sangrila Bank

चितवनको स्थानिय तहको बजेट ७ अर्बको हाराहारिमा

नारायण ढुंगाना

चितवन, ११ असार । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड ६६ लाखको बजेट विनियोजन गरेको छ ।

जिल्लामा एउटा भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, राप्ती र कालिका गरी पाँच नगरपालिका र एक इच्छाकामना गाउँपालिका छ ।

महानगर र नगरपालिकाका सबैले बजेट प्रस्तुत गरेपनि इच्छाकामना गाउँपालिकाले आइतबार औपचारिक रुपमा बजेट घोषणा गर्न भने सकेन । गाउँपालिकाको बजेट ३५ करोडको हाराहारीमा रहेपनि प्रस्तुत गर्न भने बाँकी रहेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिईन् ।
उनका अनुसार बजेट तयारी भएपनि अहिले वडा भेला चलिरहेकाले यही असार १५–१६ मा औपचारिक घोषणा गरिने छ ।

चितवनको भरतपुर महानगरपालिकाले ८७ बुँदे नीति तथा कार्यक्रमसहित कूल ३ अर्ब ३४ करोड ५ लाखको बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाका उपप्रमुख पार्वती शाहद्वारा प्रस्तुत बजेटअनुसार चालू खर्चतर्फ १ अर्ब ७० करोड र ४९ लाख रहेको छ भने पूँजिगत खर्चतर्फ १ अर्ब ६२ करोड ५६ लाख बजेट विनियोजन भएको छ । वित्तीय व्यवस्थापनतर्फ १ करोड रहेको छ ।

रत्ननगर नगरपालिकाले ५१ बुँदे नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि ८४ करोड ५४ लाखको बजेट पारित गरेको छ जसमा आन्तरिक आय १० करोड ५८ लाख, सामाजिक सुरक्षा कार्यक्रम १२ करोड, संघीय सरकारबाट सशर्त अनुदान २६ करोड ७८ लाख, वित्तीय सामान्यीकरणतर्फ १२ करोड २ लाख तथा राजस्व बाँडफाँडतर्फ ९ करोड ५० लाखको बजेट रहेको छ ।

यस्तै, प्रदेश सरकारबाट सशर्त अनुदान ४ करोड ९६ लाख, वित्तीय सामान्यीकरणतर्फ ९० लाख र राजस्व बाँडफाँडमा १ करोड, सडक बोर्डबाट ७० लाख एलजी सिडिपी कार्यक्रमतर्फ १० लाख बजेट राखिएको छ ।

खैरहनी नगरपालिकाले आगामी वर्षका लागि ६२ करोड ३१ लाख ९१ हजारको बजेट ल्याएको नगरप्रमुख लालमणि चौधरीले जानकारी दिए ।

यता, राप्ती नगरपालिकाले भने आगामी वर्षका लागि ५१ करोड २० लाखको बजेट पारित गरेको छ । आन्तरिक आम्दानी ४ करोडसहित सशर्त अनुदान झण्डै २० करोड, राजस्व बाँडफाँडतर्फ झण्डै ११ करोड, सामान्यीकरणतर्फ साढे १६ करोडको बजेट पारित भएको छ ।

कालिका नगरपालिकाको दोस्रो नगरसभाले आर्थिक वर्ष २०७५र७६ का लागि ४९ करोड १८ लाख ६२ हजार बराबरको आयव्यय प्रस्तुत गरेको छ ।
सो बजेटमा आम्दानीतर्फ आन्तरिक राजश्व २ करोड, नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १४ करोड २६ लाख, सामान्यीकरण अनुदान १३ करोड ५७ लाख, प्रदेशसभाबाट प्राप्त हुने सशर्त अनुदान ८२ लाख ३१ हजार र सामान्यीकरण अनुदान २ करोड ५५ लाख ९३ हजार रहेको छ ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड ८ करोड ६७ लाख ३८ हजार, शान्ति सुरक्षा भत्ता अनुदान ७ करोड र सडक बोर्डबाट प्राप्त हुने अनुदान ३० लाख रहेको छ ।
माडी नगरपालिकाले भने ९० करोड ३८ लाखको बजेट विनियोजन गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीले नेपाल सरकारबाट ३० करोड, प्रदेश सरकारबाट २ करोड, आन्तरिक आम्दानी करिव २० करोड बजेट बेहोरिने जानकारी दिए ।
अन्य रकम भने विभिन्न ठाउँबाट अनुदानित कार्यक्रमहरु आउने अनुमानसहित ९० करोड ३८ लाखको बजेट विनियोजन भएको जानकारी दिए ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आन्तरिक राजश्व कार्यालय विराटनगरले संकलन गर्यो ५ अर्ब २१ करोड

Wednesday, 18 July 2018

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व ...

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड

Tuesday, 17 July 2018

भक्तपुर– भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक ...

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट १९ करोड

Tuesday, 17 July 2018

लहान , सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि रु १९ करोड ३८ लाख ...

आठ अंकले बढ्यो शेयर बजार

Sunday, 15 July 2018

काठमाडौँ– बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल ...

तुलसीपुर उपमहानगरपालिकाको बजेट पारित

Monday, 9 July 2018

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो ...

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन ः नरबहादुर थापा

Thursday, 5 July 2018

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित ...

साँग्रिला विकास बैँकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

Monday, 2 July 2018

काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/०७४ को आर्थिक विवरणहरु ...

नेपाल वायुसेवा निगमले भित्र्यायो २७४ सिट क्षमताको ‘वाईडबडी’ विमान !

Thursday, 28 June 2018

सिवी अधिकारी÷काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय ...

दुध नबिकेपछि झापाका किसान समस्यामा, ३०० किसानले उत्पादन गरेको दुध सडकमा फालियो

Sunday, 17 June 2018

बनियानी । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top