sangrila Bank

चार मिनेटमा यसरी भयो मेसीको सपना चकनाचुर……..

बीबीसी । विश्वकप फूटबलको पहिलो चरणको नकआउट प्रतियोगितामा फ्रान्सले अर्जेन्टिनालाई ४–३ को अन्तरले पराजित गरिदिएको छ ।

यो निकै रोमान्चक खेलमा ७ गोल देख्ने अवसर दर्शकले पाए । खेलको हाफ समयसम्म दुवै टिमको १–१ गरी बराबरीमा थिए । दोस्रो हाफमा एक पटक पछि हटेपछि फ्रान्सले आक्रमक खेल्दै ३ गोल दागीदियो । यस्तोमा २ गोल किलियन बप्पेले गरे ।

खेलको इन्जरी टाइममा अर्जेन्टिनाका एग्युरोले गोल गरे तर त्यतिबेला खेल आफ्नो हातबाट बाहिर गइसकेको थियो ।

पेनाल्टीबाट पहिलो गोल

म्याचको शुरुवातमै फ्रान्स अर्जेन्टिनामाथि हावी भएको थियो । खेलको नवौँ मिनेटमा नै फ्रान्सका फरवार्ड खेलाडी एन्टोनी ग्रिजमेनको सट गोलपोष्टमा ठोकिएर फिर्ता आएको थियो । ११ औँ मिनेटमा मार्को रोजोले अर्जेन्टिनाको बक्समा फ्रान्समा मिडफिल्डर किलियन बप्पेलाई फाउल गरेर ढलाएका थिए । परिणाम स्वरुप फ्रान्सले पेनाल्टी पाएको थियो । खेलको १३ औँ मिनेटमा एन्टोनी ग्रिजमेनले पेनाल्टीलाई गोलमा परिणत गर्दै आफ्नो टिमलाई सफलता दिलाए ।

त्यसपश्चात भने अर्जेन्टिनाले आफ्नो पकड बनाउन शुरु गर्यो र खेलको ४१ औँ मिनेटमा अर्जेन्टिनाका मिड फिल्डर एन्जेल डि मारियाले ३० गजको दूरीबाट निकै लामो गोल गरी खेल बराबरीमा पुर्याए । डि मारियाको यो प्रतियोगिता भरीकै दोस्रो गोल थियो ।

दोस्रो हाफको ४८ औँ मिनेटमा मेसीले दिएको पासमा मर्काडोले गोल गरी अर्जेन्टिनाको २–१ बनाई खेलको अग्रता कायम भएको थियो तर ८ मिनेट पश्चात नै फ्रान्सले पनि दोस्रो गोल गरिदियो र आफ्नो टिमलाई बराबरीमा पुर्यायो ।

खेलको ५७ औँ मिनेटमा फ्रान्सका दोस्रो गोल डिफेन्डर बेन्जामिन पावर्डले गरेका थिए । विश्वकपका लागि पावर्डको यो पहिलो गोल थियो ।

चार मिनेटमा बप्पेको डबल गोल

यसपश्चात फ्रान्स खेलमा हावी हुँदै गयो । र खेलको ६४ औा मिनेतमा मिड फिल्डर किलियन बप्पेले अर्जेन्टिनाको गोलकिपर फ्रान्को अर्मानीलाई छक्याउँदै महत्वपूर्ण गोल गर्दै आफ्नो टिमलाई ३–२ को अग्रता दिए । चार मिनेट पश्चात बप्पेल नै एक पटक फेरी शानदार फिल्ड गोल गरे यसको साथै फ्रान्सको अग्रतासहित ४–२ भयो ।

खेलको ८४ औँ मिनेटमा लियोनल मेसीले सानदार प्राहार त गरे तर गोलको रुपमा परिणत हुन सकेन । ९० मिनेटको खेल अन्त्य भएपछि ४ मिनेटको समय थपिएको थियो । तेस्रो मिनेटमा अर्जेन्टिनाको फरवार्ड खेलाडी सर्गियो एग्युरोले आफ्नो टिमका लागि तेस्रो गोल गरे । तर यो गोलपश्चात अर्जेन्टिनाको टिमले गोल गर्न सकेनँ । यसको साथै सन् २०१८ को विश्वकपमा मेसीको टिम हारको यात्रामा भाँसिएको छ ।

