sangrila Bank

विश्वकपमा आज चार खेल हुँदैः स्पेन सहज स्थितिमा, जित्नै पर्ने दबाबमा पोर्चुगल !

काठमाडौँ । विश्वकपमा आज देखी समुह चरणको सबै खेल सकिँदै छ । सबै समुहका सबै टोलीले २–२ खेल खेलिसकेका छन । कुल ६४ खेलमध्य २८ खेल भईसकेको छ भने आजको खेलपछि नकआउट चरणको खेल शूरु हुनेछ । आज हुने खेललाई विशेष रुपमा हेरिएको छ । समुह ए को दुई खेल र समुह बि को दुई खेल गरि कुल चार खेल आज हुनेछन ।

आयोजक टिम रसिया र उरुग्वे बिच हुने खेल खाशै महत्वका रुपमा लिईएको छैन किनभने रसिया र उरुग्वे नकआउट चरणमा प्रवेश गरिसकेका छन । आयोजक रुसले पहिलो खेलमा नै साउदी अरबमाथि ५–० गोलअन्तरले जित हाँसिल गरेको थियो भने दोस्रो खेल ईजिप्ट संग ३–१ ले विजयी भएको थियो । अंकतालिकाको शीर्ष स्थानमा रहेको रुस २ खेलमा दुबै जीत दर्ता गर्दै कुल ६ अंक बटुलेको छ ।

आज हुने पहिलो खेल रुस र उरुग्वे बिच हुदैँ छ । अहिले सम्मको यात्रामा रुसले पहिलो बलियो प्रतिद्वन्दीको रुपमा उरुग्वे परेको छ । साउदी अरेविया र ईजिप्ट दुबै कमजोर टिम भएकोले सहज जित निकाल्न सफल भएको रुसलाई आजको खेलले मापन गर्न सक्छ । चर्चित फुटबल क्लब बार्सिलोनाका स्ट्राईकर लुईज स्वारेजले नेतृत्व गरेको उरुग्वे आज हुने खेलमा जित हाँसिल गर्दै समुहको शीर्ष स्थानमा रहने दाउमा रहेको छ । दुई खेल खेलेको उरुग्वेले दुबै खेलमा जीत हाँसिल गर्दै कुल ६ अंक बटुलेको छ । कुल अंकको हिसाबमा रसिया र उरुग्वेको समान अंक रहेतापनि गोलअन्तरको कारणले रसिया शीर्ष स्थानमा रहेको छ । आज हुने खेलमा रसियालाई हराउन सके उरुग्वे समुह विजेता बन्ने छ । खेल नेपाली समय अनुसार राति ७ः४५ बजे हुनेछ ।

अर्को खेल सोही समयमा ईजिप्ट र साउदी अरेविया बिच हुनेछ । दुबै टिम समुह चरणबाट बाहिरिए पनि आजको खेल प्रतिष्ठाको लागी मात्रै हुनेछ । पहिलो खेल रसिया संग हारेको साउदी अरबले उरुग्वे संग १–० ले पराजित भएपछि समुह चरणबाट बाहिरिएको हो । त्यस्तै ईजिप्टले उरुग्वे संग १ गोल तथा रसिया संग ३–१ ले हार व्यहोरेको थियो ।

पोर्चुगल र ईरान बिच आज हुने खेललाई मुख्य आकर्षकको रुपमा हेरिएको कारण पोर्चुगललाई आजको खेल जसरी पनि जित्नै पर्ने दवाव रहेको छ । स्पेन, पोर्चुगल, मोरक्को र ईरान गरि चार देश रहेको समुह बि बाट मोरक्को बाहिरिसकेको छ । पोर्चुगल र स्पेन समान चार अंकका साथ क्रमश पहिलो र दोस्रो स्थानमा रहेका छन । एक बराबरी र एक जित सहित पोर्चुगल र स्पेनले समान ४ अंक बटुलेका छन भने १ जित र १ हार गरी कुल ३ अंकका साथ ईरान तेस्रो स्थानमा रहेको छ ।

अंकतालिका अनुसार आज हुने खेलमा पोर्चुगललाई जसरि पनि जित्नै पर्ने दबाब रहेको छ । ईरान पोर्चुगललाई रोक्ने दाउमा छ भने पोर्चुगल जसरी पनि जित्ने लयमा उत्रिएको छ । शुरुवाती खेलहरुमानै आफ्नो क्षमता राम्रैसंग देखाएका पोर्चुगल स्ट्राईकर क्रिस्टियानो रोनाल्डो आजको खेलमा पनि चम्किने दाउमा रहेका छन । आज हुने खेलमा यदी पोर्चुगललाई रोक्न ईरान सफल भयो भने पोर्चुगल नकआउट चरण सम्म जानको लागी अयोग्य हुने छ । ईरानले पोर्चुगललार्य बराबरमा रोक्न सके अन्तिम १६ सम्मको यात्रा तय गर्न सफल हुने छ । स्पेनको हकमा पनि त्यत्ति साह्रो दबाब छैन । मोरक्को समुह चरणबाट नै बाहिरिएको कारणले स्पेनलाई दबाब नपरेको हो । यद्यपी खेलकाे नतिजा जित या बराबरी भएपिन स्पेन अन्तिम १६ मा सहज रूपमा पुग्न सफल हुनेछ। दुई खेल एकै समय राति ११ः४५ मा हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

एसियाली खेलकूदमा नेपालको सहभागिता, के यो पटक स्वर्ण पदक जित्ला ?

Wednesday, 18 July 2018

–मुना कार्की काठमाडौँ– एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका ...

यी हुन मुगुका १७ किशोरी जसले अन्तराष्ट्रिय फुटबलमा नेपालको गौरव बढाए

Wednesday, 18 July 2018

काठमाडौँ– कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

Monday, 16 July 2018

–कुमार चौलागार्इं काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले ...

विश्वकपको उपाधी फ्रान्सलाई, कुन खेलाडीलाई के उपाधी ?

Monday, 16 July 2018

दीयोपोष्ट संवाददाता काठमाडौँ । विश्वकप २०१८ को उपाधी फ्रान्सले प्राप्त गरेको छ । आईतबार राति सम्पन्न भएको विश्वकप २१ औँ ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

सबिना र करिश्माले पाए तेक्वान्दोमा स्वर्ण

Saturday, 14 July 2018

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक ...

यस्तो छ रसियामा जारी विश्वकप महाकूम्भमा खेलिने ‘फूटबल ’को रहस्य !

Wednesday, 11 July 2018

काठमाडौँ । हरेक विश्वकप खेलमा केही न केही प्राविधिक विषय परिवर्तन गरिएकै हुन्छ । विश्वकप फुटबलमा सबैभन्दा प्रभाव पार्ने सामाग्री ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top