sangrila Bank

हजारौँ दर्शक र घरेलु मैदानको सहायताले स्पेनको अपराजित यात्रा भङग गर्ने दाउमा रसिया

काठमाडौँ । सन २०१० को विश्वकप विजेता स्पेन र आयोजक रसियाविच आईतबार बेलुकी घमसान फुटबल युद्ध हुने देखिएको छ । यस सिजनमा अपराजित टोलीको रुपमा रहेको स्पेनलाई पराजित गर्नको लागी लुझ्निकी रंगशाला र त्यहाँका दर्शक रसियाको निम्ति हतियारका रुपमा रहेको छ ।

आज हुने खेलमा एकपटकको विश्वकप विजेता स्पेनले रसियाको टोली सहित हजारौँ घरेलु दर्शकहरुको सामना गर्नेछ । समहु बि विजेताको रुपमा नकआउट चरण प्रवेश गरेको स्पेनले पोर्चुगल र मोरक्कोसंग बराबरी खेल खेल्दै ईरानलाई १–० गोलअन्तरले पराजित गरेको हो । त्यस्तै समुह ए को विजेताको रुपमा रहेको आयोजक रसियाले साउदी अरब र ईजिप्टमाथि सानदार जित दर्ता गर्न सफल भयो भने उरुग्वेसंग ३–० ले स्तव्ध भयो ।

स्पेनका खेलाडीहरु उच्च फर्ममा रहेतापनि उत्कृष्ठ गोलरक्षा र डिफेन्डर नहुँदा केही कमजोरी देखिएको छ । चर्चित फुटबल क्लब रियल मड्रिडका जबरदस्त डिफेन्डर सर्जियो रामोस र अर्का उत्कृष्ठ रक्षक जेरार्ड पिकेले उल्लेख्य प्रदर्शन गर्न सकेका छैनन । रसिया संग आज हुने खेलको मिडफिल्डमा ईनिएस्टा, वुस्केट्स लगायतका खेलाडीहरु हुनेछन भने स्ट्राईकरमा डिएगो कोस्टा तथा एसेन्सियो लगायतका खेलाडीहरु रहेतापनि उत्कृष्ठ प्रहारहरु अहिलेसम्मको खेलमा हुन सकेन ।

यता घरेलु दर्शक र घरेलु मैदानको सहायताले स्पेनको यात्रालाई रोक्ने भरपुर प्रयास गर्ने तयारीमा आयोजक रसिया तयारी अवस्थामा रहेको प्रशिक्षकले बताएका छन । सन १९३० को विश्वकपबाट डेब्यु गरेको रसियाले अहिलेसम्म समुह चरण पार गर्न सकेको छैन ।
आज हुने खेलमा रसियाका स्मोलनिकोभले उरुग्वेविरुद्ध पाएको रातो कार्डका कारण आजको खेल गुमाउनेछन्। मारियो फर्नान्डेस राईट ब्याकमा देखिनेछन् । रसिया र स्पेन आम्नेसाम्ने भएको यो सहित छैठौँ पटक हो जसमा स्पेनले चार जित र दुई बराबरी खेलेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

यी हुन मनग्य आम्दानी गर्ने नेपाली खेलाडी जो खेलबाटै मासिक लाखौँ कमाउँछन

Saturday, 22 September 2018

काठमाडौँ, ६ असोज । खेलकुदमा लागेर नेपालमा जीवन धान्न गाह्रो छ भन्ने अधिकांश खेलाडीको गुनासो छ । हुन पनि पुर्वाधारको ...

खेल टिमका अर्बपति मालिकहरु !

Saturday, 22 September 2018

काठमाडौं, असोज ६ । मानिसका थरीथरीका सोख हुन्छन् । यसको निर्धारण चाँही पैसाले गर्दोरहेछ । अझ विश्वका धनाढ्यहरुको त कुरै ...

च्याम्पियन्स लिगमा मेसीको नयाँ कीर्तिमान

Thursday, 20 September 2018

काठमाडौँ, ४ असोज । बार्सिलोनाका स्टार खेलाडी लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगतामा सर्वाधिक ह्याट्रिकको नयाँ रेकर्ड राखेका छन ...

शहीद स्मारक ए डिभिजन लिगः पहिलो खेलमा एनआरटी र आर्मी भिड्ने (खेलतालिकासहित)

Wednesday, 19 September 2018

  कुमार चौलागाई काठमाडौँ, ३ असोज । यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन ...

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ...

एएफसी यू–१६ महिला च्याम्पियनसिपः नेपालले आज फिलिपिन्ससँग भिड्ने !

Wednesday, 19 September 2018

काठमाडौँ, असोज ३ । एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ ...

एसिया कप क्रिकेटः वंगलादेशसंग नमिठो हार व्यहोर्दै श्रीलङ्का प्रतियोगिताबाट बाहिरियो

Tuesday, 18 September 2018

  अबुधाबी, २ असोज । अफगानिस्तानले एसिया कप क्रिकेटमा पाँच पटक च्याम्पियन भइसकेको श्रीलङ्कालाई सोमबार ९१ रनले पराजित गरेको छ ...

एसिया कप क्रिकेटः आज हङकङ र भारत भिड्दै, हङकङलाई बढी चुनौती !

Tuesday, 18 September 2018

काठमाडौं, असोज २ । एसिया कप क्रिकेट प्रतियोगितामा आज हङकङ र भारतबीच प्रतिष्पर्धा हुँदै छ । दुबैको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ...

रोनाल्डोविनाको रियल झनै बलियो, छायामा परेका बेल उदाए

Tuesday, 18 September 2018

काठमाडौं । किस्टियानो रोनालडो रियल मड्रिडमा रहँदासम्म गेराथ बेल लगभग छायामै परेका थिए । यद्यपी यी दुवै खेलाडी सेट पिसका ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top