sangrila Bank

साँग्रिला विकास बैँकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । साँग्रिला डेभलपमेन्ट बैंकको १३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७३/०७४ को आर्थिक विवरणहरु सहित संचालक समितिको तर्फबाट अध्यक्ष प्रा.डा. रबिन्द्र प्रसाद श्रेष्ठले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७३/७५ सम्मको वासलात, नाफा नोक्सान हिसाब बाँडफाँड तथा बित्तीय विवरणमा सँलग्न अनुसुचिहरु उपर छलफल गरि तेह्रौं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । २ अर्व ४४ करोड ५२ लाख ५६ हजार ६ सय चुक्ता पंूँजी रहको छ ।

साधारण सभाले आ.ब.०७३/७४ को खुद मुनाफा मध्येबाट चुक्ता पूंजीको २.५० प्रतिशत बराबरको बोनश शेयर तथा ९.३० प्रतिशत नगद लाभांस कर सहित सो साधारण सभाबाट पारित गरि बैकको शेयर रजिष्ट्रार एनआइविल क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना शेयरधनीहरुलाई वितरण गरिने निर्णय गरेको छ । सो बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २ अर्व ५० करोड ६३ लाख ८५ हजार हुनेछ ।

यस विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा करिब रु. १४ अर्व ७६ करोड निक्षेप संकलन गरेको छ भने १४ अर्ब कर्जा प्रवाह गरि करिब रु. २५ करोड ०६ लाख खुुद मुनाफा आर्जन गरेको छ । हालसम्म ५२ शाखा रहेको यस बैंकले चालुु आर्थिक वर्षमा पूूंजी बृद्धिसंगै ब्यवसायको आकारलाई समेत बृद्धि गर्नुु पर्ने भएकोले आफनो शाखा संजाललाई बिस्तार गर्ने भएको छ । गोरखाको छेवेटार एक्टेन्सन काउन्टरलाई शाखामा स्तरोन्नती गर्नुुको साथै पहिला चरणमा काठमाण्डौं उपत्यकामा थप ६ वटा शाखा सहित सातवटै प्रदेशमा गरि नयां २२ वटा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकति लिइसकेको बैंकले जनाएको छ । मुुस्ताङको जोमसोम बाहेक अधिकांस शाखाहरु यसै चालुु आर्थिक वर्षमा संचालन भईसकेका छन भने दोस्रो चरणमा काठमाण्डौ उपत्यकामा अरु थप ५ वटा पेप्सीकोला, टोखा, बानेश्वर, सानेपा ललितपुुर र ठीमी भक्तपुुर लगायत मुलुकका बिभिन्न दुुर्गम स्थानहरु हुुम्लाको सिमीकोट, दार्चुुलाको खल¨ा, बैतडीको पाटन, दैलेखको राकम, रोल्पाको सुुलिचौर, नुुवाकोटको बटार, धादि¨को गल्छी लगायत २९ वटा शाखाहरु खोल्न नेपाल राष्ट्र बैंककाट स्वीकृति लिई निर्माण कार्य भइरहेको जानकारी दिईएको छ । प्रस्तावित शाखाहरु निर्माण भएपछि यस बैंकको शाखा सन्जाल ८७ पुुग्ने छ ।

आफ्नै १४ वटा एटिएम बाट सेवा प्रदान गर्दै आएको यस बैंकले हाल संचालनमा रहेको एससीटी संजालको एटीएम कार्डलाई बिस्तावित गरि नयां भिसा डेबिड कार्ड यसअघि नै संचालनमा ल्याई सकेको छ । एपोलो हस्पीटल, नयां दिल्ली इन्डीया र यस विकास बैंक बिच मिति चैत्र १५ गते अन्नपूर्ण होटल, काठमाण्डौमा भएको सम्झौतामा यस विकास बैंकका ग्राहक, शेयरधनी, कर्मचारी तथा तिनका परिवारहरुले एपोलो हस्पीटलमा सेवा लिंदा उक्त सेवाहरुमा १० प्रतिशत सम्म छुुट प्रदान गरिने द्धिपक्षीय सहमती भएको छ भने सो सेवा लिन ग्राहकहरुले यस विकास बैंकले प्रदान गर्ने भिसा डेविट कार्ड लिएको हुुन पर्ने सांिग्रला विकास बैंकका कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित

आन्तरिक राजश्व कार्यालय विराटनगरले संकलन गर्यो ५ अर्ब २१ करोड

Wednesday, 18 July 2018

विराटनगर– आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४र७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व ...

भक्तपुर नगरपालिकाको बजेट १ अर्ब ७३ करोड

Tuesday, 17 July 2018

भक्तपुर– भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५र७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक ...

सप्तरीको विष्णुपुर गाउँपालिकाको बजेट १९ करोड

Tuesday, 17 July 2018

लहान , सप्तरीको विष्णुपुर गाउँपालिकाको सोमबार सम्पन्न दोस्रो गाउँसभाले यस आर्थिक वर्ष २०७५÷०७६ का लागि रु १९ करोड ३८ लाख ...

आठ अंकले बढ्यो शेयर बजार

Sunday, 15 July 2018

काठमाडौँ– बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल ...

तुलसीपुर उपमहानगरपालिकाको बजेट पारित

Monday, 9 July 2018

तुलसीपुर– तुलसीपुर उपमहानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट पारित भएको छ । उपप्रमुख माया आचार्यले गत असार १० गते तेस्रो ...

आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी छैन ः नरबहादुर थापा

Thursday, 5 July 2018

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले बजेटले लिएको आर्थिक वृद्धिदरको लक्ष्य महत्वाकांक्षी नभएको बताएका छन् । मिडिया इन्टरनेशनलद्धारा आयोजित ...

नेपाल वायुसेवा निगमले भित्र्यायो २७४ सिट क्षमताको ‘वाईडबडी’ विमान !

Thursday, 28 June 2018

सिवी अधिकारी÷काठमाडौँ, १४ असार । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी विमान ‘अन्नपूर्ण’ त्रिभुवन अन्तर्राष्ट्रिय ...

चितवनको स्थानिय तहको बजेट ७ अर्बको हाराहारिमा

Monday, 25 June 2018

नारायण ढुंगाना चितवन, ११ असार । चितवनका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षका लागि कूल ६ अर्ब ७१ करोड ...

दुध नबिकेपछि झापाका किसान समस्यामा, ३०० किसानले उत्पादन गरेको दुध सडकमा फालियो

Sunday, 17 June 2018

बनियानी । झापा शरणामतीका किसानले दूध नबिकेपछि सडकमा फालेका छन्। करीब ३०० किसानले उत्पादन गरेको दूध नबिकेपछि त्यसको विरोध गर्दै ...

vianet

लोकप्रिय

मनोरञ्जन

Top