अर्जेन्टिनाको कप्तान वा सबैभन्दा बलिया खेलाडी लियोनल मेसीले यो भन्दा अघि ३ वटा विश्वकप खेलिसकेका छन् । तर, नकआउट स्टेजमा उनको खेल जहिले पनि खराब नै रहयो । मेसीले नकआउट स्टेजमा अहिलेसम्म एक गोलपनि गरेका छैनन् । यो हारसँगै विश्वकमप यात्राबाट अर्जेन्टिना बाहिरिएको छ । यता जितसँगै फ्रान्सको टिम क्वाटर फाइनलमा प्रवेश गरेको छ । फ्रान्सले अब उरुग्वे र पोर्जुगलसँग भिड्नुपर्ने छ जो नकआउट विजेता हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

पुर्व खेलकुदमन्त्री भन्छन, “खेलकुद विकासको गुरुयोजनालाई तत्काल कार्यन्वयन गरेमात्र खेल क्षेत्रको वेथिति हट्छ”

Friday, 20 July 2018

काठमाडौँ । नेकपाका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद मन्त्री दलजित श्रीपालीले खेल क्षेत्रमा भएको अव्यवस्थित वातावरणलाई हटाउनको लागी तत्काल गुरुयोजनालाई ...

एसियाली खेलकूदमा नेपालको सहभागिता, के यो पटक स्वर्ण पदक जित्ला ?

Wednesday, 18 July 2018

–मुना कार्की काठमाडौँ– एसियाली महादेशको सबैभन्दा ठूलो प्रतियोगिताका रुपमा मानिएको १८औँ एसियाली खेलकूदमा यसपटक नेपालबाट चार नयाँ खेलले स्थान पाएका ...

यी हुन मुगुका १७ किशोरी जसले अन्तराष्ट्रिय फुटबलमा नेपालको गौरव बढाए

Wednesday, 18 July 2018

काठमाडौँ– कर्णाली प्रदेशको हिमाली क्षेत्र मुगुका विभिन्न गाउँमा जन्मिएर स–साना हिउँका ढिक्कालाई फुटबल बनाएर लड्दै खेल्दै हुर्केका १७ जना किशोरीले ...

राष्ट्रिय क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा !!

Wednesday, 18 July 2018

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन । राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी गौचनले ...

रुसबाट बिदा भयौँ, कतारमा भेटौँला

Monday, 16 July 2018

–कुमार चौलागार्इं काठमाडौँ– एक्काइसौँ संस्करणको विश्वकप फुटबल प्रतियोगिता आइतबार राति सम्पन्न भएको छ । फाइनल खेलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले ...

विश्वकपको उपाधी फ्रान्सलाई, कुन खेलाडीलाई के उपाधी ?

Monday, 16 July 2018

दीयोपोष्ट संवाददाता काठमाडौँ । विश्वकप २०१८ को उपाधी फ्रान्सले प्राप्त गरेको छ । आईतबार राति सम्पन्न भएको विश्वकप २१ औँ ...

विश्वकप २०१८ को अन्त्य आज हुँदै: को बन्ला विजेता, फ्रान्स या क्रोएशिया !

Sunday, 15 July 2018

काठमाडौँ । एक महिना देखी जारी विश्वकपको टुंगो आज लाग्दै छ । मस्कोस्थित लुझ्निकी रंगशालामा आईतबार राति हुने खेलले विश्वको ...

सबिना र करिश्माले पाए तेक्वान्दोमा स्वर्ण

Saturday, 14 July 2018

काठमाडौं, असार ३० । नेपालकी सबिना लामा र करिश्मा घर्तीमगरले छैटौं दक्षिण एसियाली तथा आमन्त्रित आइटीएफ तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्णपदक ...

यस्तो छ रसियामा जारी विश्वकप महाकूम्भमा खेलिने ‘फूटबल ’को रहस्य !

Wednesday, 11 July 2018

काठमाडौँ । हरेक विश्वकप खेलमा केही न केही प्राविधिक विषय परिवर्तन गरिएकै हुन्छ । विश्वकप फुटबलमा सबैभन्दा प्रभाव पार्ने सामाग्री ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top