारे कसैले थप अनुमानको खेती नगरून् भन्ने पनि आग्रह गर्दछु ।

तिम्रो जीवन अत्यन्त सफल छ । तिमी अमर भएका छौ । एउटा मान्छेको छोटो जीवन कालखण्डमा समाज, देश र मानवजातिलाई गर्नुपर्ने र गर्नसक्ने काम तिमीले गरेकाछौ । तिम्रो सहपाठी र समकालीन सहयात्रीहरू सबै तिमी प्रति गौरवान्वित छौं, आभारी छौं, ऋणी छौं । तिम्रो जय होस् ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

मिर्गौला झिकी आफ्नो बाबुलाई प्रत्यारोपण गराएका आशिष पक्राउ

Friday, 20 July 2018

भक्तपुर । झुक्याएर मिर्गौला झिकी आफ्नै बाबुलाई प्रत्यारोपण गराउने मुख्य अभियुक्त मानिएका २४ वर्षीय आशिष बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ...

सप्तरीमा राजपाद्वारा प्रदर्शन र चक्काजाम, औषधालयमा तोडफोड

Friday, 20 July 2018

राजविराज । मलेठ घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै आज यहाँ प्रदर्शन र चक्का जाम गरी विरोध ...

राष्ट्रियता र स्वाधीनताका पक्षमा लड्ने नेता पुष्पलाल स् नेता नेपाल

Friday, 20 July 2018

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रियता, स्वाधीनता र हस्तक्षेपका विरुद्धमा आजीवन लड्ने नेताका रुपमा ...

स्थिरताको वातावरण बिगार्नेको प्रतिवाद गर्न प्रचण्डको आग्रह

Friday, 20 July 2018

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्थिरतामा रमाउनेहरुले मुलुकमा स्थिरताको वातावरण बिगार्न लागेकाले त्यसको प्रतिवाद गर्दै समृद्धिको ...

टानद्वारा पर्यटन उद्धार छानविन समितिको स्वागत

Friday, 20 July 2018

काठमाडौँ । उद्धार क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले ‘पर्यटन उद्धार छानविन समिति’ गठन गरेकोमा ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल ...

पाँचौं राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाडमा १७ विद्यार्थी

Friday, 20 July 2018

काठमाडौँ । साउन १८ देखि २५ गतेसम्म सञ्चालन गरिने पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड २०१८ को तेस्रो चरणको बन्द शिविरका लागि ...

प्रचण्डको निजी सचिावलयले गर्यो समाचारको खण्डन

Friday, 20 July 2018

काठमाडौँ– डा। गोविन्द केसीको मागप्रति नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम जोडर विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको उनको ...

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

पर्यटक आगमनमा तेह्र प्रतिशतले वृद्धि, छ महिनामै पाँच लाखले गरे भ्रमण

Friday, 20 July 2018

रमेश लम्साल /सिबी अधिकारी  काठमाडौं । सन् २०१८ को पहिलो छ महिनामा पाँच लाख २० हजारभन्दा बढी बाह्य पर्यटकले नेपाल ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top